६ लाख आबश्यक मा ढेड लाख मात्रै उठ्यो
देब पचभैया
पाल्पा, श्रावण २८ – बराङ्गदी ५ सापाखुम पाल्पाकी ३८ बर्षिया मुटुरोगी लक्ष्मी कुमारी पांडे मगरलाई आर्थिक सहयोग प्राप्त भएको छ । कैलाशनगर बसन्तपुरमा रहेको मगर कल्याण समिति तानसेन पाल्पाले बुधबार एक कार्यक्रमको आयोजना गरी मुटुरोगी पाडेलाई १८ हजार ३ सय ३५ रुपिया प्रदान गरेको हो ।
समाजका अध्यक्ष हरीबहादुर बरहीले मुटुरोगी लक्ष्मी लाई सहयोग रकम हस्तान्तण गरे । समुहमा रहेका प्रत्येक घर बाट रकम उठाएर सहयोग गरेको उनले जानकारी दिए । कैलाशनगर स्थित जिल्ला बालकल्याण समितिको बैठक कक्षमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै मुटुरोगी लक्ष्मी पाडेले आफुलाई सहयोग गर्ने सबैलाई धन्यबाद दिए ।
बैशाखमै मुटुको अप्रेशन गर्न डाक्टरले भनेपनि रकम अभाबमा उपचार हुन नसकेको उनले जानकारी दिए । उपचारको लागी अस्पतालले तत्काल ६ लाख आबश्यक हुने बताएपनि अहिले सम्म एक लाख ३१ हजार ३० रुपिया उठेको लक्ष्मीका आमा तिल कुमारी पाडेले जानकारी दिए ।
आफु ६० बर्ष नाघेको भन्दै उनले छोरीको उपचारमा सहयोग गरिदिनुहुन सबैलाई आग्रह गरेका छन् । कार्यक्रममा कैलाश बसन्त पुर मगर कल्याण समितिका पुर्ब अध्यक्ष खड्ग बहादुर थापा, पुर्ब सचिब बल बहादुर राना, सदस्य ठानी माया सोमै, श्रीनगर एफ,एमका स्टेशन म्यानेजर देब पचभैया, रेडियो मुक्तिनाथ एफ,एमका मिलन बिक लगाएतले बोलेका थिए ।
समुहका सचिब दलबहादुर रास्कोटीले कार्यक्रमको संचालन गरेका थिए । लक्ष्मी पाडेलाई २०५५ सालमा मुटुको रोग देखापरेको थियो । आम्दानीको स्रोत केही नभएकाले उहालाई गाउले र छिमेकीहरुले चन्दा उठाएर उपचारको लागी काठमाण्डौ पठाएका थिए । बिर अस्पतालमा अप्रेसन गरी मुटुको भल्ब नली काटेर बनाएको र रोग बल्झिएपछि ६२ सालमा मुटुको भल्ब नलीको अप्रेसन गरी दुई वटा भल्ब खोलेर गंगालाल अस्पतालमा बनाईएको उनले बताए ।