तमूवानको लागि संयुक्त आन्दोलन गर्नुपर्ने बक्ताहरुको दाबी
वेद गुरुङ(विवेक)
काठमाडौँ , साउन २२ – तमूवान प्रादेशिक संयुक्त मोर्चाको अयोजनमा राज्यको पुनर्सरचना र तमूवान प्रदेश विषयमा एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौंको मित्रनगर स्थीत तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको साभहल, मित्रनगरमा आज सम्पन्न भएको हो । २० औं आदिबासी दिवसको अवसरमा भएको कार्यक्रममा एनेकपा माओवादीका वरिष्ठ नेता तथा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका साभपति डा. बावुराम भाट्टराई, समितिका सदस्य एवं नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, आदिवासी जनजाति आन्दोलनका विज्ञहरु डा. ओम गुरुङ र डा. महेन्द्र लावती, राप्रपा नेपालको सहमहामन्त्री जेमजंग गुरुङ, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमार कुमाल लगायत विभिन्न राजनीतिक, तथा जातिय सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिरहेको थियो ।
कार्यक्रममा वक्ताहरुले पहिचानसहितको संघीयताको पक्षमा संगठित आन्दोलन गर्ने मोर्चा बनाएकोमा प्रशंसा गरेका थिए । पूर्व प्रधानमन्त्री समेत रहेका संवाद समितिका सभापति डा. बाबुराम भट्टराईले नेपालमा आहिलेको परिवर्तन दशवर्षे जनयुद्व र १९ दिने अन्दोलनले गर्दा अएको कुरा बताए । पहिलो संविधनसभा पहिचानसहितको सघियता कि पहिचान विनाको संविधान भन्ने विषयमा कुरा नमिलेकोले अहिलेको अवस्था अएको बताए । त्यसलाई लत्याएर जान सक्थ्यो, तर त्यसमा अर्को समस्या आउने अवस्था देखेको कारण त्यसो गर्न नसकिएको बताए । अढाईसय वर्षसम्म आदिवासी जनजातिहका कोहीपनि सेनपति नभई सबै आर्यजाति मात्रै भएको कुरा बताएका थिए ।
पृथ्वीनारायण शाहले चार जात छत्तिस वर्णका साझ फुलबारी भनेता पनि यसमा एक जाति खस आर्यन शासक जातिले एकात्मक रुपमा राज्य चलाईरहेको कारण देश उत्पीडनमा फसेको बताए । त्यसको समस्या हल गरी जातिय पहिचानसहितको संघीयतामा आफ्नो पार्टी अडिक रहिआएको कुरा बताए । अहिलेको मूल समस्या भनेको कोही बुझेर बुझ पचाएको र कोही चाहिं बुझेर नबोलेको कारणले गर्दा जुन गतिमा संविधन निर्माण हुनुपर्ने हो त्यो हुन नसकेको बताए । अहिले पहिचहान विरोधी पक्षहरुको अदिपत्य संविधानसभामा भएका कारणले गर्दा निकै चुनौती रहेको कुरा बताए । पहिचानको पाँच आधारहरु क्रमश : जातीय, भाषिक, सांस्कृतिक, भौगोलिक र ऐतिहासिक निरन्तरताको विषयमा राजनीतिक दलहरुले स्वीकार गरिसकेकोले अव पहिचानसहितको संघीयता बनेरै छाड्ने ठोकुवा गरे । आमाले पनि बच्चा नरोएसम्म दुध दिदैनन्, त्यसैले उत्पीडित जातिहरुको अधिकारका लागि आवाज उठाउनु पर्ने अनि मात्रै अधिकार सुनिश्चित हुने उनको भनाई थियो । सबै उत्पीडित, गरिव र जनजातिहरु एक भएर आन्दोलनमा लागेमा त्यसले सार्थकता पाउने कुरामा जोड दिएका थिए ।
त्यस्तैगरी नेपाली कंग्रेसका उपसाभपति रामचन्द्र पौडेलले यहाँ कसैले लिने र दिनेको कुरा नभएको र लोकतन्त्रमा यस्तो कुरा गर्न नसुहाउँने कुरा बताए । यस्तो कुरा पहिले राणा शासकको समयमा सुहाउथ्यो, अहिलेको त लोकतन्त्रलाई संस्थागत गरी सबैलाई सुहाउने सविधान निर्माणमा लाग्नुपर्ने कुरामा जोड दिएका थिए । अहिलेको समयमा शासक र शासितको कुरा निकालेर आफू ठुलो हुने काम मात्रै भएको उनको जोड थियो । बगैचमा एउटा मात्र फुल फुलेको भन्दा धेरै थरीका फुल फुलेको राम्रो हुने कुरा बताउदै संवाद समितिका सदस्य पौडेलले सबै मानिसहरुलाई समानता दिने प्रमुख आधार भनेकै लोकतन्त्र भएकोले यसलाई राम्रो बनाउनमा लाग्नुपर्ने बताए ।
प्रा.डा.ओम गुरुङले नेपालका आदिवासी जनजातिहरुको अन्दोलन सुूस्तएको जस्तो देखिएकोमा चिन्त व्यक्त गरे । मूलवासीहरुको भाषा, धर्म, संस्कृति र शिक्षाको क्षेत्रमा जति उपलब्धी हुनुपर्ने हो त्यो नभएको आवस्था देखियो, आधिकारका लागि सचेत र संगठित भएर जानुपर्नै अहिलेको अवश्यकता रहेको बताए । अहिलेको यो स्थिती पहिचानसहितको संविधन बन्ने अत्यन्तै न्युन संभावना भएको कारणले गर्दा अवको जनजातिको आन्दोलन सशक्त रुपमा लानुपर्नेमा जोड दिएका थिए । अधिकारका लागि लडेर मात्र पाउने भएका कारणले गर्दा त्यसका लागि तयार हुनुपर्ने समेत बताए । सिथिल रुपमा वसेमा हाम्रोे पहिचान पनि लोप हुदै जाने भएकोले सबै एकजुट भएर अधिकारका लागि आवाज उठाउन आग्रह गरे ।
प्रा.डा. महेन्द्र लावतीले अरु जातिलाई पनि समेट्ने गरी पहिचानसहितको संघीयता आउनुपर्ने बताए उनले अहिले नेपालमा दुईओटा प्रदेशका मोडेलहरु एउटा चारदेखि सातसम्म र अर्को दशदेखि चौधसम्मको खाका ल्याएको बताए । अहिलेको अवस्थमा पहिचान पक्षधरहरु सीट संख्याको आधारमा हारेपनि बहुमत जनसंख्या पहिचानको पक्षमा रहेको बताए ।
कार्यक्रममा तमूवान प्रदेशभित्र थातथलो रहेका १४ वटा विभिन्न जातीय संस्थाहरुको उपस्थितिमा सम्पन्न भएको हो । उनिहरुले तमूहरुको ऐतिहासिक भूमी पहिचानको आधारमा तमूवान प्रदेश र त्यसभित्र थातथलो रहेका आदिवासीहरुको स्वायत्त क्षेत्र र संरक्षित क्षेत्रको स्थापनाको लागि एकजुट भएर आन्दोलन गर्न तमूवान प्रदेश संयुक्त मोर्चा गठन भएको जानकारी दिएको थियो ।
मोर्चामा तमूवानका आदिवासीहरु गुरुङ, बराम, दुरा, सियार, भुजेल, चेपाङ, दराई, बाह्रगाउले, थकाली, मार्फाली, तिनगाउले थकाली, तांवे, लार्के, लोपा आदि समुदायका केन्द्रीय संस्थाहरुको सक्रियता रहेको छ ।
तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष तथा तमूवान प्रदेश संयुक्त मोर्चाको संयोजक रेशम गुरुङको अध्यक्षतमा भएको कार्यक्रमको स्वागत सियार समाजक अध्यक्ष निमा लामा तथा बराम संघका उपाध्यक्ष किरण बरामले संचालन गरेका थिए । अन्तरक्रियात्मक रुपमा भएको कार्यक्रमको औचित्य बारे भुजेल समाजका महासचिव बुद्ध घर्ती भुजेल र धन्यवाद मन्तव्य दुरा सेवा समाजका अध्यक्ष लोकबहादुर दुराले दिएका थिए ।