सुरेन्द्र इङ्नाम – केन्ट, यु.के.
गत २० सेप्टेम्बर २०१४ को दिन बेलायतको आशफोर्डमा तेह्रथुम समाज यु.के. को चौथो अधिवेशन भब्यरुपमा सम्पन्न भएको छ ।
समाजका अध्यक्ष समाजसेवि लोक गुरुङको सभापतित्व रहेको उक्त कार्यक्रम उपाध्यक्ष टङ्क मगरले अधिवेशनमा आउनु भएका सम्पुर्ण जिल्लावासीहरुलाई स्वागगत मन्तब्य दिएर कार्यक्रमलाई औपचारिक रुपमा शुरु गरेका थिए ।
सस्थाको विधान अनुसार हरेक २ वर्षमा नयाँ कार्यसमिति चयन गर्नुपर्ने र पुरानो समितिले नयाँ कार्यसमितिको चयन गरेपछि मात्र पुरानो कार्यसमितिको काम कर्तब्य पुरा हुने उल्लेख छ ।
विधान अनुसार समाजले नयाँ कार्यसमिति चयनको लागी निर्वाचन अधिकृतहरु समाजका पुर्वध्यक्ष समाजसेवि चित्राज हुक्पा चेम्जोङ र पुर्व–सचिव भिमराज तुम्बाहाङ्फेलाई तोकिएको थियो । निर्वाचन अधिकृतहरुबाट नयाँ कार्यसमिति चयन कार्य साथै चौथो अधिवेशन २०१४ सम्पन्न गरेको हो ।
मन्तब्य ब्यक्त गर्ने क्रममा नयाँ कार्य समितिले क्रमश अध्यक्ष छत्र तेयङ, उपादक्ष्य दल नारायण खापुङ, उपाध्यक्ष तिलबिक्रम सम्बाहाङ्फे, उपाध्यक्ष श्रीमती मोहन हुक्पा चोङबाङ, सचिब डम्मर सिङ्गक, सह सचिव डम्बर खापुङ, कोशाध्यक्ष मोहन सोदेम्बा, सह–कोशाध्यक्ष जमिन थाङदेनले आ–आफ्नो ठाउमा रहेर जिल्वासीहरुको हक हितको कार्यहरु समाजको विधान अनुरुप पालना गर्दै जाने प्रतिवद्घता समेत जाहेर गरेका थिए ।
सभापति पुर्वध्यक्ष समाजसेवि लोक गुरुङले नयाँ कार्यसमितिका सम्पुर्ण पदाधिकारिहरुलाई शुभकामना साथै कार्य सफलताको कामना दिदै उपस्थित सबैलाई उपस्थित भई कार्यक्रम सफल पारि दिनु भएकोमा हार्दिक धन्यवाद साथै कृतज्ञता प्रकट गरेर कार्यक्रमलाई औपचारिक रुपमा समापन गरेका थिए । बिहान ११ बजे बाट शुरु भएर साँझ ७ बजे सम्म भएको यस कार्यक्रम सस्थाका पुर्व–सचिव गम्बिरध्वोज तुम्बाहाङ्फेले सञ्चालन गरेका थिए ।
नयाँ कार्य समिति यस प्रकार रहेको छ
अदक्ष्य– छत्र तेयङ
उपाध्यक्ष– दल नारायण खापुङ
उपाध्यक्ष– तिलबिक्रम सम्बाहाङ्फे
उपाध्यक्ष– श्रीमती मोहन हुक्पा चोङबाङ
सचिब– डम्मर सिङ्गक
सह–सहिब– डम्बर खापुङ
कोषाध्यक्ष– मोहन सोदेम्बा
सह–कोषाध्यक्ष– जमिन थाङदेन
सह–कोषाध्यक्ष– श्रीमती पञ्चकुमारी हुक्पा चोङ्बाङ
संचार प्रमुख– सुरेन्द्र इङ्नाम
सहायक संचार प्रमुख– लोक लुम्भुङ्वा
संस्कृतिक प्रमुख– निशा गुरुङ्,
सह– संस्कृतिक प्रमुख– ओम मगुराती र श्रीमती सानु सुब्बा रहेका छन ।