पहिचान विनाको संविधान स्वीकार्य नहुने–लेखी (थारु)

Read Time:5 Minute, 54 Second

– कमल चौधरी, (फोटो: दिल  प्रसाद थापा)

बुटवल  – आदिवासी जनजाति महासंघका निर्वतमान अध्यक्ष राजकुमार लेखीले आदिवासी पहिचान विनाको संविधान आदिवासी जनजातिहरुलाई स्वीकार्य नहुने बताएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ रुपन्देही मूल समितिले अयोजना गरेको २० औं विश्व आदिवासी जनजाति दिवासमा शनिबार बुटवलमा सम्बोधन गर्दै लेखीले यस्तो भनेका हुन् ।

उनले राज्यले आदिवासी जनजातिका अधिकार सुनिश्चित गर्ने कार्यमा आनाकानी गरिरहेको बताउदै अब आदिवासी जनजातिहरु चुप लागेर बस्न नहुनेमा जोड दिए । उनले अब वन्ने संविधानमा आदिवासी जनजातिको अधिकार सुनिश्चित नभए अब आदिवासी जनजाति नयाँ विकाल्प सडक अन्दोलन गर्ने चेतवनी दिए । उनले तोकिएको समय सिमामा संविधान निर्माण हुनुपर्ने बताए । उनले भने –“यदी अब फेरी पनि संविधान निर्माण गर्न सकेनन् भने राजनितिक दलका नेताहरु काशी गए हुन्छ, बनारस गए हुन्छ । हक अधिकार सुनिश्चित नगरीकन त्यो संविधान टिक्न सक्दैन च्यातिन सक्छ ,टुक्रिन सक्छ ।” साथै उनले आदिवासी जनजाति आन्दोलन कुनै जाति विशेषको आन्दोलन नभएको भन्दै अन्य समुदायले कुनै पनि आपत्ति नलिन आग्रह समेत गरेका थिए । उनले आदिवासी जनजातिको आन्दोलन राज्यमा बसोबास गर्ने सम्पूर्ण उत्पीडित जातजाति, वर्ग समुदायहरुको अधिकार सुनिश्चिताको लागि गरिएको अन्दोलन रहेको जिकिर गरे ।

कार्यक्रममा महिला अधिकारकर्मि बुद्ध श्री लामाले आदिवासी जनजाति समुदायको हक ,अधिकार र पहिचान स्थापित गर्नको लागि सम्पूर्ण पहिचानबादी शाक्तिहरु एक जुट हुन आवश्यक रहेकोमा जोड दिए । उनले पहिचान सहितको संघीयताको लागि सम्पूर्ण एक भई पहिचान वादी पक्षधरहरुले संविधान जसरी पनि ल्याउने कुरामा जोड दिए । उनले पहिलो सविधान सभामा भएका मागहरु  अव बन्ने संविधान सभामा जसरी पनि आउनु पर्ने जिकिर गरे । लामाले महिलाहरुलाई ३३ प्रतिशत स्थान सुनिश्चित गरेको बताउने गरेता पनि संविधानमा यस्तो कुरा उल्लेख नगरेको भन्दै आदिवासी जनजातिहरुलाई पनि यसै गरि मुखले मात्र बोलेर झुक्याउन लागेको खुलासा गरे । अर्का बक्ता नेकपा एमाले रुपन्देहीका अध्यक्ष भोजप्रसाद श्रेष्ठले आदिवासी जनजातिहरुको अधिकार सुनिश्चितता विना मुलुकले गति लिन नसक्ने बताए । त्यस्तै नेकपा एकिकृत माओवादी रुपन्देहीका इन्चार्ज बामदेव क्षेत्रीले जाति भित्र पनि वर्गिय उत्पिडन भएकाले जातिय संगै वर्गीय उत्पिडनलाई पनि चिर्नु पर्ने बताउदै सम्पूर्ण जात जाति, भाषा संस्कृतिलाई सम्मान गर्ने गरी समयमा नै संविधन निर्माण गर्नुपर्नेमा जोड दिए ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् रुपन्देहीका अध्यक्ष सन्तराम चौधरीको अध्यक्षता र उपाध्यक्ष कृष्ण मोक्तानको स्वागतमा भएको कार्यक्रममा पत्रकार हिक्मत चौधरी र समाजसेवी माया गर्बुजालाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा नेकपा एकीकृत जिलल सेक्रेटरी के.जी पौड्यल, भुजेल सेवा समितिका केन्द्रीय अध्यक्ष तथा गुल्मीका सहायक प्रमुख जिलल अधिकारी विष्णु घर्तीमगर, राष्ट्रिय जनमुक्ति पार्टीका रुपन्देही अध्यक्ष झमबहादुर गुरुङ, जिल्ला विकास समिति रुपन्देहीका सामाजिक शाखा अधिकृत दुर्गाप्रसाद श्रेष्ठ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष मिलन गाहा, नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष दलबहादुर विरकट्टामगर, मधेसी जनधिकार फोरम नेपाल लोकतन्त्रीकका जिल्ला सदस्य सरिता चौधरी, थारु कल्याण कारीणी सभाका कोषाध्यक्ष चन्द्रभान थारु लगायतले मन्तव्य राखेका थिए  । कार्यक्रममा विभिन्न जातिय भेषभुषा सहितको झाकी प्रदर्शन गरिरको थियो ।

विभिन्न एकल जातिय पहिचान सहितको पुष्पलाल पार्कबाट गएको र्याली शिद्देश्वरी उच्च माविमा पुगी सभामा परिणत भएको थियो । कार्यक्रम सचिव गंग पुन र कुमारी थापाको संचालनमा सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %