गर्जिए–हुङ्कारको साथमा गैंडाकोटका आदिबासीहरु !!
खडक आले मगर देशमा पहिचान सहितको संघियताको बहास चलिरहेको बेला यता आदीबासी जनजाति महासंघ,गा.बि.स. समन्वय परिषद गैंडाकोट नवलपरासीले ‘आदिबासी हुङ्कार स्मारिका २०७१’ नामक पुस्तक प्रकाशान गरि हुङकार मचाएका छन । आदिबासी दस्ताबेज भन्न सुहाउने करिब २४६ पेजको उक्त स्मारिकामा आदिबासी जनजाति सम्बन्धी बिचार एबम् आलेखहरु संग्रहित छन । आदिबासी जनजाति पत्रकार महासंघ फोनिजका महासचिब समेत रहेका उजिर राना मगर प्रधानसम्पादक र रेडियोकर्मी देबन्द्र सारुमगर (मिक्डी) कार्यकारी सम्पादक रहेको टिमले, उक्त पुस्तक बजारमा ल्याएको हो । बरिष्ठ, बरिष्ठ विद्वान, लेखकहरु देखि लिएर कनिष्ठ सम्मको आलेख बिचारहरु संग्रहित सो पुस्तकले आदिबासीको पहिचान सहितको मुद्दालाई पक्केै पनि टेवा दिनेछ । पुस्तकले गैंडाकोट नगरक्षेत्र भित्र रहेका मगर, गुरुङ , नेवार, दराई बोटे कुमाल, तामाङ्ग भुजेल थारु ल्गायत १० भन्दा बदी जातीय संघ संस्थाहरुको परिचय र गतिबिधिहरु समाहित यो पुस्तक गैंडाकोटे आदिबासीहरुको हुङ्कार भन्दा दुईमत नहोला ।
पुस्तकको बिमोचन, सावन १० गते एक भब्य समारोह बिच गैंडाकोट स्थित द फ्यमिली क्याफे रिर्सोटमा नवलपरासीका जिल्ला शिक्षा अधिकारी खडगबहादुर कुमाल र आदीबासी जनजाति महासंघ,जिल्ला समन्वय परिषद, नवलपरासीका अध्यक्ष कर्णबहादुर सुनारी मगरले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा पुस्तकमाथि चर्चा परिचर्चा, बिरेन्द्र बहुमखी क्याम्पस चितवनका निवर्तमान प्रमुख डा.गणेशप्रसाद खराल, लुम्बीनी डिग्री कलेजका प्रमुख प्रा.बाबुराम राना मगर,प्रा.डा.ऋषिराम अधिकारी, बरिष्ठ साहित्यकार तथा रेडियोकर्मी श्रीजन अबिरल, आदिबासी जनजाति पत्रकार महासंघ फोनिज नवलपरासीका अध्यक्ष के.बि.राना मगर, फोनिज चितवनका अध्यक्ष सन्तकुमार चौधरी लगायतका ब्यक्तिहरुले गरेका थिए । बरिष्ठ विद्वान,लेखक समालोचक देखि लिएर आदिबासी जनजाति अधिकार कर्मीहरु समेत सहभागिता रहेको सो कार्यक्रकममा बोल्दै बक्ताहरुले पुस्तकको महत्व र उपदेयाता माथि प्रस्ट पारेका थिए । कार्यक्रम स्मारिका प्रकाशन समितिका संयोजक उजिर राना मगरको अध्यक्षतामा तथा कार्यकारी सम्पादक देबन्द्र सारुमगर (मिक्डी)को संचालनमा सम्पन्न भएको थियो । कार्यक्रमको शुरुवात समाजसेबी एबम् आदीबासी जनजाति महासंघ,गा.बि.स. समन्वय परिषद गैंडाकोट नवलपरासीका अध्यक्ष टकबहादुर थापामगरले पानसमा दिप प्रज्वलित गरेर उद्घाटन गरेका थिए । भने, स्मारिका प्रकाशन समितिका सदस्य बेलबहादुर दराईले स्वागत भाषण गरेका थिए । कार्यक्रममा आमान्त्रित अतिथिहरु लाई स्मारिका प्रकाशन समितिको तर्फ बाट मायाको चिनो प्रदान गरेका थिए ।