एमाओवादी हङकङ साखाको अध्यक्षमा रविन लिङदेन

Read Time:9 Minute, 38 Second

रबिन लिङदेन

हङकङ, ०९ सेप्टेम्बर  – एनेकपा (माओवादी) केन्द्रिय सचिव वर्षमान पुन र अन्तराष्ट्रिय विभाग सचिव युवराज चौलागाइको प्रमुख उपस्थितिमा एनेकपा (माओवादी) हङकङ साखाको दोश्रो अधिवेशनले पहिलो अध्यक्षमा रविन लिङदेनलाइ निर्वाचित गरेको छ ।

जोर्डन स्थित नमोबुद्घ क्लब हाउसमा आइतवार सम्पन्न भएको उक्त अधिवेशनले १९ कार्यसमित चयन गर्दै चार वर्ष वढि रहेको विवाद समाप्त पारेको छ ।

दोश्रो अधिवेशनबाटै नेपाली जनप्रगतिशील मञ्च पनि गठन गरेको छ । धिरेन्द्र चाम्लिङको अध्यक्षतामा ३५ सदसिय कार्यसमिति गठन भएको मञ्चले दुई वर्ष अघिदेखि सृजना भएको एकीकृत नेपाली मञ्च हङकङको विवाद पनि सामाधान गरेको छ । एकीकृत नेपाली मञ्चको विवाद समाधान गर्न नेपाली जनप्रगतिशील मञ्च गठन गरेको अध्यक्ष धिरेन्द्र चाम्लिङले संचार कर्मीलाई वताए ।

हङकङ साखाको अधिवेशनमा प्रमुख अतिथि वर्षमान पुनले अधिवेशनबाट सुभकामना दिदै यहाँको पार्टी भित्रको सवै समस्याको समाधान भएको वताए । हङकङ साखा पार्टीको समस्या सामाधानबाट पार्टी केन्द्रले सिक्ने वताउदै विचार र कार्यशैली मिल्ने पार्टी हरुसंग एकता प्रक्रिया सुरु भएकोले अव चाडै वैध्य माओवादी लगायत अन्य पार्टीसंग पनि एकता हुने वताए ।

अधिवेशनकै अवसरमा राजनैतिक प्रशिक्षण दिएका नेता पुनले सहमतिको आधारमा संविधान वन्ने वताउदै कुनै दलिय संविधान मात्र नहुने– जनताको संविधान वन्ने तर्क राखेको हङकङ साखा पार्टीको सचिव युवराज तमुले संचारकर्मीलाई वताए ।

राज्यको पुनरर्संचना, सासकिय स्वरुप र निर्वाचन प्रणालीको वारे सवै दलहरुको सहमति अनुसार नै सवैलाई मान्य हुने संविधान वनाउनको लागि आफु र पार्टीकेन्द्र लागि परिरहेको वताए । एतिहासिकताको आधारमा पहिचान सहितको संघीयता नछुट्ने वताए ।

पुर्व अर्थमन्त्री पुनले जनताको संविधान निर्माण प्रक्रिया टुङ्गाएर आर्थिक विकासको गति तिब्र पार्ने वताउदै, तिब्र आर्थिक विकाशले देश – जनताले चाहेको जस्तै हुने वताए ।

विशेष अतिथि चौलागाइले नेपालमा सवै खाले विभेदको अन्तय गर्नु पर्ने वताउदै जातिय, वर्गिय, क्षेत्रिय, मुक्ति बेगर देश नवन्ने वताए ।

अधिवेशनमा निर्वाचित भएपछि अध्यक्ष रविन लिङदेनले “१० अक्टुवर २०१० मा भएको पहिलो अधिवेशनमा नेतृत्व चयनको विषयमा विवाद सुरु भई एउटै पार्टीमा दुई समुह भएको थियो अव त्यो सकियो” संचार कर्मिलाई वताए । संयोजक समिति वने पछि नै समस्या समधानको वैज्ञानिक

समाधान खोजिएको थियो त्यहि अनुसार नै एतिहासिक दोश्रो अधिवेशनले म्यान्डेट दियो, अव पार्टी नयाँ ढंगले अगाडी वढ्छ लिङदेनले वताए । अधिवेशन संयोजक समिति वनेको मितिले दुई वर्ष पछि भएको उक्त अधिवेशनले चार वर्ष अघि सुरु भएको विवाद समाप्त पारेको छ उनले वताए ।

अधिवेशनलाई सुभकामना दिदै हङकङ साखा पार्टीको निर्वतमान सचिव जे वी ओख्राबु, समावेसी नेपाली समाज सचिव किसन राई, नेपाली जनसंपर्क समितिका सभापति वसन्त श्रीनेट, प्रवासी नेपाली मञ्च हङकङका उपाध्यक्ष वसन्ती राई, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा प्रवास समिति हङकङका सह इन्र्चाज ज्ञानु मेन्याङबो, तमु राष्ट्रिय मुक्ति मोर्चा हङकङका अध्यक्ष दुर्गा तमु “मिलन” किराती राष्ट्रिय मुक्ति मोर्चा हङकङका अध्यक्ष रमेश नामहाङ, मगर राष्ट्रिय मुक्ति मोर्चा हङकङका टंक तरामुले आ–आफ्नो मन्तब्य राखेका थिए ।

अधिवेशनको दोश्रो दिन संयुक्त भेट–घाट तथा अन्तरक्रिया कार्यक्रम गरि पत्रकारहरूको प्रेस बक्तब्य जारि गरेको थियो ।

 

प्रेस बक्तब्य

एकीकृत नेकपा (माओवादी) हङकङ साखाको एतिहासिक दोश्रो अधिवेशन ०७ सेप्टेम्बर २०१४, आइतवार एनेकपा (माओवादी) केन्द्रिय सचिव पूर्व अर्थमन्त्री क. वर्षमान पुन “अनन्त” र अन्तराष्ट्रिय विभाग सचिव क. युवराज चौलागाइको प्रमुख उपस्थितिमा सम्पन्न भयो । ऐतिहासिक दोश्रो अधिवेशनले हङकङ साखा पार्टीमा रहेको विगत ५ वर्ष यताको विवाद र समस्याको समाधान गर्दै एनेकपा (माओवादी) हङकङ साखाको पहिलो अध्यक्षमा क. रविन लिङदेनलाई निर्वाचित गरि सचिव क. युवराज तमु सहित १९ जनाको कार्य समिति चयन गरेको छ ।

त्यस्तै, दोश्रो अधिवेशनबाटै नेपाली जनप्रगतिशील मञ्च हङकङ गठन गर्दै क. धिरेन्द्र चाम्लिङको अध्यक्षतामा खुला सामाजिक संस्था निर्माण गरेको छ । उक्त खुला सामाजिक सस्थालाई हङकङको कानुन बमोजिम दर्ता गरि वैधानिकता दिई बैधानिकता दिई खुला कार्यक्रम मञ्चको तर्फबाट आयोजना हुने छ । एकीकृत नेपाली मञ्च हङकङको विवाद सामाधान गर्दै उक्त सस्थालाई नै नेपाली जनप्रगतिशील मञ्च हङकङ गठन गरि ३५ सदसिय कार्यसमिति चयन गरिएको छ ।

मञ्चले हङकङमा रहने नेपालीहरुमा आपसी सहयोग, सदभाव कायम राख्दै सामाजिक, सास्कृतिक, भावनात्मक एकताको पहल गर्दै अगाडी वढ्ने कुराको जानकारी गराउदै उक्त काममा नेपाली समुदाय, वुद्घिजवि, समाजसेवी, पत्रकार हङकङवासी सम्पूर्ण नेपाली दाजुभाई दिदि वहिनहिरुमा सहयोग सदभावको अपेक्षा गर्दछौं । धन्यवाद ।

रबिन लिङदेन

अध्यक्षः

एनेकपा (माओवादी) हङकङ साखा

धिरेन्द्र चाम्लिङ

नेपाली जनप्रगतिशील मञ्च हङकङ

मितिः ०८ सेप्टेम्बर २०१४, जोर्डन हङकङ

एनेकपा (माओवादी) हङकङ साखाको दोश्रो अधिवेशन बाट रविन लिङदेन अध्यक्षतामा निर्वाचित १९ कार्यसमिति

अध्यक्षः रविन लिङदेन

सचिवः युवराज तमु

सदस्यहरुमा

दुर्गा तमु “मिलन”,

धिरेन्द्र चाम्लिङ,

इन्द्र लोक्सम,

अर्जुन राना मगर,

केशव राई,

हरिन्द्र तमु

रमेश नामहाङ,

नैन सिं तमु,

युक कृष्ण राई,

वेल बहादुर गुरुङ,

जजिन राइ

मन प्रसाद तमु

सहित १९ कार्यसमिति चयन गरेको छ ।

एनेकपा (माओवादी) साखा हङकङको दोश्रो अधिवेशनबाट नेपाली जनप्रगतिशील मञ्च हङकङको ३५ सदसिय कार्यसमिति गठन गरेको छ ।

अध्यक्ष – धिरेन्द्र चाम्लिङ

उपाध्यक्ष – हस्त बहादुर लिबाङ लिम्बु

उपाध्यक्ष – नैन सिङ तमु

महासचिव – हरिन्द्र तमु हरि

कोषाध्यक्ष – रेजिन्द्र लिम्बु सावा

सदस्हरुमा

केशव राई

मौसम लिम्बु इम्बुङ

कृष्ण कुमार गुरुङ

वालकृष्ण हाङस्रोम्बा

मालिक राम राई

टंक तरामु

प्रेमराज राई

रविन कुमार नाल्बो

ललित आङबुहाङ

चन्दा संयोक लिम्बु (महिला)

वुद्घ वनेम लिङदेन (महिला)

नीर लिम्बु

पदम बहादुर तमु

नरेन्द्र केरुङ

कृष्ण कुमार तमु

धन बहादुर लोक्ताम

प्रेम सेरचन

सल्लाहकार समितिमा

१, जे. बी. ओख्राबु

२, तुलाजंग गुरुङ

३, पवन वस्नेत

४, ज्ञानु मेन्याङबो

५, विष्णु गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %