पिडीखोलामा ५ औं भलिबल टाम्केकोट कप सुरु

Read Time:3 Minute, 41 Second

विनोद रखाली मगर

गल्याङ्, असोज १२ – राष्ट्रिय खेलकुदमा स्थानिय प्रतिभाको खोज भन्ने उद्धघोषका साथ पश्चिम स्याङ्जाको चर्चित कल्व जनमुक्ति युवा क्लव पिडीखोला ७, सल्यानको आयोजनामा पाचौँ टाम्केकोट कप भलिवल प्रतियोगिताको समुद्धघाटन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको समुद्धघाटन गर्दै नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य गुरु प्रसाद भट्टराईले युवा विनाको विकाश असम्भव हुने जिकीर गरे । साथै मन्तब्यमा भने स्थानिय विकाशको स्रोत भनेको युवा नै हुन ।

भट्टराईले खेल मनोरन्जनको लागी मात्र नभई स्वास्थ्यको लागी पनि महत्वपूर्ण हुने वताउदै स्थानिय खेलकुद  देखि नै राष्ट्रिय प्रतिभाको जन्म हुने भन्दै खेलाडीहरुलाई अनुशासित संग प्रतिभा प्रस्फुटन गर्न आग्रह गरे । विशिष्ट अतिथिको आसन मार्फत वोल्दै नेपाल विद्यार्थी संघका स्याङ्जा जिल्ला सहसचिव विष्णु अधिकारीले खेलले खेलाडीलाई अनुशासनको पाठ सिकाउने हुदाँ आजका युवाले राष्ट्रीय विषयवस्तुलाई समेत नियाली अगाडी वढ्नुपर्ने वताए ।  कार्यक्रममा क्लवका सल्लाहकार तथा समाजसेवि रामवहादुर रखाली मगर , क्लवका पूर्व अध्यक्ष खेम राना मगर लगाएतले वोलेका थिए ।

  

प्रथम टाम्केकोट महोत्सव हुदै विभिन्न रचनात्मक गतिविभि , विकाश निमार्ण तथा खेलकुदका कार्यक्रम सन्चालन गर्दै आएको जनमुक्ति युवा क्लवले पाचौँ पटक टाम्केकोट कप भलिवल प्रतियोगिता आयोजना गरेको हो । निवुवाखर्क , पेलाकोट, पिडीखोला, सिर्सेकोट लगाएतका गाविस देखि झण्डै २५ क्लवको सहभागिता रहने आयोजकको भनाई छ ।

प्रतियोगिताको विजेताले पाचौँ टाम्केकोट कपको उपाधि सङ्गै वोका, शिल्ड , मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् , उपविजेताले पाठा, शिल्ड , मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।  तृतीय स्थान प्राप्त गर्ने समुहलाई भाले, शिल्ड , मेडल तथा प्रमाणपत्रको व्यवस्था गरिएको छ । कार्यक्रम भर उत्कृष्ट खेल प्रदशन गर्ने खेलाडीलाई आकर्षक पुरस्कार सङ्गै ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।  कार्यक्रम अवधिभर राष्ट्रिय रेफ्रि केशभक्त गुरुङ्.ले खेल सन्चालन गर्नुहुने समेत आयोजकको भनाई छ । समुद्धघाटन कार्यक्रम कृष्णा भट्टराईको स्वागत सगैं सुरुभै क्लवका पूर्व अध्यक्ष विनोद रखाली मगरको सन्चालन र क्लवका अध्यक्ष किरण राना मगरको अध्यक्षतामा सम्पन्न भएको थियो । खेल असोज १६ गते समापन हुने वताइएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %