“नेपाली चलचित्रको सवालमा नेपाली चलचित्र र नेपाली राजनिती उस्तै उस्तै छन” । जहा सम्म नेपाली नेताहरु उही पुराना सैली र सोचका छन भने नेपाली चलचित्र पनि उही पुराना सैलीका छन ।
दिल प्रसाद थापा
नेपाली चलचित्रका चर्चित नायक श्रीकृष्ण श्रेष्ठको असामाहिक निधन प्रति दु:खित छौ ।
उहाँको अन्तिम बेलीको रेकड सुन्दा मन नै स्तब्ध भयो । कृपया सम्पुण नेपाली साथीहरु यदी हामी नेपाली हौ भने नेपाली चलचित्रलाई माया गछौ भने । खाली फेसवुक को स्टाटसमा श्रदान्जली दिनु भन्दा सुपर नायक श्रीकृष्ण श्रेष्णको अन्तीम श्रद्धाको लागि र उहाँको सम्मानको लागि कृपया उहाँको अन्तिम चलचित्र कोहिनुर अवश्य होर्न जानुहोला । सबै नेपाली मिलेर नेपाली भएर नेपाली चलचित्र प्रवद्धन गरौ भन्दा नेपाली चलचित्रको बारेका केही लेख्न मन लाग्यो । चलचित्र हेरे पो कमेन्ट गर्ने हो नहेरी कमेन्ट गर्ने अनि कहिले नेपाली चलचित्रको विकास होला ? आखिर नेपाली चलचित्रको आफ्नै स्वाद पाइन्छ जसरी गुन्द्रुकको अचार को स्वादमा हुन्छ । गुन्दु्रक भलै विदेशी विमानस्थलमा लैजान नपाए पनि नेपाली भान्छामा यसको छुट्टै पहिचान छ ।
हुन त नेपाली चलचित्रकर्मीहरुले पनि धेरै सुधार गर्न जरुरी छ । खाली भारतिय चलचित्र विदेशी चलचित्रको देखासिकी गर्नु हुदैन । चलचित्रकर्मीहरुले के बुझे हुन्छ भने नेपाली दर्शकले अगि भने झै नेपाल चलचित्रमा पनि नेपाली गुन्द्रुकको स्वाद जस्तो छुट्टै पहिचान भएको यहाँको खोला नालामा बनेका कथाहरु पस्कन पर्यो त्यस पछि त खेजि खेजि हेर्ने थिए । नेपाली चलचित्रमा क्षेत्रमा चलचित्रकर्मीहरु अल्छी भएकै हुन । नेपाली चलचित्र राम्रो भएन भनेर भन्दा तर्कने बहानामा हामी सँग श्रोत साधन छैन भन्न भ्याउँदछन ।
तर नेपाली पन र अलि गहन अध्ययन विना नै चिया पसलमा चिया पिउदा वा भट्टीमा बसेर स्कृप्ट एक दिन मै बनाउन भ्याउँदछन । पटकथा तथा स्कृप्ट लेख्नु भनेको धेरै मिहनेत र अनुसन्धान चाहिन्छ । दुइचार जना साथीको र चियाको चुस्कीमा बनेको स्कृप्ट तथा कथाले गर्दा नेपाली चलचित्र क्षेत्रमा त्यत्ती सन्तोषजनक छैन । नेपाली चलचित्रको सवालमा नेपाली चलचित्र र नेपाली राजनिती उस्तै उस्तै छन । जहा सम्म नेपाली नेताहरु उही पुराना सैली र सोचका छन भने नेपाली चलचित्र पनि उही पुराना सैलीका छन । फेरी नेपाली जनताहरु पनि त्यस्तै छन आफुले जिताएको नेताले केकस्तो गरेको छ चासो छैन खाली विदेशका जस्ता ठुला ठुला भवन र त्यहाँका विकसित सहर देखेको भरमा र त्यहाका जिवनशैली नक्कल गर्न अगि सर्दछन । खाली नेताले देश विगारे भन्न भ्याउदछन । तर एक चोटी त्यहाको देशका जनताले के गर्दछन त्यो पनि त बुझ्नु पर्दछ ।
विदेशमा हरेक ब्यक्तिले काम गरेका हुन्छन त्यहा कुनै फुर्सद हुदैन नेपालको चौपारी , चोकमा जस्तो गफ गर्ने समय त्यहा हुदैन । नेपालमा १ जनाले काम गरेर ५जनालाई पाल्नु पर्ने हुन्छ तर त्यहा प्रत्यक नागरिकले काम गरेकै हुन्छन त्यहा हरेका कामको सम्मान छ । तर यहा भने उही ठुला जात र साना जात भने झै , छुन हुने र नहुने भनेझै , त्यो मासु चोखो र अर्को खान नहुने भने झै त्यो काम ठुलो यो काम ठुलो भन्ने चलनले गर्दा विकास हुन नसकेको हो ।
