उद्धघाटन खेलमा पाल्पाले वुटवलको आरकेएफसिलाई ४–१ ले हरायो ।
दिल प्रसाद थापा
बुटवल – रुपन्देहीमा हुने फुटवल खेल प्रतियोगिताहरुमा यस क्षेत्रकै सबै भन्दा पुरानो छुट्टै पहिचान बोकेको प्रतियोगिता झरना स्पोर्ट क्लब कुञ्जलापुरले २८औ झरना रनिङ्ग सिल्ड फुटवल प्रतियोगिता शनिवार उद्धघाटन समारोह विच प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको उद्धघाटन कार्यक्रममा क्लबका अध्यक्ष छत्र दर्लामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी तिलोत्तमा नगर पालिका कार्यकारी निर्देशक ज्ञानराज पाण्डे रहेका थिए । र विशिष्ठ अतिथी रुपन्देही फुटवल संघका अध्यक्ष दिर्घ बहादुर केसी थिए । क्लबले रुपन्देही क्षेत्रमा फुटवल खेलको विकासको लागि उल्लेखनिय योगदान दिएको उपस्थित अतिथीहरुले बताएका थिए भने प्रमुख अतिथीद्धारा उक्त प्रतियोगिताको लागि हरेक वर्ष दुई लाख रुपैया तिलोत्तमा नगरपालिकाबाट बजेट विनियोजन गरिने बताए ।
उद्धघाटन कार्यक्रममा स्वागत मन्तव्य क्लबका उपाध्यक्ष गंगा प्रसाद रानाको रहेको थियो भने कार्यक्रम संचालन संञ्जु पौडेलको रहेको थियो । झरना रनिङ शिल्ड प्रतियोगीतामा लुम्विनी अन्चलका वलिया २० वटा क्लवहरु सहभागी हुदैछन् । जसमा रुपन्देहीबाट १६ टिम रहने छ भने , अन्य जिल्ला पाल्पा, नवलपरासी, कपिलवस्तु बाट तिन वटा टिम र यसपाली पश्चिम क्षेत्रिय प्रहरी तालिम केन्द्रको पनि सहभागिता रहेको छ ।
झरनाको उद्धघाटन खेलमा पाल्पाले आकर्षक विजयी शुरुवात गरेको छ । उसले वुटवलको आरकेएफसिलाई ४–१ गोलले पछि पार्दै जित सुनिस्चीत गरेको हो । प्रतियोगिता अन्र्तगत उद्धघाटन खेलमा पाल्पा ११ ले गतिलो सुरुवात गरेको छ । पहिलो हाफसम्म कुनैपनि गोल नभएकोमा पाल्पाले त्यसपछि आफुलाई सुधार्दै आरकेएफसिलाई हराउने सपना पुरा गरेको थियो । पाल्पाको तर्फवाट विकास गुरुङले ५० औ मिनेटमा, रितेश मल्लले ६३ औ मिनेटमा, शुस्मीत केसीले ७६ औ मिनेटमा र आरकेएफसिका सुर्य रानाको आत्मघाती एक गोलले पाल्पाको जित सुनिस्चीत भयो । आरकेएफसिको तर्फवाट कमल थापाले शान्त्वना एक गोलको योगदान दिए ।
प्रतियोगीतामा एक हजारको हाराहारीमा दर्शकको उपस्थित थियो । झरना कपमा प्रथम हुनेले १ लाख १० हजार नगद्का साथै अन्य पुरस्कारहरु पाउनेछ भने दोस्रो हुने टिमले ६० हजार र अन्य विभीन्न खेल हेरेर आयोजकले ३० हजार वढिको पुरस्कार वाढ्नेछ । खेल अन्र्तगत आईवार ईन्टरस्पोर्टस क्लव वुटवल र हिमाल युथ क्लव मणिग्रामका विच प्रतियोगीता हुने खेल संयोजक लोक पुनले जानकारी दिए ।
तिलोत्तमा ९ स्थित कुन्जलापुर उमा निमावीको मैदानमा सुरु भएको खेल असोज ९ गते सकिनेछ ।