राज्यसत्ता
स्कट्ल्यान्ड ,१९ सेप्टेम्बर – लन्डन ३०० बर्षको बेलायत सँगको एकता कायम रहने पक्षमा स्कट्ल्यान्डको जनमत संग्रहको नतिजाले देखाएको छ । १८ सेप्टेम्बर ,मा स्कट्ल्यान्ड नयाँ राष्ट्र हुने वा नहुने मुद्धामा जनमत संग्रह हुँदा ३२ वटा काउन्सिल्को मत पारीणामले बेलायत सँगै रहने नतिजा दिएको छ । २,००१,९२६(५५%) जनताले बेलायत र स्कट्ल्यान्ड एकै हुनु पर्दछ भन्ने पक्षमा मत खसाले भने ,१६१७,९८९(४५%), जनताले स्कट्ल्यान्ड स्वोतन्त्र हुनु पर्दछ भन्ने पक्षमा मत खसालेका थिए ।