शुशी पुलामी, युएई
आबुधाबी , गत ८ अगष्ट २०१४ – नेपाल आदिवासी जनजाति परिषद युएईको आयोजनामा २०औ विश्व आदिवासी दिवशको कार्यक्रम युएईको राजधानी आबुधाबिको केरेला सोसियल सेन्टरमा विभिन्न कार्यक्रम गर्दै भव्यरुपमा सम्पन्न भएको छ ।
खचाखच दर्शकले भरिएको २०औ विश्व आदिवासी दिवशको भव्य कार्यक्रमको सभापतित्व परिषदका अध्यक्ष हरि बहादुर घर्ति मगरको सभापतित्व र युएईका लागि नेपाली राजदूतावासका महामहिम राजदूत धनन्जय झाको प्रमुख आतिथ्यता,एनआरएन आईसीसीका भूपू सदस्य एवं परिषदका प्रमुख सम्रक्षक्, सल्लाहकार बिमल कुमार तामांगको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमलाई शुसी पुलामीमगरले संचालन गरेकी थिइन् । विभिन्न संघ,संस्था,समाजसेवी,भद्रभलादमी,पत्रकारहरुको उपस्थितमा प्रमुख अतिथि झाले २० ओटा दिप प्रज्वलन गरेर समारोहको उद्घाटन गरेका थिए ।
कार्यक्रममा सहिदको सम्झनामा एक मिनट मौन धारण गरिएपछी कार्यक्रममा उपाध्यक्ष मोहन कुमार तामांगले स्वागत भाषण दिदै मुलुकको संविधान निर्माणको क्रममा रहेकोले आदिवासी दिवश ९ अगष्टको ठुलो महत्व हुने बताए । कार्यक्रम संयोजक उपाध्यक्ष भिम घिसिंगले कार्यक्रम संयोजन सम्वन्धमा जानकारी दिदै २०औ आदिवासी दिवशको शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि महामहिम राजदुत धनन्जय झाले २०औ आदिवासी दिवशको शुभकामना दिदै समय अनुसार आदिवासी जनजातिहरु शिक्षामा जोड दिनुपर्ने विचार व्यक्त गरे ।
परिषदका अध्यक्ष एवं समारोहका सभापति हरिबहादुर घर्तिमगरले २०औ आदिवासी दिवश ९ अगष्टको शुभकामना दिदै,आदिवासीको ऐतिहासिक पुर्ख्यौली थात्-थलोको आधारमा राज्यको पुनर्संरचना गर्दा कुनैपनि जातिलाई कुनै किसिमको नोक्सानी नहुने,बरू इतिहास प्रति न्याए हुने बताउंदै, विघटित संविधान सभामा जातीय पहिचानको आधारमा राज्यको पुनर्संरचना हुन पर्छ भन्ने अभिमत दुइतिहाई भएकोले त्यसलाई रिसोर्ट र गोप्य बैठकमा थन्क्याएर ४ वर्ष सम्म लुकामारी खेल्दै, संविधान सभा विघटन गराईएको थियो । आधा भन्दा वढी जातीय पहिचानका पक्षधर जनता र तिनीहरुलाई नेतृत्व प्रदान गर्ने राजनैतिक दलहरुलाई वाहिर राखेर वस्तुगत धरातलीए यथार्थ भन्दा बाहिर गएर गरिएको संविधानसभाको अप्राकृतिक निर्णयलाई मान्न कुनै पनि पहिचानका पक्षधर् बाध्य नहुने जिकिरगरे ।
कार्यक्रममा नेपाल मगर संघ युएईकी केन्द्रिय अध्यक्ष एवं कार्यक्रम संचालिका रहेकी शुशी पुलामीमगरले ब्लड क्यान्सर पिडित ११ वर्षीय बालक भुवन घर्तिमगर उपचारको निम्ति सहयोग गर्न विशेष आग्रह गरेका थिए । कार्यक्रममा उपस्थित युएईको विभिन्न स्थानमा अधिकाम्स निम्न तहको सेलरी खानुहुने दर्शक भए पनि “उहाँ हरुको विशाल हृदयको कारण” उक्त बालकलाई बचाउने रकम दान गर्ने भिडले गर्दा रकम संकल गर्दै उद्घोषण गर्न, हम्मे –हम्मे परेको थियो । समयको अभावले रकम संकलन गर्ने कार्य, स्थगित गर्नु परेको थियो । सोहि कार्यक्रममा संकलित रकम Dhs 3153 ने.रु.८५१३१|-(पचासी हजार एकसय एकतिस मात्रै समारोहका सभापति एवं परिषदका अध्यक्ष हरि बहादुर घर्तिमगर र समारोहका विशेष अतिथि बिमल तामांग द्वारा संयुक्त रुपमा ब्लडक्यान्सर पिडित बालक भुवनको बुवा खड्क बहादुर घर्ति मगरलाई हस्तान्तरण गरिएको थियो ।
यसैगरी परिषद स्थापनाकाल देखि अविछिन्न रुपमा मन,वचन र कर्मले परिषदको गरीमामलाई माथि उठाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकोले, परिषदका उपाध्यक्ष भिम घिसिंग,समाज सेवामा उल्लेखनीय योगदान दिएकोमा समाजसेवी कैलाश खाम पुनमगर,प्रवासमा रहेर पनि नेपाली संस्कृति सम्रक्षण र संवर्द्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकोमा प्रसिद्ध गायक सुमन सिङ्गदान एवं प्रवासमा आदिवासी जनजाति संस्कृतिको सम्रक्षण एवं संवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रसिद्ध नृत्यकार माइली स्याङ्गबोलाई प्रमुख अतिथि झा द्वारा सम्मान-पत्र प्रदान गरिएको थियो ।
२०औ विश्व आदिवासी दिवशमा उत्कृष्ट नृत्य प्रस्तुत गरेकोमा,बिबश ठकुरी,बिमला तामांग,सोभा लामा,अजित सलामी थापामगर,चन्दा मगर,बिक्कीबाबू लामा,दुर्गा लिम्बू,मिनीषा लामा, नम्रता तामांग,नानु माया सुनार,स्वस्तिका लामा,कपिल लामा,दिपिका ज्ञवाली,दिपक गुरुङ.माया मगर,बविता हमाल,सजनी श्रेष्ठ,विकाश चौधरी र उत्कृष्ट संगीत प्रस्तुत गायक सन्दिप ग्याबक तामांग,किशोर सुनार,राजन विरही मगर साथै उत्कृष्ट हास्यव्यंग्यमा प्रष्तुत गर्नुहुने रामकृष्ण केसी र नारायण प्रभु एवं कार्यक्रम सफल बनाउन उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने शुशिला दर्लामी मगर,माया मगरलाई समारोहका सभापति,विशेष अतिथि एवं समाजसेवी दान बहादुर राई र चन्द्रकला साम्पांग राईले संयुक्त रुपमा प्रशंसा-पत्रवाट सम्मान गरिएको थियो ।
साथै उक्त कार्यक्रमा तामांग समाज क्षेत्रिय समिति आबुधाबीले २० औ विश्व आदिवासी दिवश ९ अगष्टकोशुभकामना दिदै खुत्रुके कार्यक्रम संचालन गरि चन्दा संकलन गरेका थिए । २०१२ देखि सुरू भएको सो रकम नेपालका दुर्गम गाउका स्कूल हरूमा प्रत्येक साल एकलाखका दरले गरीव तथा जेहन्दार बिद्यार्थी हरुलाई अध्यन गराउन श्री जोगेश्वर माध्यमिक बिधालय महादेवटार -१ काभ्रे,२०१३ मा ग्याउल देवी लो सेकेण्डरी स्कूल गोल्छे ३ सान्झागाउँ सिन्धुपालान्चोकमा एक एक लाख सहयोग गरी सकेको छ । खुत्रुके कार्यक्रमले आगामी २०१४ मा पनि विद्यालय छनोटगरी सहयोग गर्ने लक्ष्य लिएको छ ।
सोहि समारोहमा उक्त समिति अध्यक्ष अनिल लामाले तामांग समाजको तर्फवाट भन्दै ब्लड क्यान्सर पिडित बालक भुवन घर्ति मगर बचाउन Dhs/265 प्रदान गरेका थिए ।