लुम्विनी राज्य परिषदको अध्यक्षमा रौतार

Read Time:2 Minute, 46 Second

दिल प्रशाद थापा मगर

कपिलबस्तु , भाद्र २९ – राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन लुम्बिनी राज्य परिषदको प्रथम अधिवेशनबाट नगेन्द्र प्रसाद रौतारको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिती गठन भएको छ ।

 

अधिवेशनको बन्दशत्र कार्यक्रममा प्रमुख अतिथी पार्टीका महासचिव केशव शुर्यवंशीले पार्टीले उठाएका मुद्धा पहिचान सहितको संघियता र संघियता सहितको सविधानको लागि शसत्त आन्दोलन गर्नु पर्ने बताए । यदी संविधान निर्माण प्रक्रियामा काग्रेश एमाले ले बहुमतको अधारमा पेलेर जनताको विपरित संविधान बनायो भने प्रगतिशिल सभासदलाई  संविधान सभाबाट राजिनामा दिई आन्दोलनको नेतृत्व गरि सडक आन्दोलनमा आउनु पर्ने बताए । त्यसपछि वार कि पारको आन्दोलन गर्नु पर्ने बताए ।

अबको दिनमा पार्टीलाई सशत्त बनाउनको लागि हरेक कार्यक्रर्ताहरु जागरुक हुन पर्ने बताए । बन्द सत्र कार्यक्रममा लुम्बिनी राज्य परिषदले ल्याउन पर्ने अवधारणको बारेमा उपस्थित प्रतिनिधी विच विस्तृत छलफल भएको थियो । अधिवेशनमा लुम्बिनी राज्य परिषद अन्तरगत नवलपरासी, रुपन्देही र कपिलवस्तिुबाट पचास जना प्रतिनिधी तथा दश जना परवेक्षकको उपस्थित रहेका थिए ।  

लुम्बिनी राज्य परिषदको प्रथम अधिवेशनबाट अध्यक्षमा नगेन्द्र प्रसाद रौतार , उपाध्यक्षमा श्याम परियार, महिला उपाध्यक्षमा धनि आले , सचिवमा तिल बहादुर झेडी , संगठन सचिवमा आशिन गुरुङ्ग , कोषाध्यक्षमा चन्दा थापा मगर चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा बाल किशोर राना, ओम प्रकाश विक , दिपेन्द्र पौडेल , मोतिलाल सुनार, राम बहादुर गुरुङ्ग, सिंह बहादुर थापा, चन्द्र बहादुर अर्गेजा मगर, धन बहादुर मिधुन मगर चयन भएका छन ।   कार्यक्रम संचालन सचिव तिल बहादुर झेडीले गरेका थिए भने निर्वाचन मण्डलको अध्यक्षता पाटीको संघिय सभा सदस्य देवबहादुर गुरुङ्गले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %