प्रम मोदीको नेपाल भ्रमणले देखाएको राजनीतिक भविष्य

Read Time:9 Minute, 44 Second

–नन्दवहादुर घर्तीमगर

   

गत मे महिना सम्पन्न भारतीय लोकसभाको जनादेश भारतीय जनता पार्टीको पोल्टामा प–यो । सरकारको नेतृत्व प्रभावशाली नेता नरेन्द्र मोदीलाई भाजपाले दियो । भारतीय राजनीतिमा प्रधानमन्त्री मोदी अन्तरराष्ट्रिय स्तरमा प्रजातान्त्रिक राष्ट्रवादी नेताको रुपमा स्थापित हुदैगए ।

प्रम मोदीको २ दिने नेपाल भ्रमण यहि साउन १८ र १९ गते भयो । प्रम मोदीको विचारधारातमक भाषण संविधान सभाको हलवाट प्रवाहित भयो । मोदीले ऋषिमुनिले वेद निर्माण गरेको कुरा उठाए । मानव मुक्तिको मध्यमार्गी वाटो तय गरी विश्वलाई अचम्मित पार्ने भगवान वुद्ध र उनको जन्म नेपाल भएको प्रशंग पनि उठाए । तिनै ऋषिमुनि र वुद्धले पूर्वीय दर्शन छोडेर गएका र ती दर्शनको प्रकाशमा हजारौं वर्षदेखि जीवन निर्वाह गर्दैआएको कुरालाई आत्मसात गरे, मोदीले । पूर्वीय दर्शनमा गहिरो रुचि राख्ने राजनीतिक दर्शनशास्त्रीहरुले ऋषिमुनिको ज्ञानको संग्रह वेद हो र यो हिन्दु धर्मभन्दा माथि भएको विश्लेषण गर्दछन् । तर, हिन्दु समाजले वेदलाई हिन्दुको पेवा वनाएका छन् । वेद हिन्दुभन्दा माथि हो भने यो सवैको लागि साझा वस्तु वन्नसक्छ । अध्ययन गर्दै जादा थाहा हुने कुरा हो । भविष्यको अध्ययनले फैसला गर्ला । मोदीको विचारले ढुक्कसाथ भन्छ भारत लगायत एशिया जनताको सुरक्षित भविष्य र समृद्धि पूर्वीय दर्शनको प्रकासमा मात्र अन्तरनिहित छ । उनको यो विचार धाराको अन्तरवस्तु के होभने भारत लगायत सिंगो एशियावाट पश्चिमा प्रभाव मुक्त गरिनुपर्ने ।   

युद्धपछि शान्तिको खोजीमा निस्कनु भएका सम्राट अशोक वुद्धको शरणमा गएको दृष्टान्त प्रम मोदीले भाषणमा भने । यो प्रशंग एमाओवादीको उदाहरण दिए पनि वास्तविकता त्यो होइन । भारतमा अनेकन प्रकृतिका सशस्त्र आन्दोलनकारीहरुलाई सम्वोधन गर्न एमाओवादीलाई उपयोग गरेको हुनुपर्छ । हिन्दुवादी दल भनेर भाजपाले आरोप खेपिरहेको सन्दर्भमा धर्मको आडमा होइन विचारको वलले देश र जनतालाई समृद्धि गर्ने अठोट लिएको विश्वलाई सुझाएको हुनुपर्छ ।  

प्रम मोदी भन्छन्, ‘नेपाल एक सार्वभौम राष्ट हो । नेपाल सार्वभौम राष्ट्र हिमाल जतिको उचाई प्राप्त गरोस् ।’ विश्वलाई सुनाउन नेपाल स्वतन्त्र देश हो भन्ने मात्र औपचारिक भनाई नहुन सक्छ, उनको । भारतको भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्न छिमेकी मुलुकप्रति विस्तारवादी नीति होइन पारस्परिक परनिर्भरताको जगमा छिमेकी मुलुकमा हात अगाडि बढाउनुपर्ने निश्कर्ष आएको हुनुपर्छ । उत्तरतिरको हाम्रो छिमेकी मुलुक चीनको पनि विगतदेखि यहि निश्कर्ष रहिआएको थियो । छिमेकी साना मुलुकप्रति चीन र भारतको साझा दृष्टिकोण वन्दैगएको हुनुपर्छ । यो साझा दृष्टिकोणले नेपालमा त्रिदेशीय साझा लगानी प्रवद्र्धन गर्न ढोका खुल्ने निश्चित छ । हुन त चिनियाँ निजी संचार माध्यमहरुमा नेपालमा चिनियाँ उपस्थिति भारतले विस्थापन गर्न खोजेको आरोप लगाएको देखिन्छ ।

“हिन्दुस्तानले कुनै लडाई जितेको छैन, जुन जितका साथ नेपालीको रगत नवगेको होस् जहाँ नेपाली सहादत नदिएको होस् । भारतको स्वाभिमान र रक्षाको लागि नेपालको ‘वहादुर’ मर्नको लागि पछि हटेनन् ।” यो थियो मोदीको भाषणको एक गुदी कुरा । संसारको युद्धमा वहादुर देखाउने नेपालका जनजाति हुन्, वाहुन होइनन् । वाहुन सत्तामा वसेर सुख भोग गर्ने तर, नेपालका जनजाति सत्ता वाहिर रहेर सामाजिक, आर्थिक पीडाले छटपटिरहने । नेपालका वहादुरहरुलाई पनि सत्तामा सामेल नगराउने होभने सिंगो देश र वाहुनको समृद्धिको कल्पना गर्न सकिदैन । यी कुरा प्रम मोदीलाई राम्ररी थाहा छ । त्यसैले संविधान निर्माणको यात्रामा नेपाल हिडिरहेको सन्दर्भमा यी वहादुरहरुलाई पनि सत्ताको साझेदारीमा संवैधानिक सुनिश्चित गर्न सुझाएको हुनुपर्छ, प्रम मोदीले । प्रम मोदीले अर्को गहकिलो कुरा राखेका थिए त्यो हो, “संविधानले हिजो, आज र भोलिलाई जोड्छ । संविधानले जोड्छ, तोड्दैन ।” संविधान सभाको विभिन्न समितिहरुमा संविधानको अन्तरवस्तुवारे जुन अहिले छलफल भइरहेको छ तिनले हिजोको विरासत त्यागेको छ । किनकि ती अन्तरवस्तुहरु विदेशीको एजेण्डा हुन् । जमैकन नेता भन्छन्, ‘इतिहास नहुने देश र जनताको भविष्य जरा विनाको रुख जस्तै हो, वाँच्न सक्तैनन् ।’ यो ज्ञान प्रम मोदीलाई पनि छ । मोदीको उपरोक्त भनाईले छलफलमा आएको भूत र भविष्य विनाको संविधानको अन्तरवस्तुलाई पूर्णरुपमा खारेज गरिदिएको हुनुपर्छ ।

सन् १९४७ मा भारत स्वतन्त्र भएलगत्तै राष्ट्रिय राजनीतिमा काँग्रेस आईको निरन्तर पकड रहिरह्यो । कमजोर देशको दोहन गर्ने र आफू मोटाउने रणनीति काँग्रेस आईलाई सिकाएर वृटिश भारतवाट औपचारिक रुपमा फक्र्यो । तर, अनौपचारिक रुपमा वृटिश भारतको सत्तारुढ पार्टी काँग्रेस आईमा आश्रय लिइरह्यो । वृटिशकै रणनीति र उद्धेश्य अनुरुप भारतले छिमेकी मुलुकहरुलाई चिढाइरह्यो । भारतको यस्तो नीतिले न आफ्नो भौगोलिक अखण्डता अक्षुण्ण रहनसक्छ न छिमेकी मुलुकहरुको । भारत स्वतन्त्राको लागि राष्ट्रिय क्रान्ति सम्पन्न भएको ६७ वर्षपछि भारतीय जनतामा एउटा ज्ञान पलायो र भाजपा रोज्यो । भारतीय राजनीतिक इतिहासमा झण्डै १२ सय वर्षपछि पूर्वीय दर्शनप्रति गर्व गर्ने शासनकाल प्रम मोदीको पालादेखि प्रारम्भ भएको विश्वले अनुभूति गर्न थालेको छ । भाारतीय जनताको पुनर्जागरण युग पनि हो । नेपालमा यो युग आउन केहि दशक धैर्य गर्नैपर्ने छ ।     

भारतको केन्द्रीय सत्तावाट काँग्रेस आई विस्थापित मात्र भएको होइन यसको पर्दा पछाडि पश्चिमा शक्तिको उपस्थिति र प्रमाव बढारिएको छ । यसको प्रत्येक्ष असर नेपालमा पनि पर्नेछ । यदि प्रम मोदीको व्यक्त विचारधाराले यो पुष्टि गर्दछ कि नेपालवाट पनि पश्चिमा शक्तिको चलखेल बढारिने निश्चित छ । भारतको सत्ता परिवर्तनले सिंगो भारतलाई मात्र नभएर नेपाल र चीनको लागि पनि स्वर्णिम अवसर हो ।  

नेपालको संविधान सभा र अन्तरवस्तु विदेशीको एजेण्डा हो, यो पक्का कुरा हो । नेपालमा विदेशी शक्तिको चलखेल वन्द हुने होभने राजनीतिक भविष्य जोसुकैले पनि सहज रुपमा अनुमान गर्नसक्छ । अव नेपालमा दुइटा विकल्प रह्यो । एउटा, संविधानको अन्तरवस्तुवारे जेजति औपचारिक छलफलमा छन् ती सवै वोरामा पोका पारेर कन्टेनरमा औपचारिक रुपमा फ्याक्ने । देश र जनताको भूत, वर्तमान र भविष्यलाई जोड्नसक्ने संविधानको नयाँ अन्तरवस्तु केलाएर औपचारिक छलफलको थालनी यहि संविधान सभामार्फत गर्ने । दोश्रो, सिंगो संविधान सभालाई मसानघाटमा लगेर डफन गर्ने ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %