पार्टी भित्रको बहसले नया क्रान्ती जन्माउँदैछ ।
देब पचभैया
पाल्पा, भाद्र ९ – नेकपा माओबादीका अध्यक्ष मोहन बैद्ध किरणले पार्टी भित्र भएको बिचारको बहसले नया क्रान्ती जन्माउने बताएका छन् । माओबादी भित्रको बिवाद अरु पार्टीको जस्तो पदको नभएकाले यो बिबादले नया दिशाको बाटो तय हुने उनको भनाई छ ।
क्रान्तीकारी पत्रकार महासंघ पाल्पाले आज बिहान तानसेन धरमपानीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पार्टी भित्रको बिचारको बहसले पार्टीलाई थप क्रान्तीकारी बनाउने र जनअपेक्षा अनुसार अघि बढ्न थप प्रेरित गर्ने बताए । नेकपा माओबादीलाई बाहिर राखेर निर्माण हुन लागेको संबिधानले जनभावना समेट्न नसक्ने भन्दै उनले अहिलेकै अवस्थामा माघ ८ भित्र संबिधान जारी हुन नसक्ने ठोकुवा गरे ।
यथास्थितबादी र पश्चगामीशक्तिहरुको बर्चश्वमा आउन लागेको संबिधान माओबादीलाई मान्य छैन, उनले भने सर्बपक्षिय राजनितिक सभाले संबिधानको टुंगो लगाउनुपर्छ । एमाओबादी संग कार्यगत एकता गर्ने सहमति भएपनि उसले सहमतिलाई ब्यवहारमा लागु नगरेकाले उनको आरोप छ ।
संयुक्त बिज्ञप्ती निकाल्ने, एउटै सभामा कार्यक्रम गर्ने लगाएतका कुराहरुमा सहमति भएपनि त्यो अनुसार काम नभएको उनको भनाई छ । एमाओबादी संग ६ बुदे प्रस्ताब राखेको तर उनीहरुले कुनैपनि जवाफ नदिएको अध्यक्ष बैद्धले जानकारी दिए । अहिलेकै अवस्थामा पार्टी एकता सोच्न पनि नसकिने भन्दै उनले उनीहरुले बिभिन्न चरणमा आएर गरेको गल्ती सच्याएमा एकताको बारेमा सोच्न सकिने बताए । सरकार र राजनैतिक दलहरुले आफुहरुको मागलाई बेवास्ता गरेको भन्दै उनले जनताको साथ लिएर नया क्रान्ती गर्ने बताए ।
प्रचण्ड , बाबुरामले झुकाएको क्रान्तीको झण्डालाई आफुहरुले उठाएकाले यो मुद्धामा आम नेपालीहरुको साथ आफ्नो पार्टीलाई भएको उनको भनाई थियो ।