“भ्रस्ट्रचार मुद्दा खेपे र झ्यालखान बाट निक्लिदा नेका नेता खुमबहादुर खड्कालाइ पनि १०० किलोको फुलको माला लगाइ दिएर स्वागत गरेको देखे पछि मलाई फुलको माला लगाईदियो भने गिल्ला गरेको जस्तो लाग्छ। लिम्वुवान पार्टीको कार्यक्रममा फुलको मालाले स्वागत गर्ने परम्परा बदल्ने हो कि! अझ मत भन्छु, लिम्बुवानी नेताहरूले फुलको माला लाउने र लगाइदिने नभै उस्तै अवस्था सृजना भो भने टाउकोमा कात्रो बेरेर हिँड्नु पर्ने अवस्था आउँछ।”
सङ्घीय लिम्वुवान पार्टीको घोषणासभामा के भनेँ?
– प्रा.बालकृस्ण माबुहाङ्
भूपेन्द्र सुन्दर लावती, साइनोले बुढामौली भाइ मलाई लिन ईस्टर्न स्टार होटल विराटनगर आए । दिनको बाह्र बजिसक्यो। बिर्तामोड पुग्न ३ घण्टा लाग्छ। कतावाट जाने? उनलाई कसैले सुझाएछ रङ्गेली भएर गैयो भने छिटो पुगिन्छ। उनले मोटरसाइकल स्टार्ट गरे । दुवै जना हानियौँ हाटखोला, ववियाविर्ता, रंगेली, आम्बाडी, ईटहरा, दुर्गापुरी हुँदै उर्लावारी, सरर फस्टक्लाल पिचको बाटोमा । हरियाली किसानको श्रमको धान बाटोको दाँया-वाँया लहलाएकोछ। सनपाट कुहाएर कृषकहरू धोईरहेछन् । आज भन्दा ३०/३५ वर्ष अघि सनपाटको भाउ आजभोलि ईलाम, पाँचथर, ताप्लेजुङ तिर अलैचीको भाउ भए जस्तै हुन्थ्यो झापा, मोरङमा ।
त्यसैले सनपाटको खाडीमा सनपाट कुहाएर धोएको, सुकाएको, वेचेको र पैसा थापेको याद नोस्टाल्जिया भएर आयो ममा । आज भोलि क्षेत्री-बाहुन हरू पनि हावा, हावा हुन थालेछन् । एक जना बुज्रुक बाहुनले हामीलाई रङ्गेलीमा भन्यो: विराटनगर- रङ्गेली- आम्वाडी-उर्लावारी हुँदै बिर्ता १०५ किलो मिटर छ र मजाले २ घण्टामा मोटरवाईकमा पुगिन्छ। आशा पलायो साढे २ वजेत विर्ता कसो नपुगिएला। लावती भाइले मोटरसाइकल दौडाए । उनको हँकाईले अलिअलि झुण्डिएको मेरो गालाको मासु झर्ला जस्तो भो । हतार के छ भने विर्तामा आयोजना भएको आमसभा सम्बोधन गर्न मैले पुग्नु छ। समयको महत्व हिजो मलाई थाहा भो, जब हरेक मिनटमा झण्डै २ किलोमिटरका दरले मोटरबाईक हाँके भुपेन्द्र भाइले । झिलझिले निर अगाडी गैरहेको एउटा कारमा झण्डै बाईक जोते, कुँईक भएर रोकियो कारलाई छुन १ ईन्चको फास्लामा । बल्ल पुगियो विर्ता विशाल आमसभा, मञ्चतिर मलाई डोर्याउँदै मञ्चमा पुर्यायो । उक्ले मञ्चमा, सबै लिम्बुवानी नेताहरू सजि सजावटमा छन् ।
लिम्बुवानी नेताहरू सञ्जुहाङ् पालुङ्वा, कुमार लिङ्देन, विर नेम्वाङ्, रामभक्त कुरुम्बाङ, सुर्य माक्खिम, सबैको गर्दा मेरो गर्दन झण्डै पुरिने गरी फुलका मालाले म पनि सजिसजावट भएँ। नेताहरूको गलात भरिभराउ रैछ सयपत्री फूलका मालाले । प्रेमले नेताहरूले लाइदिएको माला नलाउँ गर्दन भरिएको छ, लाऊँ असजिलो भाको छ। के गर्ने होला? थपक्कन मालाहरू गर्दनबाट निकालेँ, यो देखेर डा. चन्द्र कु. सेर्माले सुझाए, एसो एउटा चाँही लाई राख्नुस, मुस्कान दिँदै खिसिक्क हाँसे मलाई हेरेर। यसो हेरेँ नन्द कङ्दङ्वा र डा. भट्टचनको को गर्दनमा पनि माला देखिन । अनि अलि सजिलो मानेर माला जतिचाँही हातमा लिएर कुर्सीमा बसेँ ।
यो मालाको यत्रो किन वखान गरिरहेछु त?
यो माला लाउने आजकलको फैसनको मेरो आफ्नै विरक्ति छ। त्यो के भने आज अन्दा ८/९ वर्ष अघि माओवादी नेता प्रचण्ड काठमाण्डौ उत्रने दिन खुला मञ्चमा ५ लाखको आमसभा आयोजना गर्ने हल्ला चल्यो । मेरो छिमेकी नरबहादुर भण्डारी, जो वाग्लुङ्वाट माओवादी गुरिल्लाहरूले लखेटीएर बसेका थिए, तर देश जनताको केही हुन्छ भने माओवादी शक्तिमा आएकोमा उनलाई कुनै दु:ख थिएन, बरु आशा। त्यसकारण हामी दुई वेला वेला उनैको कुरो गर्थ्यौँ र खुसी पनि हुन्थ्यौँ कि केही हुन्छ कि! त्यसैले प्रचण्डको आगमन हेर्न खुलामञ्च पुग्यौँ । टेक्ने ठाउँ थिएन। टुडीखेलको पूर्व पट्टी अलिकति ठाउँ पाएर बस्यौँ तर प्रचण्ड आएनन। कोनिको को नेताहरू आए । नेताहरूको गर्दनमा फुलका मालाहरू लाई दिन थाले, वाईसिएलहरूले । नरबहादुरजिले मन अलि खिन्न पारेर बोलिहाले, ‘हैन यी क्रान्तिकारी नेताहरू गर्दनभरी फुलको माला लाएर के नक्कल गर्न लागेका हुन् र!’ म छेवैमा थिएँ। एक जना वाईसिल जस्ता युवकले प्रतिक्रिया जनाई हाले, ‘यस्तात हुन्छन्! हाम्रा मान्छे, राम्रो काममा फुलको माला लाउँदा अरुनै सोच्ने’ मैले नरबहादुरजीलाई चिमोँटे। त्यतिकै भाषन भुषन सुन्यौँ, बाटो लाग्यौँ ।
तर दिनहरू वित्तै गए, प्रचण्ड प्रतापि नेता, उनको जताततै स्वागत। फूलको माला, गर्दन भरी। हुँदा हुँदा प्रचण्डको तस्बिर कस्तो देखिन थालियो भने उनी एक क्रान्तिकारी नेता हुन कि भारतीय तत्कालीन धार्मिक गुरु आशाराम वापु हुन् छुट्याउन गाह्रो भो । हुँदा हुँदा त फुलको माला लाउने र लगाईदिनेको होडबाजी चल्यो, कहाँ सम्म भने मध्यपश्चिममा त्यहाँको उद्योग वाणिज्य जहासंघले ४०/४५ किलोको माला लगाई दिन थाले। अर्कातिर एमाले र काँग्रेस के कम एक पटक सेरबहादुर देउवालाई पनि २२/२५ किलोको फुलको माला लगाइदिन थाले । भ्रस्ट्रचार मुद्दा खेपे र झ्यालखान बाट निक्लिदा नेका नेता खुमबहादुर खड्कालाइ पनि १०० किलोको फुलको माला लगाइ दिएर स्वागत गरेको देखे पछि मलाई फुलको माला लगाईदियो भने गिल्ला गरेको जस्तो लाग्छ। लिम्वुवान पार्टीको कार्यक्रममा फुलको मालाले स्वागत गर्ने परम्परा बदल्ने हो कि! अझ मत भन्छु, लिम्बुवानी नेताहरूले फुलको माला लाउने र लगाइदिने नभै उस्तै अवस्था सृजना भो भने टाउकोमा कात्रो बेरेर हिँड्नु पर्ने अवस्था आउँछ।
भाषण भूषण को भन्दा को कम चल्यो । मेरो पालो आयो । के भन्ने होला ? तर कुरोको के दु:ख बालकृष्ण माबुहाङ्लाई । लिम्बुवान र लिम्बुवान पार्टी वास्तवमा के हुन, र हुनु पर्छ होला? यो विषयमा केन्द्रित भै बोल्ने विचार भो ।
“सताब्दियौँ पहिले यो भूमिलाई थिवोङ् याक्थुङ लाजेदाङ्वाहारुले, सावायत्हाङ् याक्थुङ्वाहरूले आवाद गरे। आम मानवजातिको लागि, जीवन यापनको लागि योग्य भूमि बनाए । हुँदै जाँदा को लिम्बु, को याक्खा, को लोहरुङ्, को लाप्चा, को मेचे, को राजवङ्सी, को धिमाल, को क्षेत्री-बाहुन, को राई, तामाङ्, थारु, मगर, गरुङ् सबैको लागि आज बसोबास युक्त भूमि भएको छ। यो लिम्बुवान सबैको साझा भूमि हो । केही वर्ष अघि नयाँ नेपालको घोषणा गरियो, तर पार्टीहरू पुरानै। नयाँ शक्ति ल्याउन सकेनन् । उही पुरानो विचार। न त्यो लिम्बुवान सँग परिचित न नेपाल सँग। उनीहरूले भनेको विचार उदारवाद, समाजवाद, वा साम्यवाद सबै, सबै लिम्बुवानको लागि परिचित विचारहरू थिएनन् । सर्वहारा वर्गको मुक्तिको नाममा, स्वतन्त्रता र समानताको नाममा समाजवादी, उदारवादीहरूले उल्टै लिम्वुवानको चियावारीमा मजदुरी गरिरहने, एउटा जमिन्दारको खेत बारीमा काम गरिरहेको खेतालाको भावनासंग खेलवाड गरे। लिम्बुवानलाई उपेक्षा र उत्पिडनमा पारे। लिम्बुवान पार्टीले तिनै पुरानो नेपालको पुरानो नेताहरू जस्तै मात्र राजनीति गर्ने हो भने, यो नयाँ बन्न लागिरहेको शक्तिको खाँचो छैन। तर आज नेपालमा नयाँ राजनीतिक शक्तिको खाँचो छ, त्यो यो नयाँ बन्ने शक्तिले पुरा गर्ने छ। यो नयाँ शक्ति कुनै देशी विदेशी विचारधाको भन्दा पनि लिम्बुवानी जनताको एकता, आवश्यकता, समृद्दि र, समानताको कुरोमा निर्माण हुनु पर्दछ।”
अझ जोड दिएर बोलेँ,
“सायद यतिखेर विर्ताचोकतिर कतिपय मानिसहरू चिया पसलमा गफ मार्दै होलान्, लिम्बुहरूको पार्टी बन्यो। हाहा लिम्बुहरूको पार्टी? खिसीटिपी गरिरहेको होलान् । अर्कातिर खेतमा बारीमा, चियावारीमा काम गरिहरेका लिम्बु मजदुरहरूलाई लागिरहेको होला हाम्रो, लिम्बुको पार्टी बन्यो। एउटा द्विविधा बिच एउटा आशा र भरोसाको जन्म भएको छ, यतिखेर । यो पार्टी अरू भैरकेको पार्टी भन्दा के फरक? निश्चितरुपमा यो कुरोको छिनोफानो यो पार्टीले र यो पार्टी भित्र हुनु पर्छ। त्यो भनेको यो भूमिलाई आवाद गर्ने लिम्बु, याक्खा, लाप्चा, वा धिमालहरू आज सिमान्तकृत भै साँचो अर्थमा गरिब सर्वहारा भएका छन् । यो विडम्बनाको कुरो हो । कुनै राजनीतिक पार्टीले कमजोर वर्ग, गरिबी र असमानतालाई सम्बोधन गर्नु पर्ने हुन्छ। सुशासन र शान्ति प्रत्याभूत गर्रनु पर्ने हुन्छ। त्यसकारण यो नयाँ बन्ने पार्टीले लिम्बु, लाप्चा, धिमाल, राजवंशी, मेचे, लोहरुङ् वा भोटे जो एकात्मक मुलुकको शासनबाट बाट उप्तिडित उपेक्षीत छन् तिन्को मुक्तिको कुरो पहिलो प्राथमिकता राख्नै पर्छ।
तर त्यसको अर्थ भनेको यो उनीहरूको मात्र पार्टी नभै लिम्बुवानमा बसोबास गर्ने तमाम लिम्बुवानि जनताको साझा पार्टी बन्नु पर्छ। लिम्बुवानको एकताको निर्माण गर्नु पर्छ। विचारधाराको कुरो होइन । काठमाण्डौ केन्द्रित एकात्मक व्यवस्थाको अन्त गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्नु पर्छ, त्यो संविधानसभाले गर्न नसक्ने प्राय निश्चित भएकोले सङ्घीय लिम्बुवान पार्टी एउटा नयाँ शक्तिको गठन भएकोछ। यसैमा सबै लिम्बुवानी जनता सङ्गठित हुनुहोस यही मेरो शुभकामना यो नयाँ पार्टी र लिम्बुवानी जनतालाई मेरो रहेको छ। सेवारो।”
(माबुहाङ्कै फेशबुक बाट)