मिस मगर नेपाल–२०१४ भदौमा

Read Time:2 Minute, 54 Second

मनोज घर्तीमगर/पोखरा 

नेपाल मगर सङ्घ, कास्कीको आयोजना तथा रिवर्थ इभेण्ट म्यानेजमेण्टको व्यवस्थापनमा मिस मगर नेपाल–२०१४ भदौ २८ गते पोखरामा हुने भएको छ ।

‘जातीय भाषा, संस्कृतिको उत्थान :

प्रतिभाको प्रस्फुटन हाम्रो अभियान’ भन्ने नाराका साथ मगर समुदायका युवतीहरूको नेतृत्व, व्यक्तित्व विकास, आत्मविश्वास वृद्धि र सामाजिक क्रियाकलापमा अग्रसर गराउने उद्देश्यले मिस मगर नेपाल–२०१४ गर्न लागिएको कार्यक्रम संयोजक एवं नेपाल मगर सङ्घ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले जानकारी दिए । मिस मगर नेपाल प्रतियोगिताका माध्यमबाट मगर भाषा, संस्कृति, रीतिरिवाज, मगर परम्पराको संरक्षण र संवद्र्धन गर्न कार्यक्रम सहयोगी हुने उनले बताए ।

१६ देखि २४ वर्षसम्मका मगर युवतीले प्रतियोगितामा भाग लिनसक्ने प्रतियोगिताका कोरियोग्राफर सुरज थापामगरले जानकारी दिए । उनका अनुसार धरान र कैलालीमा साउन १७ गते, हेटांैडा र बुटवलमा १९ गते, काठमाण्डौमा २२ गते र पोखरामा साउन २५ गते अडिसन मार्फत छनौट गरि ३० जनालाई फाइनल चरणको लागि प्रशिक्षण गराइनेछ । प्रतियोगिता उपाधि बिजेताले पियाजिओ स्कुटर, म्युजिक भिडियो, फस्ट रनर अपले कोर आइ फाइप ल्यापटप, म्युजिक भिडियो, सेकेण्ड रनर अपले एण्ड्रोइड ट्याबलेट मोबाइल र विभिन्न आकर्षक उपहार पुरस्कार पाउनेछन् भने प्रतियोगीका लागि १७ विभिन्न शीर्षक उपाधि समेत राखिएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक नयाँबजास्थित रवि अटोमोबाइल्स रहेको छ । अटोमोबाइल्सले प्रतियोगिता आयोजकसँग हालै स्कुटर दिने सम्झौता गरेको छ । सह–प्रायोजक चिप्लेढुड्डास्थित युमे जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट प्रा.लि. रहेको छ भने प्रबद्र्धधक नेपाल मगर संघ केन्द्रिय समिति रहेको छ । प्रतियोगिता सम्पन्न गर्न करिब २५ लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %