कमल चौधरी
बुटवल , नेपाल आदिवासी जनजाति पत्रकार महासंघ रुपन्देहीका निवार्तमान उपाध्यक्ष हिक्मत चौधरी स्व. देवबहादुर पाटामगर पत्रकारीता पुरस्कार बाट सम्मानीत भएका छन् । स्व.पत्रकार पाटा मगर केहि बर्ष अगाडी मोटरसाइकल दुर्धटनामा मृत्यु भएको थियो ।
विगत एक दशक देखि मिडिया क्षेत्रमा निरन्तर आदिवासी जनजातिहरुका हक अधिकारहको विषयमा शसक्त रुपमा कलम चलाउदै आइरहेका पत्रकार चौधरी लाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीले आफ्नो १५ औं स्थापना दिवसको अवसरमा मंगलबार प्रमाण पत्र तथा नगद पाँच हजार सहित सम्मान गरेको हो ।
विगतका बर्षहरुमा जस्तै फोनिज रुपन्देहीका संस्थापक अध्यक्ष स्व. देवबहादुर पाटामगरको सम्झनामा उत्कृष्ट पत्रकारीता पुरस्कार प्रदान गर्दै आइरहेको छ । चौधरी वि.स.२०१६ सालमा बाबा राम प्रसाद चौधरी र आमा सिवरानि चौधरीको कोखबाट रुपन्देही जिल्ला तिलोत्तमा नगरपलिका वाड–६ कैलस पठ मणिग्राममा जन्मिएका हुन् । त्यस्तै विभिन्न समाजिक संघसस्थामा उनी कार्यरत छन् ।
उनले वि. स. २०५९ साल देखि मिडिया क्षेत्रमा प्रवेश गरेका हुन् । र उनी रेडियो लुम्बिनीमा कार्यरत छन् । हाल उनी इक्युल एक्सेस नेपाल ललितपुर झम्सीखोलामा मिडियामानै अवद्ध भएर कार्यरत छन् । उनले आफूले पत्रकारीता क्षेत्रमा निकैनै संघर्ष गर्नु परेको भन्दै पहिले आदिवासी जनजातिहरु मिडिया क्षेत्रमा काम गर्नु भनेको निकै चुनौति रहेको बताए ।
उनले आहिले पनि आदिवासी पत्रकारहरुलाई केही मात्रमा सहज भएपनि ठुल–ठुला मिडिया हाउसमा आदिवासी जनजाति पत्रकारहरुको संलग्न नभएको कारणले आदिवासी जनजातिको मुद्दाहरु उठ्न नसकेको बताए । उनले भने –“जुन रुपमा नेपाल आदिवासी जनजाति महासंघ फोनिज रुपन्देहीले मलाई सम्मान गरेको छ । यसले मलाई आझ जिम्मेवारी र दायित्व थापिएको छ ।”
उनले अब आदीवासी जनजाति, उत्पीडित, समुदायको हक अधिकार र मुद्दाहरु मिडियामा उठाउन दत्तचित्त भएर लाग्ने बताए ।