राज्यसत्ता
हङकङ , ११ अगष्ठ – मगर संघ हङकङको ८ औ अधिवेशन हेनरीजिल्योङ कमिनिटि सेन्टर , याउँमातेमा सम्पन्न भएको छ । दोश्रो पटक पनि चन्द्रज्योती आले मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएकोछ ।
उपाध्यक्षमा थल श्रीस मगर, महासचिबमा बोधबिक्रम थापा मगर, सचिवमा सुमन थापा मगर, कोषाध्यक्ष निलम थापा मगर र सह-कोषाध्यक्ष गोमा पुन मगर निर्बिरोध निर्बाचित भएका छन् । अन्य सदस्यहरूमा सस्थापक महासचिब, पूर्ब उपाध्यक्ष मनोज सूर्यबंसी मगर, पूर्ब सचिब पुष्करदेब लुङ्गेली मगर, अमर थापा मगर, धर्मराज थापा मगर, शान्ति थापा मगर, नरमाया थापा मगर, कविता थापा मगर, कुमार राना मगर, छम माया पुन मगर र प्रेम पुन मगर लगाएत नयाँ कार्य समितिमा अधिकांस पुरानै अनुहारहरू चयन भएका छन ।
नयाँ उपाध्यक्ष थल श्रीस भूपू महासचिब हुन, हालका महासचिब बोधबिक्रम निबर्तमान महासचिब र सह-कोषाध्यक्ष गोमा पुन मगर पनि पु:न सोहि पदमा पदस्थापना भएका छन् । यो टिम हेर्दा बिगतको भन्दा अहिले सम्मकै अब्बल र जब्बल देखिन्छ ।
मगर संघ हङकङ १९९७ सालको अगष्ट १० मा गठन भएको जातीय र क्षेत्रीय सस्थाहरू मध्ये अग्रस्थानमा पर्दछ । प्रायजसो यसै समयको सेरोफेरोमा यस सस्थाले अधिवेशन र बार्षिक सम्मेलन गर्दै आइरहेकोछ । हाल यस सस्थाले आफ्नै निजी खर्चमा जोर्ड्रनरोड स्थित टेम्पल स्ट्रिटमा हालैमा फलाट किनेर दैनिक कार्य सन्चालन गर्दै आइरहेको छ ।