देबीका घर्ती
दाङ, भदौ १९, बेलायतमा रहेका राप्ती क्षेत्रका पुर्व बृटिस गोरखा आर्मीहरुले दाङका अग्नीपिडितहरुलाई सहयोग उपलब्ध गराएका छन् । बेलायतमा रहेका दाङ निवासी पुर्व बृटिस गोरखा आर्मी मानबहादुर थापा मगरको पहलमा राप्ती समाज युकेले दाङ राजपुर गाविस–९ बनकट्टीका अग्नीपिडितहरुलाई नेपाली रुपैयाँ ६३ हजार ३ सय ३२ रुपैयाँ सहयोग गरेको हो ।
भदौ १९ गते दाङको घोराहीमा एक कार्यक्रमको आयोजना गरी राप्ती समाजका सदस्य समेत रहेका थापामगरले उक्त रकम बनकट्टी आगलागी पिडित राहत समन्वय समितिका संयोजक ईन्द्र भण्डारीको नेतृत्वमा आएको पिडितहरुको टोलीलाई हस्तान्तरण गरिएको हो । बेलायतमा रहेका राप्तीवासी १८ जना पुर्व बृटिस आर्मी र २ जना विद्यार्थीहरुले उक्त रकम उपलब्ध गराएका हुन् । जसअनुसार दाङ तुलसिपुरका रेखबिक्रम मल्लले २० पाउण्ड, हलवार बनहरीका मानबहादुर थापाले २० पाउण्ड, लमही दाङ निवासी टिकासिँह ठकुरीले २० पाउण्ड, घोराही निवासी लाल राना मगरले १५ पाउण्ड, घोराही निवासी मिलन थापा मगरले २० पाउण्ड, तुलसिपुर निवासी किशोरबहादुर पुन मगरले २० पाउण्ड, तुलसिपुर निवासी पवित्रा केसीले १० पाउण्ड, घोराही भरतपुर निवासी विष्णुबहादुर पुनले १० पाउण्ड, ढिकपुर दाङ निवासी प्रेम केसीले १० पाउण्ड, रुकुम दुली निवासी झुपलाल बाँठामगरले २० पाउण्ड, रोल्पा निवासी पञ्चबहादुर पुनमगरले १० पाउण्ड, प्यूठान निवासी घमानसिँह घर्तीमगरले १५ पाउण्ड, रुकुम दुली निवासी टिकाबहादुर बाँठामगरले २० पाउण्ड, चैलाही लमही निवासी गँगाबहादुर मल्ले २५ पाउण्ड, घोराही निवासी नरबहादुर गुरुङले ३० पाउण्ड, लालमटिया निवासी शोभाराम बुढामगरले २० पाउण्ड, घोराही निवासी ज्यामबहादुर पुनमगरले २० पाउण्ड, घोराही नवलपुर निवासी बिजुकुमार श्रेष्ठले २० पाउण्ड, घोराही निवासी भुपेन्द्र पुनमगरले २० पाउण्ड र राजेन्द्र बुढामगरले २० पाउण्ड सहयोग उपलब्ध गराएका हुन ।
२०७० वैशाख २५ गते दाङ राजपुर–९ बनकट्टीमा स्थानिय विरबहादुर सुनारको घरबाट विद्युतको तार सर्ट भएर लागेको आगोका कारण उक्त गाउँको ७० घरगोठ जलेर नष्ट भई ४० घर पुर्णरुपमा नष्ट हुँदा २ सय ४ जना अग्नीपिडित अहिलेपनि विद्यालय र त्रिपाल टाँगेर बस्दै आएका छन् । राप्ती समाज युकेका सदस्य थापाले जिल्लामा साउन अन्तिम साता आएको वाढीबाट भएको पिडितहरुका लागि पनि बेलायतमा सहयोग जुट्ने क्रम रहेको जानकारी दिए ।
बेलायतका नेपाली लाहुरेद्धारा दाङका अग्नीपिडितलाई सहयोग
Read Time:3 Minute, 43 Second