ईन्द्र एलजी थापामगर
३१ अगष्ट २०१४, हङकङ, मंकिहिल, म्याग्दी प्रवासी नेपाली संघ (मोना), हङकङले यस वर्षको नेपाली महिलाहरुको पर्व तीज कार्यक्रम भव्यरुपमा सम्पन्न गर्यो । उक्त कार्यक्रममा तीजको दर भोज (खिर, सेल रोटी र अचार), विविक्यू तथा नाँचहरुको साथ उपस्थिति म्याग्दीवासी तथा गैर म्याग्दीबासीहरुले भव्य र सभ्यरुपले मनाए ।
प्रमुख अतिथि नेपाली महिला संघ हङकङका अध्यक्ष तथा मोना, हङकङका आजिवन सदस्य टिका देवी गुरुङको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथिहरु निवर्तमान मोना महिला विभागका प्रमुख तथा मोना, हङकङका सल्लाहकार वीना देवी पुन, मोना हङकङका सह सचिव आशा देवी पुन, हङकङ नेपाली महासंघका उपाध्यक्ष तथा नेपाल क्लवका अध्यक्ष रीता गुरुङ, प्रवासी नेपाली मंचका उपाध्यक्ष बसन्त कुमारी राई, मगर संघ हङकङका सह कोषाध्यक्ष तथा मोना हङकङका सल्लाहकार गोमा पुन, निवर्तमान सह सचिव तथा मोना हङकङका सल्लाहकार रुपा चोचाङगी, मगर संघ हङकङका अध्यक्ष चन्द्र ज्योति आले मगर र मोना हङकङका दिर्घकालीन सदस्य लक्ष्मी थापामगर थिए भने अतिथिहरुमा नेपाली घरेलु कामदार यूनियनका अध्यक्ष चुनी थापा मगर, पुन मगर समाजका साँस्कृतिक विभागका प्रमुख पिनु पुन, भू.पू.साँस्कृतिक विभागका प्रमुख तथा दिर्घकालिन सदस्य मनु पुन, थकाली सेवा समितिका प्रतिनिधि उषा तुलाचन, मिस ट्यालेन्ट हन्ट २००६ का विजेता बसन्ति चोचाङगी, हङकङमा नेपाली महिलामा प्रथम रजिष्टर शिक्षिका सीजन तुलाचन, नेवार समाज हङकङका प्रतिनिधि सृजना श्रेष्ठ, भू.पू.मोना हङकङका कार्यसमितिका सदस्यद्वय सुनिता पुन र गर्बुजा पुन, मोना हङकङका कलाकार अनिता फगामी, मोना हङकङका कार्यसमितिका सदस्यद्वय ड माया पुन र रेणु थापा, मोना हङकङका दिर्घकालिन सदस्य जालमाया रोका, पुन मगर समाज हङकङका महिला प्रमुख सरमाया पुन र जेष्ठ कलाकार जुकमाया पुन थिए ।
तीज पर्वको उपल्क्षयमा प्रमुख अतिथि टिका देवी गुरुङ, विशेष अतिथिहरुमा रुपा चोचाङगी, आशा पुन, गोमा पुन, रिता गुरुङ, बसन्ति कुमारी राई र अतिथि चुनी थापा मगरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। उक्त औपचारिक कार्यक्रम मोना महिला विभागका प्रमुख शिला जुग्जालीको अध्यक्षतामा उप प्रमुख रुपा रामजालीले संचालन र मोना महिला विभागका सदस्य विन्दु मल्ले स्वागत भाषण गरेकी थिइन ।
कार्यक्रम सफल पार्न युनलुङ देखि मंकीहिल सम्म आउनेजाने निशुल्क बस, म्युजिक सिस्टम, ब्यानर तथा पोष्टरको स्पोन्सर गर्ने महानुभावहरु दल सेर्बुजा, ईन्द्र एलजी थापामगर, कर्ण पुन, प्रकाश पुन, ज्ञानेन्द्र थापा, हर्क मगर, प्रमोद गिरी, जेबेन्द्र फगामी, नारायणसिहं पुन, गिरी सेर्बुजा, हरि पुर्जा र दिलिप कुमार पुन मगर, कार्पेट पदम शेरचन, खिर गोमा पुन, कलाकारहरुलाई तालिम अवधि भरि पानी तुल्म राज रामजाली ,टिकट डिजाइन तथा प्रिन्ट पदम पुर्जा, कुर्चिहरु तथा अन्तिम नाँच तालिमको लागि याउ मा तेई कम्युनिटि हलको व्यवस्था फियोना हङकङ र बसको ब्यवस्था एभरेष्ट साप्ताहिका सम्पादक तथा प्रकाशक किसन राईले गरेका थिए । भव्यरुपमा उपस्थिति महानुभावहरुले झरीले केहि समय असर पारे पनि रात्री १० बजे सम्म भेटघाट,खानपिना र नाँच गान गरेर रमाइलो गरेका थिए । मोना महिला विभागले २००७ देखि हङकङमा तीज पर्व विविध कार्यक्रम सहित मनाउदै आइरहेको छ । शुरुमा हङकङमा तीज पर्व फियोना, हङकङ, हिन्स र मोना महिला विभागले मनाउने गरेको अहिले धेरै संघ संस्थाले मनाउने गरेका छन ।
स्मरणरहोस, मोना हङकङले दशै र तिहारको उपलक्ष्यमा भव्यरुपमा शुभकामना आदन प्रदान तथा भेटघाट कार्यक्रमु आगमि १२ अक्टोबर २०१४ तारिख आइतबार मंकिहिलमा गर्न गैरहेको छ ।