मगर संघ यु के नेपाली मेलामा पुरस्कृत

Read Time:4 Minute, 39 Second

बम थापा सूर्यवंशी मगर

फोटोः अनिता राना मगर

लण्डन, बेलायत- नेपालीको पहिचान र अस्तित्वलाई संरक्षण र सहकार्य अभिवृद्धि गर्नको लागि तमुधिंले २४ अगस्त २०१४ को दिनमा नेपाली मेलाको आयोजना गरेको थियो । नेपाली मेला हामी सबै नेपालीको सांझा चौतारी र एकताको प्रतिक भएकोले बेलायत अधिराज्य भरिका ४२ वटा संघ सस्थाहरु आवद्ध रहेको यो नेपाली मेलामा मगर संघ यु के को पनि झाँकी र मगराँत झल्काउने अति लोक प्रिय नांच कौडाको प्रस्तुति रहेको थियो जस्मा तेस्रो स्थानमा पुरस्कृत भएको छ ।

मगर संघ यु के ले बुद्ध पुर्णिमाको अवसरमा निम्तो गरिएको श्रद्धेय भन्ते भिक्षु मगरज्यू र बुद्ध नेपाली ओपन कन्सर्टको अवसरमा निम्तो गरिएका कलाकारहरु अमृता लुन्गेली मगर र दिप सागर थापामगरहरुको पनि सहभागिता रहेको थियो ।

मगरहरु बहुसास्कृतिकको धनी भएकोले परम्परागत मगर जतिको नांच सोरठी भुम्या, घाटु, झ्याउरे, कौडा, सबैमा छुटै सास्कृतिक विशेषता रहेको छ । मगर संघ यु के का सास्कृतिक सचिव अनिता राना मगर र संघका उपाधक्ष्य एव मगर युवाका संयोजक नेम थापा मगरको बिशेष पहलमा मगराँत झल्काउने अति नै उत्कृष्ट र मनमोहक खालको कौडा मगर युवती हरुको प्रस्तुति रह्यो । जसको गीतको बोल थियो (लाइफ कौडा) हाम्रो भाषा, हाम्रो भेष हाम्रो आफनै ससंस्कार ! मगर संघ यु के ले सबैलाई गर्छ नमस्कार !! यो लाइफ कौडामा ६ जना नानीहरुको नांचमा हजारौ दर्शकहरु झुमी रहेका थिए । सायद नेपाली मेलामा बेलायतको भूमिमा यसरि लाइफ कौडा नाच देखाएको पहिलो पल्ट नै होला ।

मगर जाति आदिवासी जनजाती मध्यको एक जाति हो । सस्थाको हिसाबले नेपालमा ठूलो रहेको छ त्यस्तै बेलायतमा पनि ४० हजार मगरहरु बसोवास गर्छन भन्ने मगर बुद्धिजीवीहरुको भनाइ रहेको छ । नेपालमा मगरहरुको बसाइको भौगोलिक कारणले गर्दा हामी बहुभाषिक, बहुभेषभुषाका धनी छौ । नेपाली मेलामा अठार मगराँत र बाह्र मगराँत सबै मगरहरु एक भएर आफ्नो(आफ्नो मौलिक भेष(भूषामा सजिएर गएका थिए । मगरहरुको ७०० भन्दा बढी थर छन् ति मध्य पुन, थापा, सूर्यवंशी, राना, रोका, आले, गलामी, दर्लामी, खपांगी, बुढाथोकी, सारु इत्यादी मगरहरुको थर नेपाली मेलामा सहभागिता रह्यो । इतिहास साक्षि छ हाम्रो मगर हरुको थर ठूलो सानो अथवा बिशेष नभएर सबै मगरका थरहरु समान हुन् । एक मगरले अर्को मगरलाई सम्मान गरौ । हामी मगर एक हौ । स्मरण रहोस श्री हेम बहादुर पुनमगरको नेतृत्वमा प्रथम महाधिवेसन २०३९ फागुन १५/१६ मा दमौली तनहुँ स्थलमा भएको थियो । त्यस्तै जातीय एकताको परिकल्पना गरेर सन् २००२ मा श्री थर्क राना मगरको अध्क्ष्यतामा मगर संघ यु के को स्थापना भयो । बेलायत भरि छरिएर रहेका मगरहरुलाई गोलबन्द गरि आफ्नो भाषा चाडपर्ब, रितिरिवाज सस्कृतिको जगेर्ना साथै बेलायतका भाबी सन्तति लाई सचेत बनाउनु हो ।

मगर संघ यु के को यस नेपाली मेला को सहभागिताले तमु धी संग नजिकको सम्पर्क स्थापित र सुमधुर कायम रहने छ भने हामी बिश्वस्त छौ । मगरको भाषा धर्म सस्कृति र पहिचानको मुद्धा उठाउदै गरेको हाम्रो वर्तमान अवस्थामा मगर जातिको अस्तित्व बेलायती भूमिमा पनि मगर छौ है भनेर ४२ वटा संघ सस्था हरुको अगाडी हाम्रो कला, सस्कृति र मगरको पहिचान देखाउन सफल भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %