आशिष कुमार लो तामाङ
बुद्ध नेपालमा जन्मेको हुन । यो कुराहरूमा हामी सबै नेपालीहरूले गर्व गर्ने गर्छन । नेपालको पहिचान भनेको बुद्ध भूमि सगरमाथाको देश नेपाल हो । यँही पहिचानमा हाम्रो देश नेपाललाइ विश्व जगतले चिनिएको छ ।
बुद्ध जन्म भूमि नेपाल वास्तवमै बुद्ध भूमि नेपाल नै हुन । यहाँ भद्रकल्पका तीन बुद्धको जन्मस्थलहरू साथै बेोद्ध दर्शनको इतिहास संग सम्बन्धित अनेकन धरोहरहरू हाम्रै समुन्ने खडा छ । तर त्यसलाइ राज्यले पहिचान,सम्बोधन र संरक्षण नगरेको अवस्थामा छ ।
वर्तमान अवस्थाको स्थितिलाइ बुझ्नुको निमि इतिहासको कालखण्डलाइ पनि बुझ्नु पर्ने हुन्छ । लिच्छिवी र मल्ल शासनकाल बेोद्ध दर्शन विकासको निमिता एउटा सुनेोलो कालखण्ड नै थियो । तिनै लिच्छिवी र मल्लहरूको शासनकालमा स्थापित भएको बेोद्धिक चेतना र भेोतिक अवस्थाहरूलाइ शाह र राणा शासनकालमा मेटिने दुस्प्रयास भएको थियो । कतिपय बेोद्ध आस्था केन्द्रहरूलाइ हिन्दुकरण गरिदियो । जस्तै बुढानिलकण्ठस्थान(लुई घंडगेयाल) खोटङ हलेसी महादेवस्थान(ढफुक माराटिका) र दक्षिणकाली (याडलासे) आदि । जहाँ विगतमा बेोद्ध ज्ञान दर्शन शान्ती,अंहिसा, करूणा साथै समानताको पाठ हुन्थ्यो त्यो स्थानमा अतिबादी हिन्दुहरूले पशुबलि दिने स्थानको रूपमा जर्बजस्ती रूपान्तरण गरियो बेोद्ध ज्ञान र दर्शनलाइ निरूत्साहि गरिदियो ।
त्यति मात्रै होइनन बेोद्ध शिक्षाले निरन्तरता नपवोस भन्ने हेतुले ५ जना बेोद्ध भिक्षुहरूलाइ समेत देश निकाल गरेको उदाहरणहरू पनि हामी संग छ ।
विश्व सम्पदाको सुचिमा रहेका स्वयम्भु, बेोद्ध र पशुपतिनाथ विचमै ठुलो विभेद गरिआएको छ । पशुपतिनाथको नाममा उपत्यक देखि लिएर उपत्यक बाहिर विभिन्न स्थानहरूमा हजारेो रोपनी जग्गाहरू पशुपति गुठीको नाममा राज्यले उपलब्ध गरिदिए । तर बेोद्ध र स्वंयम्भुको कुनै गुठी र गुठीको नाममा जग्गा छ भन्ने मैले सुनेको छैन् । वर्तमान परिस्थितमा समेत स्वंयम्भु, बेोद्ध र पशुपतिनाथ विकासकोषको नाममा राज्य संयन्त्रले छुट्याउने बजेटमा ठुलो विभेद छ ।
हामी नेपालीहरू भन्नु त बडो गर्वका साथ भन्छेो बुद्ध नेपालको लुम्बिनीमा जन्मेको हो भनि । यदि कुनै भारतीयहरूले बुद्ध भारतमा जन्मेको हो भन्ने गलत अभिव्यक्तिहरू दियो भने संसार नै हल्लाउने सम्माको कुरोहरू गर्ने गर्छन । तर देश भित्रकै भारतिय दलालीहरू प्रख्यात कुख्यात मानवधिकारबादी कनकमणि दिक्षित देखि लिएर भुतपुर्व संयुक्त राष्ट्रसंघका उपसचिव कुलचन्द्र गेोतमले बुद्ध नेपालमा जन्मेको होइनन भारतमै जन्मेको हो भन्दा चाँही हामी कानमा तेल हालेर सुतेर बसे झै बस्छेो ।
सुर्खेतको काक्रे बिहारमा बुद्धको मुर्ति स्थापन गर्न खोज्दा विवाद उत्पन्न गराउँने कोहि नभएर उच्च तहका सरकारी कर्मचारीकै हात रहेको पनि हामीले स्पष्ट संग देखेको छ । बुद्धको मुर्तिलाइ काठको मुढा झै गरि फ्याक्ने देशको जनताले बुद्ध नेपालमा जन्मेको हो भनि भन्नु कति जयाज हो । बुद्ध मुर्तिलाइ विश्वको कतिपय देशको उच्च सरकारी कार्यलयहरू देखि लिएर विभिन्न राष्ट्र संघमा आबद्ध् संघ संस्थाले ससम्मानका उच्च स्थानमा प्रतिस्थपना गर्छन । त्याँही बुद्धको मुर्ति उसैको जन्म भुमिमा यसरी अपमान र अपहेलित हुन्छ भने भारतीयहरू र भारतीय दलालहरूले बुद्धको जन्मस्थल प्रति हस्तक्षेप गर्ने कुरो हुदैनन र ?
विश्व सम्पदाको सुचिमा रहेको बुद्धको जन्मस्थल लुम्बिनी हिजो सम्मा मुसलमान हरूको चर्पी थियो । विभिन्न बेोद्ध राष्ट्रहरू र सयुक्त राष्ट्रसंघको दबाबमा नेपाल सरकार बाध्य भएर आज लुम्बिनी विकास संरक्षणकोष खडा गरिदिएको छ ।
जो विदेशीहरू संग मागी खाने भाडो जस्तै भएको छ । त्याँही रूपमा सरकारले प्रयोग गर्ने छन । जति पनि अन्तराष्ट्रिय सहयोगहरू लुम्बिनी विकासकोषको नाममा आउँने छ । त्यसले नेपाल सरकारका कर्मचारीहरूले आँप चुसे जस्तै गरी चुसी चुसी आँप कोया मात्रै लुम्बिनीमा फ्याक्ने पक्का छ ।
हालसलै बजेट भाषण भएको छ । जसमा लुम्बिनी विकासकोषको लागि भनि राज्यले छुट्टै बजेट छुटाइएको पनि मैले सुनेन् । सभासदहरूलाइ ५ करोड सम्माको बजेट दिन सक्ने सरकारले राष्ट्रको पहिचान र विश्व शान्तीका अग्रदुत भगवान बुद्धको जन्मस्थल लुम्बीनीको लागि कति बजेट छुट्टाइएको छ। त्यो हेर्न बाँकी नै छन ।
राष्ट्रले भगवान बुद्ध माथी मात्रै होइनन्। यहाँको बेोद्धमार्गीहरू माथी ठुलो विभेद र अपहेलना गरिआएका छन ।
भारतीय नागा बाबाहरूलाइ सम्मानका साथ यहाँ लिङ्ग प्रर्दशन गर्न राज्यले छुट दिएको छ । तर नोबल पुरूस्कार विजेत विश्व विख्यात बेोद्ध धर्मिक गुरू १४ औं दलाइ लामालाइ बुद्धको जन्म भूमि नेपालमा प्रवेश गर्न रोक लगाएका छ ।
विगतमा बर्माका प्रजातन्त्रबादी नेता आङ सङ सुकीलाइ पनि नेपाल प्रवेशको निमित रोक लगाएको थियो ।
हालसलै बेोद्धधर्मलम्बीहरू प्रख्यात धर्मिक गुरू १४ औं श्यामार्पा रिन्पोछेको शवलाइ नेपालमा ल्याएर काठमाडौं रानीवनको फेदीमा स्थापना गरेको श्यार् मिन्हुन् इन्स्टिच्युटमा उहाँको समाधि राख्नु खोज्दा नेपाल सरकारले रोक गरेको छ ।
गृहसचिव सुर्य सिलवालको यस बिषयमा दिएको अभिव्यक्ति सम्भार सेतोपाटी
हाम्रो परम्परा पनि होइन र कानुनले हामीलाई यसो गर्न अनुमति पनि दिँदैन ।
उनीहरूले माग्नु स्वाभाविक हो । साथै भोलि कुनै ठूला मुसलमानले नेपालमा आएर अन्तिम संस्कार गर्न चाहलान् वा कुनै पादरीको त्यस्तो ईच्छा होला, हामीले यसलाई धान्न सक्दैनौं । भन्ने गृहसचिव सुर्य सिलवालको भनाइले स्पष्ट के हुन्छ भने हिन्दु परम्परा बाहेक अन्य परम्परा हाम्रो नेपालको होइनन ।
नेपाल सरकारको उच्च ओहदमा गृह सचिव जस्तो पदमा असिन व्यक्तिको सोच कस्तो अतिबादी रहेछरु यस भनाइ बाट स्पष्ट हुन्छ ।
हामीमा चेतना र जागृतीको खाँचो छ। जागेो, उठेो पहिचान र समानताको निमित ।
बुद्ध र बेोद्धधर्मलम्बीहरू माथी राज्यले विभेद र अपहेलना गरेको छ
Read Time:8 Minute, 48 Second