मगर समुदाय बुद्धमार्ग तिर रुपान्तरण हुँदै

Read Time:11 Minute, 34 Second

बिजय हितान , बेलायत   

भन्ते भिक्षु मगर (मेधंकर) बेलायतमा आएर बिभिन्न ठाउँहरुमा धर्मादेशना दिंदै आएको पनि ६ महिना पुगेछ। अबको केही दिनमा नेपाल फर्कने तरखरमा हुनुहुँदो रहेछ। बेल्पाली उदार मनहरुलाई पाएर होला नेपाल फर्केपछी धनकुटामा एउटा बौद्ध बिहार स्थापना गर्ने परीयोजनामा लाग्नुभएको रहेछ। सफलताको कामना!

   

बेलायतको ब्यस्तताले गर्लम्मै पुरिएर यो भन्दा अगाडिको उनका प्रबचनमा उपासक हुने मौका मिलेन मलाई। तर गत शनिबार १३ सेप्टेम्बरको दिन लन्डनको प्लमस्टिडमा राखिएको वाँहाको एक कार्यक्रममा भागलिन टुप्लुक्कै पुगेँ।

ममा यस अघी बौद्ध दर्शनको सतही मात्र ज्ञान रहेको । त्यो दिनको अन्त्यमा मलाई गहिरो ज्ञान पाइएको अनुभुती भयो । कार्यक्रमको अन्यतिर १५ मिनट ध्यान अभ्यासले आँफै बुद्धको प्रतिमुर्ती बनेर पिपलको रुखमुनि बसेर तपस्या गरेको अनुभव दियो। अस्थाइ भए नी केही न केही आफुले बुझेको महसुस गरेको थिएँ ।  

वाँहाले पञ्चशिलको व्याख्यागर्दा निम्नमाध्यामिक बिद्यालयको महेन्द्र मालाको ‘सिद्दार्थ गौतम’ भनिने पाठको झझल्को आयो । त्यतिबेला मेरो स्कुलमा यि भन्ते जस्तै एक बौद्ध सम्बन्धी उच्च शिक्षा हासिल गरी ४-५ बर्ष गूम्बामा लामो कस्टकर जीवन बिताएर धार्मिक ज्ञान प्राप्त गरेका सिक्षकले पढाएका भए म कती ज्ञानी बन्थे। ‘प्राणी हिंसा नगर्नु’ भन्ने पहिलो पञ्चशिल भित्र अरुको मन दुखने बचन् पनि नभन्ने पर्दो रहेछ। सबैको भलो चिताए आफ्नै छायाँ जस्तै हलुका भै जिवनभर सुख सान्तिले पछ्छ्याउँदो रहेछ। अरुको पाप चिताय पाडाको जोडीलाई बैलगाडीको गरुङ्गो भारी संदैभर लतारे जस्तै अशान्ति र दुख्खले खेद्दो रहेछ। अर्को पञ्चशिल ‘चोरि नगर्नु’ भित्र आफ्नै श्रीमतिले राखेकी समानलाई उनको अनुमतिबिना नचलाऊनु भन्ने पर्दो रहेछ। ‘बेभिचारी नबन्नु’ भन्ने भनाइले त सन्यासिनै बसेको भए हुन्थ्यो जस्तो लाग्यो । ‘झुटो नबोल्नु’ भन्ने पञ्चशिलको मान्यताले कहिले काँही स्यानातिना बहाना बनाएर काम नगएको याद दिलायो। त्यस्तै ‘जाँड रक्सी नखानु’ भन्ने भन्तेको भनाइले किन मतवालिको कोखमा जन्म लिएछु भनेर धिक्कारेँ आँफैलाई। र घरको फ्रिजमा भिजाइ राखेको स्टेला र भन्साकोठाको आलमाडिमा सजिएको रेड लेभलको सम्झना आयो।  

तर अन्त्यमा भिक्षुले ‘पहिला तिमी आँफैलाई बुझ्ने कोशीस गर, बिस्वासले मानिसलाइ दास बनाउँछ त्यसैले पहिला बुझेर मात्रै बिस्वास गरे दासी भईन्न, त्यसो गरेउ भने आँफैमा भगवान पाउनेछौ, बुद्धले कहिलै पनि उनले दिएका उपदेसलाई पालना गर्नै पर्छ भनी कर गरेनन’ भनेपछी बल्ल मलाई हौसला मिल्यो। नत्र त मलाई पनि मन भित्रभित्र लागि रहेको थियो- एक रात घर छोडेर निस्कन पर्छ कि क्या हो बोध गयातिर निर्बाणा खोज्न भनेर।

यतिखेर मैले वास्तविक संसारलाई केलाउंदै थिए। त्यही भवन, जसमा यो धर्मादेशना भएको थियो, तल्लो तलाको पबमा मस्त स्थानियबासि र पर्यटकले बियर पिउँदै सप्तान्त मनाइ राखेका थिए। उता मध्यपुर्बमा अइससले हङगामा मच्च्याइरहेको थियो। यता पस्चीमेली सरकार प्रमुखहरु अइसस बिरुद्द लडाईं छेडने धमकी दिरहेका थिए। उता इजरायलले गाजामा बिद्ध्वंस पैदा गर्दै थियो। मलाई लाग्यो- भो यो संसारमा म आँफै भगवान पनि हुन सक्दिन र यो संसारले कहिल्लै अर्को बुद्द, इशा, मोहम्मद र राम जस्ता भगवान प्राप्त गर्ने छैन। गर्ला, तर निकट भबिस्यमा त्यस्तो देखिदैन। म तटस्ट छु। म आस्तिक पनि नास्तिक पनि दुबै होइन। तर त्यो कोठामा एक आस्तिकको रुपमा मैले आफुलाई उब्ब्याइराखेको थिएँ। मलाई एकैचोटी हल छोडेर बाहिर सडकमा दौडन मनलागेको थियो। तर मनलाई सम्हालेर त्यही बसिरहे। भन्तेको भरखरैको ‘मनलाई सम्हाल्न सके आँफैमा भगवान प्राप्त्र गर्न सकिन्छ’ भन्ने उक्तिको प्रभाव ममा तुरुन्तै परेजस्तो लाग्यो ।         

भन्ते बिच बिचमा संस्क्रित जस्तो सुनिने भाषामा पनी बोलिरहेका थिए। लाग्यो बौद्ध धर्म ग्रन्थ पनि हिन्दूको जस्तै संस्क्रितमा लेखिएको रहेछ । कतै ॠषि मुनिहरुले नै लेखिदिएका त होइनन? होइनछ त्यसो । त्यो पाली भाषा रहेछ, जो त्यतिबेला शाक्यमुनी राजाको २५ बर्गकिलोमिटर फैलिएको कपिलबस्तु राज्यमा बोलिदो रहेछ। पाली भाषाको कुरा गर्दा एम एस थापा मगरले लेखेको ‘प्राचिन मगर र आक्खा लिपी’ पढेको याद आयो। उहिलेको पाली भाषा अहिलेको बाहर मगरातमा बोलिने मगर ढुँटसँग धन्दै ५० प्रतिसत मिल्छ। त्यसैले त एम एस थापा मगरले मगर बुद्धका सन्तान हुनपर्छ भनी तर्क गरेका रहेछन। त्यही ऐतिहासिक खोजमुलक किताबको परिणाम नै आज मगर समुदाय बौद्ध मार्गी हुने रुपान्तरणको संघारमा प्रबेस गर्दै छ।  

आजका हिन्दू मार्गी मगरहरु परापुर्बकालमा बौद्ध मार्गी हुनुपर्छ भन्ने प्रसङमा भन्तेले केही बिचार हामी अगाडि सारे। केही मैले सुनेको थिए केही नसुनेका । पाचौं सताब्दिमा एक मगर भिक्षुद्वारा स्थापित भारतको बिहार राज्यको नालन्द (जसको साब्दिक अर्थ कमलको फुल राख्नु हुन्छ) बिस्वबिध्यालय १३ औं सताब्दिमा मुस्लिमहरुले नस्ट गरिदिएका थिए। ऐले आएर यसको पुनर्स्थापना भै पठन पाठन चलेको रहेछ । मगर समुदायमा बर्णाश्रमको ब्याबस्था छैन । अर्थात तल्लो जात र उपल्लो जात भन्ने । उपल्लो जातले तल्लो जातकालाई विवाह गरे जात खस्ने चलन छैन। कुनै पनि मगर विद्वानले हिन्दू धर्मका बेद पुराण नलेखेका तर बौद्ध धर्मका धेरै ग्रन्थ लेखेका पाइएको रहेछ । उनको यो भनाइले मलाई पहिलो बिस्वयुद्द छेकाका लाहुरे संगितकार तथा साहित्यकार मास्टर मित्र सेन थापामगरको सम्झना दिलायो। जसले बुद्ध धर्म ग्रन्थलाई नेपाली भाषामा अनुबादित किताब प्रकाशन गरी भारतीय गोर्खाली नेपालीहरुलाई धार्मिक ज्ञान प्रचार गरेका थिए ।  

यसै सन्दर्भमा मलाई हालै प्रकाशित ‘मगर जाती’ किताबमा यामबहादुर पुनले उठाएको बिषयलाई कोट्याउन मन लाग्यो। त्यसमा भनिएको छ- मगरहरु प्रकृतिक पुजक, हिन्दू र बौद्ध धर्मावलम्वि भएको पाइन्छ । हिन्दू पुरोहिततन्त्र जसमा दानदक्षिणाको नाममा जनतालाई ठगिन्छ र ठुलो स्यानो बर्गको उत्पत्ती भएको छ। त्यसैलाइ निराकरण गर्न बौद्ध धर्मतिर मगरहरु लाग्नु परेको तर्क त्यस किताबमा गरिन्छ। तर के सावधानी पनि बताइएको छ भने बौद्ध संस्कार अनुसार मगर वापाहरु, लामाहरु प्रयोगमा ल्याइने र उनिहरुलाई पनि सकीनसकी दानदक्षिणा दिइने र दिनुपर्ने हुनाले भबिस्यमा मगर समुदायमा पनि ठुलो स्यानो, धनी गरीब बर्ग छुट्टीनसक्ने सम्भावना छ। फल्स्वरुप बौद्ध संस्कारलाई परीत्याग गर्ने अवस्था आउनसक्ने तर्क पेस गरिएको छ।

तर हामी उपासक उपासिकाकै गल्तिले त्यस्तो अवस्था श्रीजना हुने मलाई लागेकोछ। आदिबासी जनजाती समुदायमा संस्कार उतार्ने बखतमा आफुलाइ खान नभैनभै पुरोहितलाई खुल्ला हृदयले दान दिने चलन छ। अरुलाई दिएर हामी कङ्गाल भएको होला जस्तो मलाई लाग्यो। शोशरणयुक्त पुरोहितबादलाइ बढावा दिने हामीनै हौं। त्यसैले पहिला हामी आँफै नसुध्रेसम्म हिन्दू संस्कार तोडेर जेसुकै संस्कारमा लागेपनी पुरोहित तन्त्रले कहिल्लै छोडला जस्तो नदेखिने त्यस लेखको आसय बुझिन्छ। बरू प्रक्रिती पूजक संस्कारमा रहिनै रहे यस्ता ठुला साना बर्गहरु बिद्धमान नरहने उक्त ‘मगर जाती’ किताबमा लेखिएको लेखको निस्कर्श रहेको छ।

कुनै कुरालाई बुझेर मात्रै बिस्वास गर भन्ने सन्दर्भमा भन्तेले अन्त्यमा भन्नुभयो- ‘बुद्ध कुनै भगवानको नाम होइन, बुद्ध एउटा ज्ञानको अवस्था हो। बुद्ध भगवान हुन भनेर बुद्धको मुर्तिलाई धुपबत्ती बाल्दै, घण्टि बजाउंदै पूजा नगर । पहिला बुद्ध ज्ञान वा शिक्षालाई बुझेन प्रयास गर ।’ यस भनाइलाई आत्मसात गर्दै त्यो धर्मादेशनाको अन्त्यपछी म ‘बुद्धम सरणम गच्छामी, धम्मम सरणम गच्छामी’ सङ्गम सरणम  गच्छामी ‘उच्चारण गर्दै  बाहिरिएको थिएँ।    

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %