“पाँचौ मिस्टर हिमालय २०१४ रामहरि खनाल”

Read Time:2 Minute, 7 Second

७५ केजि ओभर हेबि वेईट समुहमा हङकङ नेपाल बडि बिल्डिङ एसोसिएसनका सुशिल नेवा बिजयि  ।

काठमाडौ, आश्विन ५ – गत शनिवार सेप्टेम्बर १९ तारिख २०१४ का दिन नेपाल बडिबिल्डिङ एसोसिएशन द्वारा आयोजित पाँचौ संस्करणको राष्ट्रियब्यापि शारिरीक शुघठन प्रतियोगिता मिस्टर हिमालय २०१४ काठमाण्डौ त्रिपुरे स्थित राष्ट्रिय खेलकुद परिषदको कबर्ड हलमा सम्पन्न भएको थियो ।

(रामहरि खनाल पाँचौं मिस्टर हिमालय २०१४ च्याम्पियन)

ramhari

रामहरि खनालले पाँचौं मिस्टर हिमालय राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिताको उपाधि शनिबार जितेका छन्। नेपाल व्यायाम मन्दिर, ज्याठा, काठमाडौंका उनी नयाँ च्याम्पियन पनि हुन्। पहिलो संस्करणमा हरि श्रेष्ठ पहिलो भएका थिए भने दोस्रो र तेस्रोमा सचित प्रधानले उपाधि जितेका थिए। चौथोमा रामबहादुर दाहाल मिस्टर हिमालय बनेका थिए।

प्रतियोगितामा ५५ केजिमा सुरेश गुरूङ,६० केजिमा रुजेश शाही,६५ केजिमा अनिल श्रेष्ठ,७० केजिमा ज्ञान नारायण महर्जन,७५ केजिमा रामहरि खनाल र ७५ केजि ओभर हेबि वेईट समुहमा हङकङ नेपाल बडि बिल्डिङ एसोसिएसनका सुशिल नेवा बिजयि भएका छन ।
नेपाल ब्यायाम मन्दिरका रामहरि खनाल आोभरल च्याम्पियन मिस्टर हिमालय २०१४ घोषित भएका छन ।

हङकङ नेपाल बडिबिल्डिङ एसोसिएसन हङकङ बाट


(७५ केजि ओभर हेबि वेट बिजेता हङकङका शुसिल नेवा)

Hknbba Hkg's photo.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 
 
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %