काठमाडौँ ,भाद्र ३० – पहिचानमा आधारीत संघीय गठबन्धनको प्रेस भेटघाट आज काठमाण्डौं अनामनगरको सँवाद डबलीमा बस्यो ।
गठबन्धनको बर्तमान अध्यक्ष माननिय आर के खम्बुले उक्त कार्यक्रमको सभापतित्व गरेका थिए भने थरुहटका सचिव मिनराज थारुले संचालन गरेको उक्त कार्यक्रममा संघीय लिम्बुवान पार्टी नेपालका महासचिब सुर्य माखिमले प्रेस बिज्ञप्ति वाचन गरेका थिए ।
पहिचान सहितको संघीयता नभए संविधान सभा हल भित्रै संविधान च्यातिने कुरा गठबन्धन मा आबद्ध पार्टीका सभासद्हरुले बोलेका थिए । तल दिइएको छ प्रेस बिज्ञाप्ति, हेर्नुहोला ।