विदेशी भुमिमा नेपाली डाक्टर इन्जिनियरले पढेका हरुले पैसाको लागि विदेशीका भान्छा घरमा भाडा माज्न हुने तर आफ्ने देशमा नहुने भनेर कुन कानुनमा लेखेको छ ? साच्चीकै विकासकोलागि ठुला ठुला गफ गर्न भन्दा सानो सानो काम पनि हातमा हात मिलाएर काम गर्ने हो भने यति ठुलो सम्भावना बोकेको देशलाई कुनै विकसित राष्ट्र जस्तो हुन कुनै समय लाग्दैन । त्यस्तै घटना केही साता अघि भारतिय चलचित्र नाम कमाएका नायकको चलचित्र प्रर्दशन भयो त्यो चलचित्र हेर्न नेपाली दर्शकहरु चलचित्र हेर्न महिनौ अगाडि देखिनै बुकिङ्ग गरेर हेर्न भ्याए । तर त्यो चलचित्रले नेपाली दर्शकबाट करडौ रुपैया कम्ल्याउन सफल पनि भयो । तर त्यस चलचित्रमा भनेको भन्दा पनि त्यस चलचित्रको नायकको नामले मात्र दर्शकको भिड हुने गर्दछ । सो नायकको घेरै चलचित्र हेरिसके तर घेरै जसो उनका चलचित्रमा कुनै कथा नै पाउँदैन खाली कपडा खोलेको र उफ्रेको मात्र देख्छु । त्यतीको भरमा नेपाली दर्शकहरु ठेलाठेल भएर उसका चलचित्र हेर्न पुग्दछन ।
यता नेपाली चलचित्रको हाल भने उही दुइचार जना हलमा पुग्दछन । केही समय अगाडी नेपाली चलचित्र हलहरुमा दर्शकको त्यती चाप थिएन र सायद लाग्द थियो नेपालीहरुको आय श्रोत कम होला चलचित्रमा तथा मनोरञ्जनमा खर्च गर्न अवस्था छैन होला भनेर । तर यो सब होइन रहेछ बास्तवमा विदेशी चलचित्र भन्ना साथ हप्ता दिन अगाडी बुकिङ्ग गर्न भ्याए । अहिलेको परिस्थितीमा नेपाली चलचित्र दिन दिनै निमार्ण हुने क्रम बढि रहेको छ । केही पुराना नेपाली चलचित्रहरुको कुरा गर्दा लाहुरे ,चिनो , कुसुमे रुमाल , यस्ता चलचित्रहरु अझै पनि हेर्दा हेरिरहुजस्तो लाग्दछ किन भने त्यस्ता चलचित्रमा नेपाली पन र नेपालीका बास्तिविक्ता कथा लुकेका छन् ।
नेपाल जस्तो अनेकताका एकता भएको देशमा त झन यहाका हरेका वस्तुमा कथा पाउँन सक्छौ । यहाका स्थानिय माटोमा हरेका कथाहरु छन । यसमा खेलेर नेपाली चलचित्रकर्मीहरुले अन्तराष्ट्रिय स्तरका चलचित्र निर्माण गर्न सक्छन निम्न बजेटमा पनि हामी आफ्नै उपलब्ध श्रोत साधनमा उच्चरिस्तरिय चलचित्र निर्माण गर्न सक्दछौ । र भोलीका दिनमा नेपाली चलचित्रको बजार अन्तराष्ट्रिय स्तरको हुन सक्नेछ भन्नेमा कुनै दुइमत हुने छैन । चलचित्र निर्माण गर्दा देशको वास्तिवक परिस्थित मा रहेर यहाँका हरेक कुराको पहिचानलाई समेटेर निर्माण गर्न जरुरी छ । खाली हिमालको सिन र प्रकृतीको सौन्दर्यता देखाएर कुनै गितमा व्याकग्राउण्ड सिन राख्न भन्दा पनि त्यस हिमाली क्षेत्रमा बस्ने समुदाय र त्यसको वस्तिविक कथा देखाउन गरुरी छ ।
नभन्दै हिमाली क्षेत्रमा रहेको कथामा आधारित चलचित्र विदेशीले बनाउन भ्याए पनि अनि अन्तराष्ट्रिय स्तरको ओस्कार एवार्डमा पनि नोमिनेटमा पर्न सफल भयो क्याराभान चलचित्र । यस्ता कथा खाली हिमालमा मात्र छैन नेपालको पहाडमा र तराइमा पनि प्रसस्त छन । अब नेपालको चलचित्र विकासको लागि नेपालकै बास्तिविक घरातलमा रहेर चलचित्र निर्माण गर्र्नु पर्ने हुन्छ । यसमा नेपाली चलचित्र विकासमा अवश्य पनि नेपाली दर्शकले साथ दिने छन । यसैमा सबैको भलो हुने छ ।