मनोज घर्तीमगर
सिंगापुर इन्टरप्राइजेज मिस मगर नेपाल २०१४ को उपाधी म्याग्दी दोवाकी १९ वर्षिय उसा पाइजा पुनमगरले जितेकी छिन् ।
२९ प्रतिस्पर्धिलाई उछिन्दै उनले उपाधी जितिन् । शनिबार पोखरामा सभागृहमा भएको अन्तिम प्रतिस्पर्धामा उपाधि जित्दा उसाले स्कुटर पुरस्कार पाइन भने, उनको शिरमा १२ तोलाको चाँदीको ताज पर्यो । उनलाई मुख्य प्रायोजक रवि अटोमोवाइल्सकी संचालिका टिका कुमारी थापामगरले पियाजिओ स्कुटर पुरस्कार दिइन् । ‘कडा प्रतिस्पर्धा थियो, मैले नै ताज जित्छु भन्नेमा विश्वस्त थिइन’ उसा भन्छिन्,‘अर्काको करबलले प्रतियोगितामा भाग लिए पनि मातृभाषा लगायत धेरै कुरा सिँके जसले उपाधि दिलायो ।’
नेपाल मगर संघ कास्कीको आयोजना तथा रिबर्थ इभेण्ट म्यानेजमेण्टको व्यवस्थापनमा भएको प्रतियोगितामा काठमाडौंकी सिर्जना रानामगर फस्ट रनर अप, बागलुङकी सरला थापामगर सेकेण्ड रनर अप र डडेल्धुराकी सिर्जना सलामीमगर थर्ड रनर अप भइन् । सिर्जनाले कोर आई फाइब ल्यापटप र सेकेण्ड रनर अप सरलाले ट्याबलेट मोबाइलसँगै अन्य गिफ्ट ह्यम्पर पुस्कार पाए ।
मोस्ट ट्यालेन्टेड बागलुङकी सोमिया कालामगर, भ्यूअर्स च्वाइस तनहुँकी खुशीमाया थापामगर, वेस्ट ट्रेनी नवलपरासीकी विनिता पुनमगर, मोस्ट इन्ङ्खलुएन्स इन मगर ल्याङग्वेज तनहुँकी कुसुम थापामगर, मोस्ट कन्फिडेन्स सुनसरीकी सिर्जना बुर्जामगर, वेष्ट फोटो जेनिक कैलालीकी एलिसा सोतीमगर, मोस्ट ब्यूटिफुल इन मगर ड्रेस म्याग्दीकी करुणा गर्बुजामगर, मोस्ट पपुलरको सब टाइटल धादिङकी इशाखा थापामगरले पाइन् ।
स्तै मोस्ट डिसिप्लिन नवलपरासीकी यामकला पुनमगर, मोस्ट चामिर्ङ मकवानपुरकी लक्ष्मी थापामगर, वेष्ट पर्सनालिटी बागलुङकी सुरक्षा थापामगर, मोस्ट फ्रेन्डली मकवानपुरकी कविता थापामगर, वेस्ट वाक सुनसरीकी सरुपा थापामगर, वेस्ट हेयर तुलसा रानामगर, वेस्ट स्माइल मालती रानामगर, मोस्ट पङचुअल विनिता रानामगर, वेस्ट डान्स सरुपा थापामगर, वेस्ट स्पिच दीपा नाम्जालीमगर, मोस्ट भर्सटाइल सरिष्मा राम्जालीमगर, मोस्ट टिपिकल निशा थापामगर, मोस्ट इनर्जेटिक मनिषा थापामगर, वेष्ट परफर्मेन्स उषा पाइजामगर, मोस्ट सपोर्टेड सुष्मा थापामगर, वेस्ट स्किन दीपा शेरबुजामगर, मोस्ट इनोसेन्ट विना थापामगर, मोस्ट कम्प्लेक्सन मनिषा थापामगर, मोस्ट स्टाइलिस्ट दक्षा थापामगर, वेस्ट फिगर कोपिला थापामगरको हात पर्यो ।
कार्यक्रम संयोजक पूर्णबहादुर रानामगरले देशभरका युवतिले कम्तिमा पनि आफ्नो मातृभाषा लगायत थुप्रै कुरा सिक्ने अवसर कार्यक्रमले जुराइदिएको दाबी गरे । कार्यक्रममा लोकदोहोरी गायिका जुना श्रीसमगर, गायक प्रसाद खप्तरीमगरलगायतले सांगीतिक प्रस्तुती राख्नुभएको थियो । संञ्चारकर्मी तथा कोरियोग्राफर सुरज थापामगर र मिस मंगोल नेपाल २०१२ सपना रोकामगरले कार्यक्रम चलाएका थिए ।