इजरायलमा २० औ विश्व आदिवासी दिवस सम्पन्न

Read Time:8 Minute, 0 Second

माया घले मगर / इजरायल

तेलअविव,१५ अगस्ट २०१४ – नेपाल आदिवासी जनजाति महांसघ,इजरायलको आयोजनमा २० औ विश्व आदिवासी दिवस कार्यकम  भव्यताको साथ सम्पन्न भएको छ ।

 

नेपाल आदिवासी जनजाति महांसघ,इजरायलका उपाध्यक्ष भुपेन्द्र गुरुङको संयोजकत्वमा भएको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष सुन्दर सिंह लामा तामाङ र संस्थाका उपाध्यक्ष श्रीमती दीपा लिम्बुले  सहभागी अतिथिहरुको लागि स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संस्थाका महासचिव डोमा शेर्पा र कार्यकारिणी सदस्य नयन इमसोङ्ग लिम्बुले कुशलतापुर्बक संचालन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुतावास,इजरायलका राजदुत प्रल्हाद कुमार प्रसाई , विशिष्ट अतिथ्यामा नेपालबाट आमन्त्रित संघीय लिम्बुवान राज्य परिषद पार्टीका अध्यक्ष कुमार लिङदेन ‘मिराक’ थिए ।

बिशेष अतिथिहरुमा नेपाली राजदुतावास,इजरायलका काउन्सिलर तथा उपनियोग प्रमुख खड्क प्रसाद दाहाल,संघीय समाज, इजरायलका अध्यक्ष छिरिङ शेर्पा,एनआरएन,इजरायलका प्रतिनिधि महासचिव तिर्थ गौतम लगाएत अतिथिहरुमा महामहिम राजदुत पत्नी सीता प्रसाई लगायत इजरायलमा अवस्थित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि र इजरायलमा रहेका अनलाइन मिडियाका पत्रकार तथा प्रतिनिधिहरु रहेका थिए ।

 

कार्यक्रमका सभापति , प्रमुख अतिथि र विशिष्ट अतिथिले  सयुक्त रुपमा दिप प्रज्जवलन गरी कार्यक्रमको उत्घाटन गरेका थिए । कार्यक्रम उत्घाटन पाश्चात् नेपाली राष्ट्रित गीत र आदिवासी जनजाति समुदायको राष्ट्रित गीत क्रमश बजाउदै कार्यक्रमको सुरुवात गरिएको थियो । तत्पाश्चात् नेपालका राष्ट्रिय कलाकार चर्चित नायक श्रीकृष्ण श्रेष्ठ , हालसालै दैवीप्रकोप तथा बाढीपहिरोबाट मृत्यु भएकाहरु र रोजगारको शिलशिलामा इजरायलमा मृत्यु भएका कार्यरत नेपाली कामदारहरुको चिर आत्मा-शान्तिको कामना गर्दै उपस्थित सबैजना उभिएर १ मिनेट ‘मौनधारण’ प्रकट गरेका थिए ।

मन्तव्यको क्रममा कार्यक्रम संयोजक भुपेन्द्र गुरुङले विश्व आदिवासी दिवस बारे छोटकरीमा ब्याख्य गर्दै कार्यक्रमबाट सहभागीहरुले केहि सिक्ने र जान्ने मौका प्राप्त हुने बताएका थिए । कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ,इजरायल र नेपाल मगर समाज,इजरायल द्वारा संस्थागत रुपमा नेपालबाट आमन्त्रित विशिष्ट अतिथि संघीय लिम्बुवान राज्य परिषद नेपालका अध्यक्ष कुमार लिङदेन लिम्बु ‘मिराक’लाई सम्मान गरिएको थियो । सथै महामहिम राजदुत प्रल्हाद कुमार प्रसाई मार्फत “सम्मान-पत्र” हस्तान्तरण गरिएको थियो ।  

  

विशिष्ट अतिथि  कुमार लिङदेन ‘मिराक’ले कार्यक्रम लाइ सम्बोधन गर्दै २० औ आदिवासी दिवसको अवसरमा शुभकामना मन्तब्य दिने क्रममा पहिचान सहितको संघियताका साथ आ-आफ्नो धर्म,भाषा,लिपी,संस्कृतिको संरक्षण र हक अधिकार प्राप्तिको लागि निरन्तर लागि रहने र अब बिगतमा भए गरेका जस्तो कुनै किसिमको सम्झौता नगरी अन्तिम निर्णयको लागि आन्दोलन गर्ने बताएका थिए । उनले भने पहिचान पक्षधर समुह भित्र रहेका विभिन्न पार्टीहरु भर्खरै ५ वटा लिम्बुवान पार्टीहरु एकता भएर ‘संघीय लिम्बुवान पार्टी’ गठन भए झैँ एकता हुनुपर्ने धारणा व्यक्त गरेका थिए । साथै उनले भने वास्तविक एनआरएन भनेको प्रथम / द्धितीय विश्व युद्ध लडेर नेपाललाई विश्वसामु चिनाउदै हङ्कङ् , बेलायत,मलेसिया,सिंगापुर र ब्रुनाईमा स्थायी बसोवास गर्ने नेपाली आदिवासी जनजाति बीर गोर्खाली योद्धाहरु हुन् भनेका थिए ।

 कार्यक्रमका प्रमुख अतिथि प्रसाईले २० औ विश्व आदिवासी दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै संसार भरी मनाउने विश्व आदिवासी दिवस इजरायलमा बिगत ३ बर्ष देखि नेपाल आदिवासी जनजाति महासंघले लगातार मनाउदै आईरहेकोमा आदिवासी जनजाति समुदायको हक अधिकार र सचेतना बारे कार्यक्रम स्वागत योग्य रहेकोबताएका थिए । साथै कार्यक्रममा राजदुत प्रालद कुमार प्रासाइ, सँघिय समाज बादी इजराइलका अध्यक्ष् छिरिङ लामा शेर्पा तथा नेपाल आदिवासी जनजाति महासंघ इजरायलका पदाधिकारीदहरू बाट आङकाजी शेर्पा किसान द्वारा लिखित पहिचान र सङ्घीयताबारे पुस्तिक लोकापर्ण तथा वितरण समेत गरिएको थियो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ,इजरायलमा आवाद्ध जातिय संस्थाहरुले आ-आफ्नो भाषा तथा संस्कृति झल्कने झाँकी सहितको नाँचगान प्रस्तुत गरेका थिए । सोहि कार्यक्रममा इजरायलको भूमिबाट आदिवासी जनजाति समुदायका हितमा महत्वपुर्ण योगदान पुर्याउदै आएका महानुभावहरु तथा मिडियाकर्मीहरुलाई “कदर पत्र” द्वारा सम्मान पनि गरिएको थियो ।

उपस्थित अतिथि पाहुनाहरुको लागि दलबहादुर तामाङ र धावा शेर्पाले जुश तथा खानेपानी नि:शुल्क उपलब्ध गराएका थिए । अन्तमा कार्यक्रमको सभापति सुन्दर सिंह लामा तामाङले विश्व भर फैलीएर बसेको सम्पूर्ण नेपाली आदिवासी जनजातिहरु “पहिचान सहितको संघियता , संघियता सहितको संविधान” प्राप्ति संगै आ-आफ्नो हक र अधिकार सुनिश्चितको लागि एकता हुनुपर्ने बताएका थिए ।साथै कार्यक्रमलाई सफल पार्न उपस्थित सम्पूर्ण महानुभावहरु,मिडियाकर्मीहरु र प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सबैलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम बिसर्जन भएको घोषणगरेका थिए ।

(माया घले मगर मगर संघ इजरायलका महासचिब हुन्)

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %