निश्चल काउचा
अघिल्लो दुई साताभरि नेपालमा केही यस्ता घटना घटे जस्ले नेपाली मिडिया देखि सामाजिक सन्जालभरि छाईरहे ।
सिन्धुपाल्चोकको सुनकोसी विपदमा परी १५६ जना एकै चिहान भए । त्यो कारुणिक घटनालाई भारतीय प्रधानमन्त्री मोदीको दुई दिने भ्रमणले ओझेलमा पार्यो । सरकारले पहिरो पीडितलाई भन्दा मोदी भ्रमणलाई प्राथमिकता दियो । मोदीले नेपाली सदनमा दिएको भाषणको सर्बत्र चर्चा भयो । सोही साता साउदी अरबमा घरेलु कामदारको रुपमा पुगेकी तनहुकी सुनिता परिवारलाई मृत्यु दण्ड दिईयो भने रुकुमबाट नेपालगन्ज मामाघर आउदै गरेकी १८ बर्षीय किशोरी सामुहिक बलात्कृत भईन ।
त्यस्तै गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ प्रहरीसँग दोहोरो भिडन्त (इन्काउन्टर)मा मारिए पछि पुराना सबै घटनालाई बिर्सदै नेपाली नेपाली मिडिया ,सामाजिक सन्जाल देखि सडक र सदनसम्म हंगामा मच्चायो । चरी मारिएको बिरोधमा एमाले धादिङले धादिङ बन्दको घोषणा गर्यो भने धादिङ १ का सभासद राजेन्द्र पाण्डेले सदनमा कारबाहीमा संलग्न प्रहरीलाई तत्काल निलम्बन गरी छानबिन समिति गठन माग गरे । हामी कस्तो देशका नागरिक हौ ? हामीले कस्ता खालको नेतालाई चुनेर संबिधान लेख्न चुनेका छौ ?
एउता खाग तस्करी , फिरौती , अपहरणकारी , यार्सा लुटपाटमा संलग्न अपराधी मारिदा बहादुर् प्रहरीलाई बढुवा दिनु को साटो निलम्बन गर्न माग राख्छन । उता सिन्धुपाल्चोकका पहिरो पीडितहरू चिउरा र चाउचाउ खाएर स्कुल र अस्थायी टहरामा रात कटाई रहदा उनिहरु प्रति हामी अलि कति दया भाव राख्दैनन् । किशोरी बलात्कृत हुदा कुनै मतलब राख्दैनन् । किशोरी बलात्कृतको केश के महिला सभासदले मात्र उठाउनु पर्छ् भन्ने छ ? पुरुष सभासदले उठाउन मिल्दैन ? आखिर बलात्कृत हुने किशोरी हाम्रा आफ्नै दिदी बहिनी होईनन ? बिदेशमा कुनै नेपालीलाई मृत्यु दण्ड दिदा किन सबै चुपचाप छन् ?
आफ्ना नागरिक प्रति देशको कुनै दावित्य हुदैन ? अझै कति जना सुनिता परिवारहरूले मृत्यु दण्डको नियति भोग्नु पर्ने हो ? दिनहु १५०० देखि २००० युवा कामको खोजीमा बिदेश भासिरहेछन । देशमा रोजगारी सिर्जना गरेर युवालाई आफ्नै देशमा बस्ने बातावरण निर्माण गर्न सरकारी निकायले ध्यान किन दिदैन ? देशको अर्थतन्त्र रेमित्यान्सले धानेको छ भनेर् गर्व गर्ने सरकारले बिदेशबाट दिनहु लास भित्रिदा किन आँखा चिम्लेर बस्छ ? नेपाल कहिलेसम्म लेवर फ्याक्ट्री बनि रहने हो ?
हामी नेपाली विश्वको जलस्रोतमा दोस्रो देश भनेर् चिनिन्छौ । मध्य बर्खा मासमा पनि अन्धकारमा बस्न वाध्य छौ । राजनीतिक दलहरू आफ्ना कार्यकर्ता मर्दा सदन र सडक तताउछन । सर्व साधारण जनता मर्दा चुईक्क बोल्दैनन् । देखेर पनि नदेखे जस्तो गर्छन् । के सर्व साधारण जनता नेपाली नागरिक होईनन ? यी यक्ष प्रश्न जवाफ दिने निकाय सरकार होईन ? तीन करोड नेपाली जनता यी प्रश्नको उत्तर खोजिरहेछन ।