दिपा आलेमगर
काठमाडौं , श्रावण १५ – प्रवासी मगर संघ मलेसियाद्धारा प्रकाशित लाङ्घाली आवाज नामक पत्रिका आज एक कार्यक्रम बिच लोकार्पण गरिएको छ ।
संविधान सभा उपसभामुख ओनसरी घर्तिमगरले अब बन्ने संविधानमा मगरात स्वायत पहिचान सहितको संविधान भन्ने विश्वास दिलाए । उद्घाटन सत्रमा बोल्दै उपसभामुख घर्तिमगरले अब बन्ने संविधानमा पहिचान सहितको संविधान बनाउन सबै मगर एकजुट भएर लाग्नु पर्ने बताए । उनले कार्यक्रममा बोल्दै प्रवासी मगर संघ मलेसियाद्धारा प्रकाशित लाङ्घाली आवाज नामक पत्रिकाले आम मगर जातीलाई अगाडि बढ्ने प्रेरणादिने बताउँदै अब आउने दिनहरुमा राजनीतिक, आर्थिक,शैक्षिक, सामाजिक क्षेत्रमा मगर जातीहरु आफ्नो अधिकार प्राप्तिकोलागि सधै अघि बढ्नु पर्ने बताए ।
मगरात स्वायत प्रदेश र आत्मनिर्णय अधिकार सहितको संविधान बनाउन आदिबासी जनजातिहरु फुटेर होइन जुटेर एकता बद्ध हुनु पर्ने जोड दिए । उपसभामुख घर्तिमगरले प्रवासी मगर संघ मलेसियाद्धारा प्रकाशित लाङ्घाली आवाज पत्रिकाको शुभकामना समेत दिए ।
कार्यक्रममा आदिबासी जनजाति प्रतिष्ठानका उपाध्यक्ष झकबहादुर थापामगर, आदिबासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमाल, नेपाल मगर संघका केन्द्रिय अध्यक्ष महेन्द्र थापामगर, नेपाल प्रहरीका पुर्व महानिरिक्षक कुवेरसिंह रानामगर, मगर महिला सघका संस्थापक अध्यक्ष एव महिला नेतृ बम कुमारीबुढामगर लगायतले आदिबासीजनजातिको हक अधिकारकोलागि आफ्नो पहिचान सहितको संविधान बनाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा लाङ्घाली आवाजको समिक्षा पूर्व सभासद एव नेपाल मगर संघका पूर्व महासचिव रामबहादुर थापामगरले गरेका थिए । कार्यक्रमको अध्यक्षता प्रवासी मगर संघ मलेसियाका अध्यक्ष राजेन्द्र रानामगर थिए भने कार्यक्रमको सहजीकरण नेपाल मगर संघका संगठन सचिव ज्ञानेन्द्र पुनमगरले गरेका थिए ।
प्रवासी मगर संघ मलेसियाद्धारा प्रकाशित लाङ्घाली आवाज नामक पत्रिका नेपालमा पहिलो पटक लोकार्पण गरिएको हो । विदेशमा बसेर भएपनि आफ्नो पहिचानको संरक्षण गर्दै आएर नेपालमा पहिलो पटक लोकार्पण गरिएको आयोजकले जानकारी दिए । कार्यक्रममा मगर विज्ञहरुको उपस्थिति रहेको थियो । लोकार्पण समारोहमा लेखकलाई सम्मान स्वरुप पुस्कृत समेत गरिएको थियो ।
लोकार्पण पत्रिकामा महत्वपूर्ण विषयमा कलम चलाएको लेखकहरु बमकुमारी बुढामगर, झकेन्द्र घर्तिमगर, भोजविक्रम बुढामगर, ज्ञानेन्द्र पुनमगर, माधव दर्लामीमगर, दिपा आलेमगर, टोप अस्लामीमगर, उमेश रानामगर, चन्दा थापामगर, देवेन्द्र खापुंग, युवराज मास्कीमगर लगायतलार्ई सम्मान स्वरुप पुस्कृत गरिएको थियो ।
पत्रिकाको लोकार्पण प्रमुख अतिथि संविधान सभाका उपसभामुख ओनसरी घर्तिमगर लगायत विशेष अतिथि अतिथिहरु लगायत संयुक्त रुपमा गरिएको हो । भने कार्यक्रमको स्वागत मन्तब्य प्रवासी मगर संघ मलेसियाका केन्द्रिय सदस्य हरि दर्लामीमगरले गरेका थिए ।
।