तेज थापा मगर
अध्यक्ष एमएस थापाको पार्टी र हामी सँगै हुदा उनको राजनीतिक प्रतिवेदनमा हुन्थ्यो, पार्टी कमजोर हुनुमा नेतृत्व तहमा सामाजिक चरित्रका व्यक्तिहरु हावीले गर्दा हो । नेता खपांगीलाई इगिंत गरी उक्त भनाई थापाको प्रतिवेदनमा प्राय सदै हुन्थ्यो ।
नेता खपांगीसहित हामीलाई पार्टीवाट सिस्नोले लखेट्न थापा पूर्ण सफल भएपछि उनको प्रतिवेदनले १ सय ८० डिग्रीको दिशा वदल्यो र प्रतिवदेनले भन्नथाल्यो, २३ वर्र्षसम्म पार्टी भूईमा लत्रिनुमा एकलै हिड्ने नीतिले गर्दा हो । यो भनाई एमाओवादीको पुच्छर समाउनुपर्ने पुष्टि गर्दै पहिलो संविधान सभाको ४ वर्ष कार्यकालभर एमाओवादीलाई अंगालो मा–यो । तर, दोश्रो संविधान सभाको निर्वाचन परिणामले थापाको पछिल्लो राजनीतिक प्रतिवेदनलाई लोप्पा खुवाइदियो । २०५६ सालको चुनापमा १ लाख बेसि भोट ल्याएको यो पार्टीले पहिलो संबिधानसभा चुनाव २०६४ मा ५६ हजार कटाउँन हम्मे पर्यो , दोष्रो संबिधानसभा २०७० मा त झन फलामकै चिउरा साबित भो । राजनीतिमा नैतिकता हुन्छ, सडकमा हिड्दा पनि मुख छोप्नुपर्ने हो, अध्यक्ष थापाले ।
दोश्रो संविधानसभाको निर्वाचनपछिको विकसित नयाँ राजनीतिक परिस्थितिमा एमाओवादी–मधेशवादी दलहरु वीच मोर्चामा आउँन वाध्य भए । यो मोर्चामा एमएस थापा एण्ड कम्पनी छुट्यो । सायद, एमाओवादीको दृष्टिकोणमा थापाको पार्टीलाई उपयोग गर्ने औचित्य समाप्त भयो कि ? १२ वैशाख २०७० को अकल्पनीय घटनादेखि एमाओवादी लगायत घरेलु तथा वाह्य शक्तिको मिशन पूरा भयो होला जस्तो छ । यति मात्र होइन नेपाल आदिवासी जनजाति महासँघलाई उचाल्नुपर्ने औचित्य समाप्त भएको भए यो पनि पक्कै रछ्यानमा फालिने नै छ । यी कुरा भविष्यले देखाउदै जानेछ ।
उपरोक्त भनाई मननयोग्य छ । यति गहिरो कुरा जनजातिले थाहा पाउलान जस्तो लागेको थिएन होला । भगवान वुद्धले हामीलाई संज्ञान दिइसकेका छन् । विस्तृत कुराहरु भविष्यमा उजागर हुदैजानेमा म विश्वस्त छु । प्रत्येक सालको वैशाख १२ लाई कालो दिनको रुपमा मनाउनुपर्ने हो कि ? म यो एजेण्डा पाठकवर्गमा पेश गर्दछु ।