मगर संघ स्याङ्जाको चेतावनी,रानाको पुर्नवहालीको माग

Read Time:2 Minute, 46 Second

विनोद रखाली मगर   

स्याङ्जा , असोज ५ –  स्याङ्जा जनता उच्च माविमा प्र.अ नियुक्ति विवाद अझै सुल्झिन सकेको छैन । प्रमुख जिल्ला अधिकारी सहितको वार्तामा शनिवार सम्म समाधान गर्ने प्रतिवद्धता जनाइएपनि कुनै समाधान ननिस्केपछि शिक्षक अभिभावकले आइतबारबाट जिल्ला शिक्षा कार्यालयमा काम रोक्न धर्नाको आयोजना गरेका छन् ।

उता जनता उच्च मावि मा राजनीतिक नियुक्ति पाएका प्रअ चिरञ्जिवि लम्साललाई विद्यार्थिहरुले बहिस्कार गरेका छन् । प्रअ खुमबहादुर रानालाई बिनाकारण हटाई राजनीतिक नियुक्तिका आधारमा चिरञ्जिवि लम्साललाई ल्याएपछि विद्यार्थिहरुले लम्साललाई बहिस्कार गरेका हुन् ।

जिशिअ संगिता रेग्मिले आफ्नो राजनीतिक अडान नछाडेपछि समाधान निस्कन सकेको छैन । समाधान ननिस्किएपछि शिक्षकहरु धर्नामा बसेका हुन् । मंगलबार ज्ञापन पत्र बुझाउन गएका शिक्षक,विद्यार्थि तथा अभिभावकलाई प्रहरीले लाठिचार्ज तथा धरपकड गरेको थियो ।

यता जनता उच्च मा.वि ठुलाडिहीमा कार्यरत शिक्षक खुमवहादुर रानालाई विना कारण पदवाट हटाइएको तथा उनी कार्यरत प्रध्यानध्यापक पदमा विभिन्न राजनितिक घटनाक्रममा मुछाई उत्पन्न गतिरोध प्रति नेपाल मगर संघ जिल्ला कार्य समिति स्याङ्जाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल मगर संघ स्याङ्जाका अध्यक्ष हेमन्त थापा मगर द्धारा हस्ताक्षरित विज्ञप्तीमा शिक्षा नियमावलिको वैधानिकतामा रही कार्यरत प्रअ खुम राना माथि विनाकारण हटाइएको प्रति मगर संघले आदिवासी जनजाती माथीकै ठाडो हस्तक्षेप भएको मगर संघको आरोप छ ।

मगर संघले शिक्षा नियमावलि विपरीतको कार्य तथा अभिभावक , विद्यार्थीको मागलाई व्यवस्था गरी उक्त सुनोयोजित घटना ७ दिन भित्र नसच्याए अन्य सघंषका कार्यक्रम अगाडि सार्ने उसले चेतावनी दिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %