के मान्छे बसेर खाने जात हो ?

Read Time:8 Minute, 33 Second

वीरबहादुर तमु

मान्छे के हो ? हो हामीले मान्छे भन्ने बित्तिकै चेतनशील प्राणी हौं भनेर बुझन्छौं । हरेकको आत्मा भित्र हरेक किसिमको तरंग उत्पन्न हुन्छ । र त्यो एक किसिमले सबै को आत्मा भित्र सलबलाउन थाल्छ । त्यो तरंगहरु बहुल किसिमको हुन्छ र त्यही नै विचार हो । त्यही बहुल विचारहरु नै लोभ, लालच, मोह, ईष्र्या, पापमा परिणत हुन्छ । अन्तत्वगत्व त्यो पापी विचार व्यवहारमा परिणत हुन्छ, त्यस्तो किन हुन्छ ? ती त्यस्ता व्यवहारहरु अज्ञान्ता र अशिक्षाले र शिक्षित समभ्रान्त व्यक्ति र परिवार बाटै हुन्छ भन्ने होइन कसैबाट हुन सक्छ । समाजमा हरकोईले भोगेका पनि छन् सुनेका र देखेका पनि छौं ।

पङक्तिकार बाल्यावस्थामा छँदा कसैले कसैलाई त्यस्त निकृष्ट बचत भनेको कानले सुनेको छु । अहिले पनि ती बचनहरु मन मष्तिस्क भित्र छ । आज पनि कहिलेकाही कतै हिड्दा डुल्दा त्यही वचनहरु कसैले कसैलाई भनेको सुन्छु । र झस्कन्छु, सोच्छु । मान्छे कति क्रोधी र निकृष्ट हुन्छन् भनेर । त्यो झस्काउने शब्दहरु विभिन्न छन् । त्यस्मध्ये ठेट भाषा मै भन्दा यस्तो छ । “तेरीमा जाँठाहरु तिमीहरुको के छ ? मेरो त पेन्शन छ ।” फलानो सरकारले हामीलाई बसेर खाँ भनेर पेन्शन दिएको छ । यो शब्दको अर्थ बाल्यवस्थामा बुझ्दैनथ्यो । तर पछि बुझियो त्यसको अर्थ लाहुरे (भर्ती) भएपछि युवा अवस्थाको जोश जागर पूर्ण रुपमा खतम भएपछि बुढोअवस्था सुरु भएपछि काम नलाग्ने भएपछि र ती देशहरुमा बगाएको खुन पसिनाको मूल्य एकमुष्ट तिर्न नसकी किस्ता बन्दी हिसाबमा पाउने रकमलाई नै पेन्शन भनिदो रहेछ । त्यही पैसाको रवाफिलो बचनहरु नै रहेछ त्यो शब्द हरु । ती बचन पाउनेहरु निर्धा, गरीबहरु नै बढी हुन्थे ।

यो पङक्तिकार पनि लाहुरे कै छोरो हुँ । तर लाहुरे होइन । लाहुरे हुन गोरखपुर हुँदै सन् १९८४ मा १४ जी.टी.सी. सुबाथु सिमला हिल सम्म पुगे भारत सरकारले पत्याएन लाहुरे भैइएन । तर बाँचेकै छु बाल बच्चा पालेकै छु । शिक्षा दिक्षा दिएकै छु । तर यहाँ भन्न र उठाउन खोजेको कुरा के हो त भन्दा मान्छेको आत्मा भित्रबाट घमण्ड किन सृजना भएर आउँछ भन्ने हो । घमण्डको सृजना पैसा र अशिक्षाले गर्दा हो भन्नुमा अतिसयुक्ति नहोला । हो मान्छे भइसकेपछि धनवान, बलवान, बुद्धिवान सबैमा हुनु पर्छ । तर घमण्ड होइन । “त्यसैले भनिन्छ फलफलेको रुख निहुरीन्छ , नुङ्गछ ।” तर बिडम्बना लाहुरे मात्र होइन अरु घरानीय सम्भ्रान्त परिवारका मुखबाट पनि त्यस्तै निकृष्ट शब्दहरु सुनिन्छ । हामीलाई बसेर खाना पेन्सन दिएको र अरु पैसा वालाहरुे पनि बसेर खाना पुग्छ भनेर बोलेको सुन्दा दया जागेर आउँछ र कठैवरा भन्छु ।

मान्छे बसेर खाने जीव हुँदो हो त खेती पाती किन लगाउनु पथ्र्याे होला ? भोली सबैले बसेरै खाने सपना बोकेर खेती गर्न छाड्यो भने वा त्यस्तै सपनाले ७५ जिल्लालाई पाल्ने क्षमता बोकेको तराईको समथर अन्न भण्डार त्यस्तै पाखण्डी बसी खाने सपनाले गर्दा पलटिङ्गले मरुभुमी बन्दै गइरहेको छन् । पहाडतिर त्यस्तै सपनाले बन्जड र उजाड बाँझो हुँदै गएको छ । अन्न अथवा खाद्य बस्तु कहाँबाट आउँला ? पैसाको बिटा खाएर हुन्छ ? घरलाई चाटेर पेट भरिन्छ ? अरुको देशबाट ल्याएर खाना कतिको सम्भव छ ? ती देशहरुबाट ल्याउँदा सस्तो पर्छकी महंगो ? संसारै जलवायु परिवर्तनको चपेटामा परेका छन् , जलवायु परिवर्तन भनेको के हो ? त्यसले के गर्छ थाहा पाउनुभएको छ ? र बसेर खाने सपना कतिको साकार हुन सक्छ ? र त्यसले के फाईदा गर्छ ? बसेर खाने सम्पत्तिले कति पुस्तालाई पुग्छ ? त्यस्तो संस्कारले मुलुकको समग्र आर्थिक मेरुदण्डलाई कस्तो असर पुर्याउँछ ? हाम्रो शाखा सन्तानहरुको स्वर्णिम भविष्यलाई कस्तो बनाउँछ ? यी यावत प्रश्नहरु सबै अनुरत्तित छन् । बुझ्ने कस्ले ? सोच्ने कस्ले ? उत्तर दिने कस्ले ? जवाफ पाउन गाह्रो छ सपना देख्न सजिलो छ ।

त्यसैले हरकोई व्यक्तिले बसेर खाने सपना देख्नु जायज लाग्न सक्छ । तर त्यो सोचाई न व्यक्तिको हितमा छ न राष्ट्रकै हितमा , कसैको हितमा हुदैन । हामी मानव जातिहरु कहिका पनि बसेर खाना जन्मेका होइनम् । सबै बसेरै खाना जन्मेका हौं भने हामीले खाने सबै साद्यवस्तु आफै उम्रन्थ्यो , खेती गरेर दुःख गर्नै पर्दैन्थ्यो । तर के गर्नु मानछेको सट्टा बसेर खाने जीवहरु गाई, भैसी, बाख्रा, सुंगुर, बंगुर, कुकुर, बिरालो इत्यादी हुन् । मानव जातिहरु त मिहिनेत गरेर खाने प्राणी हुन् । यदि तपाईहरुसँग धन सम्पत्ति छन भने बसेर होइन विभिन्न कृषि, उद्योग, व्यापारहरुमा लगानी गर्नुहोस । आफु लगायत अरुलाई पनि स्वरोजगार दिनुहोस् । जान्नु हुन्न भने जानेकाहरुसँग सिक्नुहोस् । र बुझ्नुभएको छैन भने बुझेका हरु सँग बुझ्नु होस् । यदी ठिकै छ तपाईको जिवन भरी बसेर खानै इच्छा भयो वा अल्छीपना भयो भने पनि अरु निर्धा गरिबहरुलाई रुखो र निकृष्ट वचन नबोलि दिनुहोस् ।

हामी सबै मान्छे भएर मान्छेको जस्तै शभ्य, भाषाको प्रयोग गरौं । माँया, दँया, करुणा, प्रदान गरौं । आफुले जानेको अशल काम, व्यवहारहरु अरुलाई पनि सिकाऔं । आफुभन्दा ठूला लाई आदर गरौं । सानालाई माया गरौं । हामी आदिवासी मूलबासीहरु कति पानीमा छौं बुझौं । बार्षिक रुपमा दिवस मनाउँदाका लागि मात्र त्यो एक दिनका लागि मात्र एकता भएर हुँदैन । सँधैका लागि धनी र गरीवका विभेदरहितको एकताको खाँचो छ । तपाई हामीलाई फुटाउने तत्वहरु धेरै छन् । हामी भित्रै धनी गरीवको खाडल र आफुभन्दा निर्धाहरुलाई हामी आफैले हेर्दैनौं भने अरु कस्ले हेर्छ । र एकताको अर्थ पनि रहदैन । जो जसले जुन क्षेत्रबाट राष्ट्र र आफ्ना जातिका लागि तन, मन, धन, बचनले यो भुमीमा लगानी गरौं हराभरा बनाऔं भन्ने हो । उत्पिडनमा परेका सम्पुर्ण समुदायहरु आर्थिक, भौतिक, नैतिक, शैक्षिक हरेक क्षेत्रबाट जुरुक्क माथी उठौं । हामी बसेर खाने जात होइन ।

तिलोत्तमा १४, रुपन्देही

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %