जनसर्म्पक समिति हंगकंगको नेतृत्व श्रीनेट मगरलाई

Read Time:2 Minute, 54 Second

३ अगष्ट, हंगकंग, नेपाली जनसर्म्पक समिति हंगकंगको आठौं अबिधेशनले बसन्त श्रीनेट मगरको नेतृत्वमा १४ सदस्यीय कार्य समिति चयन गरेको छ । खुल्ला सत्रको कार्यक्रम जलाई २७ तारीकमै सम्पन्न भएको थियो । ३ अगष्टमा, याउ मा तेइ कम्युनिटी हलमा नेपाली काग्रेसका केन्दि्य सदस्य तथा सभासद अर्जुन प्रसाद जोसीको प्रमुख आतिथ्यमा कार्य समितिको घोषण गरीएको थियो । अध्यक्ष तथा निर्बाचन मण्डलका अध्यक्ष हेमराज लिम्वुले समितिको नाम घोषणा गरी शपथ ग्रहण गराएका थिए । नबनिर्बाचित अध्यक्ष श्रीनेट मगरले सम्बोधन गर्दै हंगकंग र बिदेशमा पनि जनसर्म्पक समितिले भातृ सम्वन्ध राखी संस्थालाई ब्यापक बनाएर लाने प्रतिबद्धता जाहेर गरेका थिए ।

सपथ ग्रहण लगत्तै समितिका अध्यक्ष बसन्त श्रीनेट मगरको अध्यक्षतामा तथा सभासद जोसीको प्रमुख आतिथ्यमा बधाई तथा शुभकामना कार्यक्रम गरीएको थियो । हंगकंगका बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुले विशेष अतिथि तथा अतिथिको आसन ग्रहण गरेका थिए । बैदेशिक बिभाग प्रमुख समेत रहेका प्रमुख अतिथि जोसीले जनसर्म्पक समितिको स्थापनाको लामो इतिहास नभए पनि धेरै रुपमा फड्को मारीसकेर नेपालमा पार्टीलाई धेरै सहायोग गरीरहेको बताएका थिए । हंगकंग लगाएत अन्य देशमा पनि नेपाली जनसर्म्पक समिति नेपाली काग्रेसको पार्टी सम्वद्ध मानिन्छ ।

कार्य समितिको नामावाली

अध्यक्ष : बसन्त श्रीनेट मगर

उपाध्यक्ष : काजी गुरुङ

उपाध्यक्ष : इसन प्रसाद वेवान

महामन्त्री : मिन कुमार गुरुङ

सहमहामन्त्री : नविन स्वाङ लिम्बु

कोषाध्यक्ष : विजय सुब्बा

सहकोषाध्यक्ष : जाविर खाँ

सदस्यहरु :

राम गुरुङ, एक बहादुर राना, अशोक कुमार चौधरी, सैलेन्द्र बोगटी, बम बहादुर वि क, गिता शर्मा, मोहिनी घले

 

फोटो हेर्न तल क्लिक गर्नु होला ।

 

नेपाली जनसम्पर्क समिति हंगकंगको अधिबेशनबाट निर्बाचित समितिलार्इ शपथ ग्रहण तथा बधार्इ

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %