सोही अवसरमा रामनदी धाम राम्दीमा रहेका ६५ वृद्व वृद्वालाई चामल,चिनी,कम्मल,विस्कूट,नुहाउने धुने सावुन,नगद तथा सल वितरण ।
विनोद रखाली मगर
गल्याङ् , असोज ५ – प्रथम वार्षिक उत्सव मनाउनु पूर्वनै विभिन्न चामत्कारीक गतिविधि मार्फत स्याङ्जा जिल्लाको तेस्रो व्यापारीक केन्द्र गल्याङ् तथा आसपासका जनताको मन जित्न सफल गल्याङ् युथको प्रथम वार्षिक उत्सवको अवसरमा आयोजित क्लव स्तरीय भलिवल प्रतियोगिताको उद्धघाटन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उद्धघाटन गर्दै सविंधानसभा सदस्य मुक्ति प्रसाद पाठकले स्थानिय खेलकुदको विकाशको लागि सरकार तथा ससंदमा आवाज उठाउने जिकिर गरेका छन् । पाठकले खेल आफैमा अनुशासनको पर्यायवाचि रहने भन्दै युवा पुस्तालाई खेलले स्वस्थ, अनुशासित तथा दक्षता वृद्धिमा टेवा पुर्याउने उद्धघोष गरे ।
जनताले दिएको म्यान्डेट माघ ८ गते कुनै हालतमा जनताकै हातमा पुर्याउन राजनितिक दलहरु तल्लिन रहेको अवगत गराउँदै आदिवासी जनजाती , दलित , महिला तथा पछाडी परेका वर्गहरु सम्पूर्णको पक्षमा सविंधान आउनेमा पाठकको दावी छ ।
भलिवल प्रतियोगिताको उद्धघाटन समारोहमा स्याङ्जा जिल्ला उधोग वाणिज्य संघका अध्यक्ष महेन्द्र श्रेष्ठ, यातायात तथा मजदुर भलाई कोष वुटवलका अध्यक्ष नारायण भट्टराई , गल्याङ् वजार व्यवस्थापन समितिका अध्यक्ष भेमलाल अर्याल, स्याङ्जा जिल्ला उधोग वाणिज्य संघ , गल्याङ् इकाई समितीका अध्यक्ष सुर्य प्रसाद डुम्रे, वुटवल पावर कम्पनी आँधिखोला जलविद्युत केन्द्रका प्रबन्धक डोल प्रसाद खरेल,यातायात मंजदुर तथा व्यवसायिक भलाइकोष वुटवलका अध्यक्ष नारायण प्रसाद भट्टराई,इलाका प्रहरी कार्यालय वालिङका प्रमुख विजयराज पण्डीत,समाजसेवी पुरन अधिकारी,गल्याङ नेवाः समाजका अध्यक्ष गंगा प्रसाद श्रेष्ठ , युवा समाजसेवी किसान श्रेष्ठ, युथका सल्लाहकार जय सिङ राना लगाएतले गल्याङ युथले समाजमा गरेका रचनात्मक कार्यको चर्चा गरेका थिए ।
गल्याङ युथले आफ्नो प्रथम वार्षिकोत्सव ६ दिन सम्म विभिन्न कार्यक्रम गरि मनाउँने क्रममा पहिलो दिन वृद्व वृद्वालाई सम्मान तथा भलिवल प्रतियोगिताको उद्घाटन कार्यक्रम गरेको हो । भलिवल प्रतियोगितामा विजेता, उपविजेता, तृतीय , सान्त्वना हुने समुहलाई क्रमश नगद रु ५० हजार, २५ हजार १५ हजार, ५ हजार नगद, शिल्ड,मेडल,प्रमाण पत्र प्रदान गरिने खेलमा पहिलो दिन २७ समूहको दर्ता भैसकेको र अझै पनि समूह दर्ता हुन आउने क्रम चलेको आयोजकको भनाई छ ।
उद्धघाटन कार्यक्रममा चर्चित हाँस्य नृत्यकार श्याम राना मगर लगाएत स्थानिय कलाकारले विभिन्न नृत्य प्रस्तुत गरी मनोरन्जन प्रदान गरेका थिए । कार्यक्रममा गल्याङ युथका अध्यक्ष जनक श्रेष्ठले युथले वषभरी गरेका कार्य तथा भावि योजनाका बारेमा जानकारी गराएका थिए । गल्याङ युथका अध्यक्ष जनक कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य टोप बहादुर रानाले र सञ्चालन सचिव विष्णु अधिकारीले गरेका थिए ।
यसैविच गल्याङ् युथले आफ्नो स्थापनाको प्रथम वार्षिकोत्सवको अवशरमा रामनदी धाम राम्दीमा वस्दै आएका वृद्व वृद्वालाई सम्मान गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै संविधान सभा सदस्य मुक्ति प्रसुाद पाठकले रामनदी धाम राम्दी धार्मिक एवं पर्यटकीय रुपले चिनारी भएको भन्दै त्यसको संरक्षणमा राज्यले ध्यान दिनु पर्नेमा जोड दिएका थिए । पाठकले राज्यमा युवा वेरोजगार बन्दै गएकाले भोलि गाउँमा समस्या पर्दा पनि युवाको अभावमा समाजमा देखापर्न सक्ने भन्दै युवा स्वरोजगारको कार्यक्रम ल्याएर युवाहरुलाई स्वदेशमै रोकनु पर्ने तर्फ सरकार लाग्नु पर्नेमा जोड दिएका थिए ।
पाठकले गल्याङ युथले एक वर्षको समयमा पनि समाजमा उलेखनीय कार्य गरेको चर्चा गर्दै आफूले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष महेन्द्र श्रेष्ठले गल्याङ युथले सामाजिक विकृति विसङ्गति अन्यायका विरुद्व कार्य गरि रहेको बताउदै युथलाई वलियो वनाउदै लैजानका लागि सवै पक्षको सहयोगको आवशयक रहने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा गल्याङ युथले कम्मल र शुभचिन्तक वेगम श्रेष्ठ,जनक श्रेष्ठ,सुरेस सुवेदी,श्यामप्रसाद श्रेष्ठ,धर्मागत वस्याल,विनोद राना,दुर्गा बहादुर राना, एकुराना लगायतले सोही अवसरमा रामनदी धाम राम्दीमा रहेका ६५ वृद्व वृद्वालाई चामल,चिनी,कम्मल,विस्कूट,नुहाउने धुने सावुन,नगद तथा सल वितरण गरिएको थियो ।