नायक श्रीकृष्ण श्रेष्ठको दिल्लीमा देहान्त

Read Time:2 Minute, 25 Second

राज्यसत्ता

फिल्मि नायक श्रीकृष्ण श्रेष्ठको उपचारको क्रममा दिल्ली स्थित एपोलो हस्पिटलमा  देहान्त भएको छ । उनि विवाह लगत्तै उपचारको शिलशिलामा दिल्लीमा गएका थिए ।

  

डीप निमोनियासँगै फोक्सोमा पानी जमेका कारण केही महिना यता बिरामी परेका श्रीकृष्ण श्रेष्ठको गए राती दिल्लीमै निधन भएको हो ।

२०४५ सालमा भूमरी फिल्मबाट फिल्म क्षेत्रमा प्रवेश गरेका श्रीले छवि ओझाको फिल्म नाताबाट पूर्ण रुपमा हिरोको रोल गरेका थिए। ४७ वर्षे नायकका दर्जनौ हिट फिल्म दिएका श्रीले आफ्नै लागनीमा बनाएको कोहिनूर फिल्म गत शुक्रबार देखि प्रदर्शनरत छ। गत असार २७ गते हिरोइन श्रीमती स्वेता खड्काका का साथ उनी उपचारका लागि दिल्ली स्थित एपोलो हस्पिटलमा भर्ना भएका थिए ।

श्रीको निधनलाई निर्देशक आकाश अधिकारीले पुष्टी गर्दै भनेका छन् “मलाई दिल्लीबाट बिहान फोन आयो घटना राति घटेको रहेछ । अहिले ९ बजे  परिवारका सदस्यहरु दिल्ली जाने तयारीमा हुनुहुन्छ अनि म पनि जाने तयारीमा छु।”

श्रेष्ठले गत असार २६ गते अभिनेत्री स्वेता खड्कासँग विवाह बन्धनमा बादिएका थिए । विवाहपछि उनीहरु हनिमुन मनाउन भारत गएका थिए । अभिनेता श्रेष्ठको चलचित्र कोहीनुर साउन २३ गतेदेखि प्रदर्शन भइरहेको छ । अस्पतालमा उपचाररत रहँदा श्रेष्ठले चलचित्रको विषयमा युट्युब मार्फत दर्शकहरुलाई सन्देश पठाउँदै उनले आफु चलचित्र रिलिजको समयमा आउन नसकेकोमा दुखी रहेको उल्लेख गरेका थिए ।

श्रीकृष्ण श्रेष्ठ फिल्मि क्षेत्रमा उनि निकै अब्बल अभिनेता थिए,उनको अनुस्पस्थितिले यो क्षेत्रमा केहि कमि महशुस भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %