लन्डन । बेलायतवासी मगर जातीको प्रतिनिधित्व गर्ने संस्था मगर संघ यूके आफ्नै भवन खरिद गर्न सफल भएको छ । डेढ वर्षको अथक प्रयासपछि संघले करिब तीन लाख ५० हजार पाउण्डमा घर खरिद गरेको हो । घर ७० कोभ रोड फ्लिटमा अवस्थित छ ।
हाउजिङ कमिटीका सदस्य एवं संघका सल्लाहकार योगकुमार फगामीका अनुसार, उक्त घरमा संघको कार्यालय रहनेछ भने मगर जाती सम्वन्धि धार्मिक कर्मकाण्डका लागि कार्यक्रम गर्न सकिने व्यवस्था छ । अब केही मर्मत गरि छिट्टै घर प्रयोगमा आउने बताइएको छ ।
घर किन्न सबै मगर जातीको पहल थियो । हाउजिङ कमिटी कोअर्डिनेटर एवं संघका उपाध्यक्ष राजन राना, सदस्यहरु जगत थापा, दलमान पुन, योगकुमार फगामी, घन थापा, संघका अध्यक्ष दूत पुन लगायत संघका समस्त पदाधिकारी, ट्रष्टीहरु, आजीवन सदस्यहरु, सदस्य र मगर समुदायबाटै चन्दा संकलन गरि घर किनिएको हो ।
हाउजिङ कमिटीले सबै चन्दादाताप्रति आभार समेत व्यक्त गर्दै आफ्नो महत्वकांक्षी योजना सफल भएकामा प्रसन्नता व्यक्त गरेको छ ।
– See more at: http://wenepali.com/2014/08/828.html#sthash.ieq6T8wb.Blcf4BfY.dpuf
नरेस खपाँगी मगर
लन्डन , बेलायतवासी मगर जातीको प्रतिनिधित्व गर्ने संस्था मगर संघ यूकेले आफ्नै भवन खरिद गर्न सफल भएको छ । डेढ वर्षको अथक प्रयासपछि संघले करिब तीन लाख ५० हजार पाउण्ड (नेपाली रुपिया ५ करोड ६० लाख)मा घर खरिद गरेको हो । घर बेलायतको ७० कोभ रोड फ्लिट,Hampshire county Council स्थित Farnborough भन्ने ठाउमा मगर संघ युकेले भवन खरिद गरेका छ ।
मगर संघ युकेले उक्त भवन खरिद गरेर ऐतिहासिक काम गरेको साथै जुन कामले गर्दा युकेवासी मगरहरुलाई एकताको शुत्रमा बाड्ने काम गरेको र संसार भरि छरिएर बसेका मगर तथा गैर मगरहरुलाई गर्व गर्न मिल्ने बिषय बनेको दाबी, मगर संघ युकेका अध्यक्ष दुत पुन मगरले बताएका छन ।
साथै अध्यक्ष पुन मगरले, मगर संघ युकेको ट्रष्टी तथा आजीवन सदस्यता लिएर भवन खरिदमा सहयोग गर्ने सदस्यहरु, भवन खरिद गर्दा अपुग रकम ऋण स्वरुप रकम प्रदान गर्ने महानुभाबहरु, मगर संघ युकेका शाखा समितिहरु, र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई धन्यवाद समेत दिएका छन ।
हाउजिङ कमिटीका सदस्य एवं संघका सल्लाहकार योगकुमार फगामीका अनुसार, उक्त घरमा संघको कार्यालय रहनेछ भने मगर जाती सम्वन्धि धार्मिक कर्मकाण्डका लागि कार्यक्रम गर्न सकिने व्यवस्था गरिने छ । अब केही मर्मत गरि छिट्टै घर प्रयोगमा आउने फगामिले बताइए ।
घर किन्न सबै मगर जातीको पहल थियो । हाउजिङ कमिटी कोअर्डिनेटर एवं संघका उपाध्यक्ष राजन राना, सदस्यहरु जगत थापा, दलमान पुन, योगकुमार फगामी, घन थापा, संघका अध्यक्ष दूत पुन लगायत संघका समस्त पदाधिकारी, ट्रष्टीहरु, आजीवन सदस्यहरु, सदस्य र मगर समुदायबाटै चन्दा संकलन गरि घर किनिएको हो ।
हाउजिङ कमिटीले सबै चन्दादाताप्रति आभार समेत व्यक्त गर्दै आफ्नो महत्वकांक्षी योजना सफल भएकामा प्रसन्नता व्यक्त गरेको छ ।
यस्तै मगर संघ हङकङले पनि केहि महिना अगाडि आफ्नै भवन खरिद गर्न सफल भएको छ । यसरि बिदेशमा मगर संघ खडा गरेर आफ्नै भवन किनेर कार्यलय सन्चालन गर्ने मध्ये मगर संघ हङकङ पछि यूके मगर संघ दोष्रोमा पर्दछ ।