Dance India Dance ZEE T.V winner लिटल मास्टर टेरिया मगरलाई बेलायतका मगरहरुले शिक्षाको लागि ने. रु. ५०,००० हजार सहित बिशेष सम्मान गरेको छ ।
बम सूर्यवंशी मगर
१५ सेप्टेम्बर २०१४ – बेलायतको दुई ठूला कार्यक्रम पश्चात मगर संघ यु के ले अल्डरसत स्थित निरमाया रोधीघरमा डान्स इंडिया डान्स लिटल मास्टर टेरिया फौजा मगरलाई बिशेष सम्मान गरेको छ ।
नेपालको इतिहासमा टेरिया मगरले प्राप्त गरेको उपलब्धि सिंगो नेपाल राष्ट्रकै एउटा ऐतिहासिक महान उपलब्धि भएको हुनाले बेलायतमा बसोवास गर्नु हुने मगर मात्र नभएर सम्पूर्ण नेपालीहरुलाई पनि यस बिशेष सम्मान कार्यक्रममा हार्दिक स्वागत गरिएको थियो ।
नेपालकी छोरी टेरिया मगर जी टीभी संग आबद्ध रहेको र दुई ठूला कार्यक्रम पछि १५ सेप्टेम्बरमानै बेलायतबाट फर्कने पूर्ब योजना भएता पनि सबै व्यवस्था मिलाएर निरमाय रोधीघरका संचालक गणेश गुरुङको पहलमा मगर संघ यु केले लिटल मास्टर टेरिया फौजा मगरलाई बिशेष सम्मान गर्न अवशर मीलाएकोमा मगर संघ यु केले हार्दिक आभार व्यक्त गरेको छ ।
कार्यक्रममा सहभागीहरुले टेरिया मगरलाई विभिन्न किसिमका उपहारहरु प्रदान गरे भने मगर संघ यु केको तर्फबाट टेरिया मगरको शिक्षाको लागि ने. रु. ५०,००० प्रदान गर्यो । साथै निरमाया रोधी घरका संचालक गणेश गुरुङले प्रवेश टिकटबाट उठेको शुल्क समेत टेरिया मगरको शिक्षाको लागि प्रदान गरेका छन् ।
उक्त रक़म ग्रहण गर्दै टेरीया मगर र आमा अनीता फौजा मगरले मगर संघ यु के र गणेश गुरुड़गले शिक्षालाई दिएको सहयोग सदुपयोग हुने बचन दिए । सो अवसरमा मीलन लामाले मगर गीत गाएर कार्यक्रमलाई रोचक बनाएका थिए ।