ताप्लेजुङ समाज हङकङद्वारा आयोजित “सेवारो ताप्लेजुङ कप-२०१४” पुन क्लबको पोल्टामा !

Read Time:4 Minute, 33 Second

मुक काजी गुरुङ, हङकङ
३१ अगस्त २०१४ का दिन ताप्लेजुङ समाज हङकङको १५ औं वार्षिक उत्सवको अवसरमा प्रथम ताप्लेजुङ सेवारो कप-२०१४ सम्पन्न गरेको छ ।

चुनमुनस्थित बटरफ्लाई बिच सम्पन्न उक्त प्रतियोगितामा संखुवासभा, पुन क्लब ए, पुन क्लब बी, यूनिटी हङकङ, पाथीभरा, आंधीखोला स्पोर्ट्स क्लब स्याङ्जा ए, आंधीखोला स्पोर्ट्स क्लब स्याङ्जा बी, पर्वत, ताप्लेजुङ र घान्द्रुक गरि १० टीमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको पहिलो खेल यूनिटी हङकङ बिरुद्ध पर्वत बीच भएको थियो भने दोस्रो खेल आंधीखोला स्पोर्ट्स क्लब बी बिरुद्ध ताप्लेजुङ बीच भएको थियो । यसैगरि पुन क्लब बी बिरुद्ध आंधीखोला स्पोर्ट्स क्लब ए, घान्द्रुक बिरुद्ध पाथीभरा हुंदै आंधीखोला स्पोर्ट्स क्लब ए बिरुद्ध संखुवासभा र घान्द्रुक बिरुद्ध पुन क्लब ए ले प्रतिस्पर्धा गरेका थिए। सेमिफाइनल खेल आंधीखोला स्पोर्ट्स क्लब ए बिरुद्ध पर्वत र आंधीखोला स्पोर्ट्स क्लब बी बिरुद्ध पुन क्लब ए बीच भएको थियो । अन्तत: आंधीखोला स्पोर्ट्स क्लब ए ले पर्वत, यसै गरि पुन क्लब ए ले आंधीखोला स्पोर्ट्स क्लब बीलाई पराजित गर्दै दुबै टीमहरु फाइनलमा प्रवेश गरेका थिए ।

वेष्ट अफ फाईवको आधारमा पुन क्लब बिरुद्ध आंधीखोला स्पोर्ट्स क्लब ए बीच भएको फाइनल खेल अन्तत: ३:० को सिधा सेटमा पुन क्लबले आंधीखोला स्पोर्ट्स क्लब माथि विजय प्राप्त गर्दै प्रथम ताप्लेजुङ सेवारो कप-२०१४ आफ्नो हातमा पार्न सफल भएको छ। जितसंगै पुन क्लब ए ले प्रथम पुरुस्कार स्वरुप नगद हङकङ डलर ८,००० (आठ हजार)ट्रफी, मेडल र प्रमाण पत्र हात पारे भने उपविजेता आंधीखोला स्पोर्ट्स क्लब ए टीमले पनि नगद हङकङ डलर ५,०००(पांच हजार),ट्रफी, मेडल र प्रमाण पत्र हात पारेका छन। प्रतियोगितामा पुन क्लब ए का खेम पुन उत्कृष्ट खेलाडी घोषित भए भने घोषितसंगै उत्कृष्ट
ट्रफी र प्रमाण पत्र पाउंन सफल भएका छन ।

पुरुस्कार वितरण समारोहमा सञ्चालन गरिएको छोटो औपचारिक कार्यक्रममा ताप्लेजुङ समाज हङकङका कार्यवाहक अध्यक्ष गीता पालुङ्वाले कार्यक्रमको अध्यक्षता गरेकी थिइन भने प्रमुख अतिथ्यामा हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापा मगर थिए । यसैगरि अन्य अतिथिहरुमा समाजका सल्लाहकार ट्ंक नाल्बो, हङकङ नेपाली क्लबका अध्यक्ष श्रीमती रिता गुरुङ, तेह्रथुम मञ्चका अध्यक्ष श्याम इङ्नाम, नेपाली आर्ट्स एण्ड कल्चरका अध्यक्ष नन्द चङ्सु, नेपाली जनसम्पर्क समिति हङकङका अध्यक्ष बसन्त श्रीनेट लगायत याक्थुङ आर्टिस्ट सोसाईटीका रुद्र फोम्बो र याक एण्ड यती रेष्टुरेन्टका सञ्चालक दिल फोम्बो थिए । बिजयी टीम तथा खेलाडीहरुलाई कार्यवाहक अध्यक्ष गीता पालुङ्वा लगायत उपस्थित अतिथिहरुले पुरुस्कार वितरण गरेका थिए । प्रतियोगितामा एम्पायरहरु बिकास गुरुङ, राज कुमार गुरुङ र प्रकाश गुरुङ रहेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %