एक लाख ससस्त्र दस्ता बनाउन वाध्य नपारियोस !

Read Time:4 Minute, 18 Second

हुम सुनारी मगर

नेपाल देश बाहुनहरुको मात्रै हो ? के नेपाल हिन्दुहरुको मात्रै हो ? खोइ कहाँ आयो नेपालमा वास्तविक प्रजातन्त्र ? गोर्खाका ल्हाक्पा तामाङलाई गोरुको मासु खाएको अभियोगमा नेपालको सुरक्षाकर्मीले गोली ठोकेर हत्या गरियो ।

(गोर्खाका मृर्तक ७० बर्षिय ल्हाक्पा तामाङ)

 

खोइ, कुन कानूनमा लेखेको छ, गोरुको मासु खानेलाई गोली ठोक भनेर आदेश दिने ? यो पहिलो घटना होइन । यो भन्दा अगाडी यस्ता घटनाहरु निरन्तर भैरहेको छ । बिगतमा गोली ठोकेर नमारिएको मात्रै हो । गोरुको मासु खानेहरुलाई एकात्मक हिन्दु अतिवादी राज्यसत्ताले अमानवीय रुपमा यातनाहरु दिइरहेकै थियो । बाहुनवाद राज्यसत्ता मौन बस्दै छ । अतिहिन्दुवादी राज्यसत्ता अव के चाहन्छ? मूलुकमा विध्वंश कि शान्ति र अमनचयन ?

“धर्म निरपक्ष” भनेको के हो ? मूल कानून, नेपालको अन्तरिम संबिधान २०६३ मा नेपाल धर्म निरपक्ष राज्य भनेर किन लेखिएको ? त्यो कसलाई रिझाउन लेखिएको थियो ? नेपालको मूल कानून, संबिधानसंग बाझिने गौ हत्या सम्बन्धि ऐन कानुन कसले बनाएको हो ? मूल कानून संबिधानसँग बाझिने नियम कानून पनि कहीं बन्छ/हुन्छ ? कुन मूलुकमा छ यस्तो प्रावधान मूल कानून संबिधान र नियम कानून बाझिएको व्यवस्था ?

कागजमा सिमित राख्न खोजिएको हो त्यो, धर्म निरपक्ष ? मूल कानूनमा लेखिएको धर्म निरपक्षलाई अक्षरस पालन नगर्ने हो भने अन्तरिम संबिधानलाई (Legislative) बाटै पूर्ण बहुमतले धर्म निरपक्ष अबिलम्ब हटाइयोस् र पुन: नेपाल हिन्दु राज्य भनेर कायम गरियोस् । यसो गर्न पूर्ण बहुमत पुग्छ पनि । त्यस पछि डेढ करोड नेपाली जनताले के गर्ने गरौंला । २४० बर्ष सम्म बहुसंख्यक नेपाली उत्पीडित समुदायहरु चुप लागि सहेर बसेकै हो । पुन: हिन्दु धर्म सापेक्ष भनि संबिधानमा संसोधन गरिए कि त चुप लागेर सहेरै बसौंला कि त मुक्तिको लागि दुई मुठी सास रहेसम्म समाबेशिता, समानता र विभेदरहित सम्मुन्नत राष्ट्रको लागि लडौंला । के वास्तविक प्रजातन्त्रको लागि अन्तिम पटक ससस्त्र संघर्ष गर्न वाध्य बनाइएकै हो त अतिहिन्दुवादी राज्यसत्ताले ?

पहिचान सहितको सङ्घीयता, सङ्घीयता सहितको संबिधान स्थापित गर्न र अतिहिन्दुवादी क्रियाकलापलाई ध्वस्त पारि समाबेशिता र समानताको नीति लागु गर्नु गराउन कम्तिमा एक लाख ससस्त्र दस्ता खडा गर्नु पर्यो, तुरुन्तै ।  सोझो औंलाले घ्यूँ आउंदैन । अलिकति औंला बाङ्गो गर्ने कि ! तपाईहरुले यो कार्य गर्न आँट नगरे अरु कसैले अवश्य गर्नेछन् र साथ् दिनेछन् डेढ करोड उत्पीडित र उपेक्षित नेपाली जनताले ।  कति सम्म सहँदै आउँने उत्पीडित जनताले । 

अझ पनि सहेरै बस्यौं भने भोलि हजारौं ल्हाक्पा तामांगहरु यसरीनै मारिरहने छन् र डेढ करोड जनता आफै उठ्नेछन् अतिहिन्दुवादी राज्यसत्ताको बिरुद्धमा प्रतिकार गर्न ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %