गोरू कान्डमा गोली लागेका घाईते तामाङको निधन – प्रेस-बिज्ञप्ति सहित

Read Time:2 Minute, 26 Second

आङकाजि शेर्पा किशान

काठमाण्डौ  ,२ भदौ २०७१ – गोर्खाका ७० वर्षिय ल्हाक्पा तामाङकको अाज बीर हस्पिटलमा उपचारको क्रममा निधन भएकोछ ।

 

उनिलाइ  साउन २९ गते गोर्खाको  सिमजुङको सिरानडाँडामा प्रहरीले गोली ठोकि घाइते बनाएको थियो । गाउँमा गोरु काटेर खाएको भन्दै चौकीमा उजूरी परेपछि गोरु काटेकै स्थानमा प्रहरि पुगेर स्थानीय र प्रहरि बिच होहल्ला भएको ठाउँमा कुरा मिलाउन  ल्हाक्पा तामाङ पुगेका थिए ।   प्रहरिले चलाएको पहिलो गोलिले ल्हाक्पालाई ढाँलि सके पछि दोस्रो र तेस्रो गोली आकासमा हवाइ फायर गरेको थियो ।

घाइतेको भच्चेक स्वास्थ्य चौकीमा प्राथमिक उपचार पछि काठमाण्डौ बिर हस्पिटलमा रिफर गरि अाकस्मिक कक्षमा उपचार भैरहेको थियो ।

आफै उठेर शौचालय जान सक्ने ल्हाक्पा तामाङ २०७१ भदौ २ गते बीर हस्पिटलमा एकासी बेहोस भै आई सि युमा केहि घण्टा राखे पछि निधन भएको थियो ।

उनको निधन हुनासाथ नेपाल आदिवासी जनजाति महासंघ, नेपाल तमाङ घेदुङ, मृतकका छोराहरु र विभिन्न राजनीतिक दलको प्रतिनिधत्व भएको आकस्मिक बैठकले निम्न निर्णयहरु गरि सरकार संग माग राख्दै प्रेस बिज्ञप्ति जारि गरेको छ ।

 

(१)गोली हान्ने आदेश दिन प्रशासन र गाली हान्ने प्रहरीलाई तत्काल निलम्बन गरि करवाही गर्नु पर्ने ।

(२) मृतकका आफन्तलाई उचित छतिपूर्ति दिनु पर्ने ।

(३) मृतकको शवलाई हेलिकप्टरद्वारा गाउँमा पु–याउनु पर्ने ।

(४) धर्मनिरपेक्ष राज्यसंग बाझिएको गौ हत्या सम्बन्धि सम्पूर्ण ऐन कानुन खारेज गर्नु पर्ने ।

यी माथीका मागहरु सम्बोधन नभएसम्म मृतकको शव नबुझन् र पोष्टमार्टम पनि गर्न नदिने ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %