मनोज घर्रती मगर
पोखरा न्यूरोडस्थित रोटर्याक्ट क्लबले सतीप्रथामा आधारित फिल्म ‘झोला’ को पोखरामा ‘च्यारिटी शो’ गर्ने भएको छ ।
लाहाचोकका दुई विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला वितरण गर्ने उद्देश्यकले ‘च्यारिटी गर्न गरिएको हो । पोखरा तेर्सापट्टिस्थीत श्रीकृष्ण चलचित्र घरमा च्यारिटी शो गरिएको क्लबका अध्यक्ष संजीव पौडेलले जानकारी दिए । पौडेलले ‘च्यारिटी शो’ बाट संकलित रकमले लाहाचोक गाविसका जनजागरण प्राविका ३३ र क्षितिज प्राविका २५ विद्यार्थीहरुलाई झोला र स्टेशनरीका सामग्री वितरण गरिने बताए । ५८ विद्यार्थीहरुलाई झोला, सिसाकलम, कापी, हाइजिन किट, प्राथमिक उपचार बाकस, खेलकुदका सामग्री, रंग, किताबलगायतका सामग्री वितरण गरिने उनले जनाए ।
उक्त विद्यालयहरुमा अध्ययनतरत विद्यार्थीहरुको आर्थिक अवस्था कमजोर भएकोले ति विद्यालय छनौट गरिएको कार्यक्रमका संयोजक सन्तोष जी.सीले बताए । च्यारिटी शो पश्चात छिट्टै ति विद्यालयहरुमा पुगेर झोला र स्टेशनरीका सामग्री वितरण गर्ने उनले जानकारी दिए । कृष्ण धरावासीद्वारा लिखित ‘झोला’ कथामा आधारित उक्त चलचित्र हालै मात्र ८७ औं एकेडेमी अवार्ड(ओस्कार अवार्ड) मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नका लागि छनौट भएको छ ।