बेलायतमा बर्देवा एकल साँझको तयारीमा

Read Time:3 Minute, 21 Second

सुजन पराजुली,लण्डन ।

नेपाली सुगम संगीतकी स्थापित गायिका शर्मिला बर्देवाले हिन्दूहरुको महान पर्ब बडा दशै तथा शुभ दिपावलीको अबसर पारेर यही आउदो २१ र २८ सेप्टेम्बर साँझ क्रमश: बेलायत लण्डन स्थित ह्यारो फूट्बल क्लब र फार्न्बरो स्थित श्यामुयल कोर्डी स्पोर्ट कलेजमा ”शुभकामना एकल साँझ” गर्ने भएकी छिन   ।

  

करिब दुई दशकदेखी गायनमा सकृय बर्देवाको साङगितिक जिबनकै पहिलो एकल साँझ भएकाले पनि दर्शकको बिशेष सहभागीता अनी साथ पाउनेमा ढुक्क छिन् उनी ।

 ” कोकिल स्वोरकी धनी तारा देवीको सम्झनामा,उहाकै कालजयी गीतहरुबाट दर्शकलाई भरपूर्ण मनोरन्जन दिलाउने तिब्र तयारी मा जुटेकी छु”उनले भनिन । कार्यक्रममा बर्देवाले लाईभ अकेस्ट्राको प्रयोग गर्नेछिन,उनलाई रियाज ब्यान्डको समुहले साथ दिदैछन भने गायनमा सुजन पराजुलिले साथ दिने छन ।

नर्सिङ पेसामा आबद्द बर्देवा कुनै समयकी पार्स्वो संगीतकी चल्तीकी गायिका  हुन । आँखैमा झलझली,मेरो हजुरलाई,फुलको जवाफ,तस्बिरमै यस्तो ,देब्रे आँखा ,सर-सर लगायतका गीत सुपरहिट छन । लामो समयदेखी बेलायत बस्दै आएकी बर्देवाले नेपाली चलचित्र र आधुनिक गरी करिव ६०० बढी गीतमा आफ्नो स्वर दिईसकेकी छिन भने करिव ६ वटा एल्बम बजारमा ल्याइसकेकी छिन ।

नेपाली साङगितिक क्षेत्रमा आफ्ना गीतहरु ल्याउने चाहना हुँदा हुँदै पनि कार्य ब्यस्तता र बिदेश बसाइका कारणले निरन्तरता दिन नसकेकोमा दुखी भएको बताउदै सरकारले श्रस्टाहरुलाई देशभित्रै स्थान दिने ग्यारेन्टी गरेमा बिदेशिने  क्रम रोकिने बताउछिन।

स्वर किन्नरी तारा देवीका कालजयी गीतका साथै आफ्ना चर्चित गीतहरुबाट  करिब २ घण्टा दर्शकलाई  आफ्नो स्वरले बाध्नेछिन  उनले ।

 

कार्यक्रमलाई सफल पारीदिनु हुन बेलायत स्थित सम्पूर्ण पेशाकर्मी,समाजसेवी , कलाप्रेमी , पत्रकार , साथै  सम्पूर्ण दर्शक श्रोतालाई अनुरोध गरेकी छिन । कार्यक्रमको टिकट दर १० पाउण्ड तोकिएको छ भने अंशु ईन्टरटेनमेन्टले कार्यक्रमको सम्पूर्ण जिम्मा लिएको छ । दर्शकहरुको सुबिधालाई मध्यनजर गर्दै अनलाइनबाट पनि टिकेट खरिद गर्ने सकिने जानकारी समेत दिइएको छ । अनलाइन टिकटको लागि  http://www.hamroawaj.com/buy-ticket/   लिन्कमा क्लिक गरेर खरिद गर्न सकिने अंशु ईन्टरटेनमेन्टले  जनाएको छ ।

 

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %