गाउँमा उदाहरणीय बनेका छन् एच,आई,भि संक्रमितका जोडी

Read Time:12 Minute, 6 Second

एच,आई,भि संक्रमित, प्रभाबित परिवार र उनीहरु संग हातेमालो गर्न चाहाने हरु बिचको समुह प्रभाबकारी बन्दै छ  ।

 

देब पचभैया

 

पाल्पा , ६ जना संक्रमित, प्रभाबित परिवार र उनीहरु संग हातेमालो गर्न चाहाने २१ जना मिलेर गत साल जेठ २६ गते गठन भएको अर्गली पाल्पा स्थित अर्गली आयआर्जन बिकास समुहले अहिले कुखुरा , माछा , बाख्रा पालन किनारा र तरकारी पसलमा लगानी गरेको छ । समुह बाट रिन लिएर ब्यवशाय गर्नेहरु बढी संक्रमितहरु नै छन् ।

(हे तस्बिर, पाण्डेको जोडी)

 

समुह बनेपछि ब्यवशाय शुरु गर्न चाहाने संक्रमित, प्रभाबित परिवार र अन्य परिवार लाई त फाईदा पुगेकै छ अझ संक्रमितलाई हेर्ने नजर पनि गाउमा फेरिएको छ ।

संक्रमितहरुले शुरु गरेको अर्गानिक तरकारी खेती फस्टाएको छ । बजारमा पाइने तरकारीमा औषधी मिसाउने हुनाले स्वास्थ्यको फाईदाको लागी पनि आफै तरकारी खेती गरेको संक्रमित हरुले बताएका छन् ।  उनीहरुले  आफुलाई बढी भएको तरकारी बजारमा बिक्रि गर्छन् । 

एच,आई,भि एड्सको क्षेत्रमा १० बर्ष अघि देखि जिल्लामा सक्रिय सस्था सक्रिय सेवा समाजबाट बिउपुजी स्वरुप १५ हजार प्राप्त सहयोग बाट स्थापना भएको अर्गली आयआर्जन बिकास समुहमा अहिले झण्डै ४० हजार जम्मा भएको छ ।

समुह बाट मासिक उठ्ने प्रति ब्यक्ति शय रुपिया र लगानी बाट उठ्ने ब्याज बाट समुहको रकम दिनदिनै बढ्दै गएको छ ।

समुह बाटै रिन लिएर बाख्रा पालन शुरु गरेका संक्रमित ३८ बर्षिय कृष्ण पाण्डेले अहिले ब्यवशायिक रुपमै तरकारी खेती र भैसी पालन गरेका छन् । पोहोर साल बाख्रा बेचेर  ६० हजार बढी आम्दानी भएपछि हौसिएका पाण्डेले अहिले उन्नत जातको १० बाख्रा पनि थपेका छन् ।

ब्यवशाय गर्न संघाएकी पाण्डेकी श्रीमती माधबी (सरिता) समुहकी अध्यक्ष पनि छिन् । शुरुमा समुहमा बस्न नमान्नेहरु अहिले मिसानुपर्र्यो भन्दै आएका छन् , माधबी भन्छिन् “समुह बनेपछि हामीलाई पनि आत्म बिश्वास बढेको छ, ब्यवशायमा लगानी गर्दा आउने  तत्कालका साना तिना  समस्या टरेको छ, गाउलेले हेर्ने नजर फेरिएको छ  । ”

भारतमा बस्दा ७ बर्ष अघि देखि एच,आई,भि संक्रमित बनेका कृण्ण अहिले समाजमा आएको परिबर्तन पछि दंग छन् । पहिले वास्तै नगर्ने छिमेकीहरु संग अहिले एकै समुहमा बसेर संगै काम गर्न पाएकामा गर्भ लागेको बताउछन् । छिमेकी र साथी भाईले भोजभतेरमा काम गर्दा देखि खानपिन र पुजापाठमा समेत पुरानै ब्यवहार गरेको भन्दै कृण्ण भन्छन्  “सबैको सहयोगले गर्दा होला आफुलाई संक्रमित हु भन्ने नै लागेको छैन । ”

संक्रमित र प्रभाबित परिवार संग मिलेर समुह बनाउने काममा सक्रिय भुमिमा खेलेका स्थानिय समाज सेवी एब पुर्ब शिक्षक ७० बर्षिय रेम बहादुर राना मगर भन्छन् संक्रमितलाई माया र सहयोग चाहीएकाले सहयोग गरेका हौ ।  एच,आई,भि र एड्स प्रतिको गलत धारण र सर्ने नसर्ने तरिकाको बारेमा बिस्तारै गाउलेहरुले बुझ्दै गएकाले सकारात्मक प्रभाब पर्दे गएको स्थानिय स्वय् सेबीका समिक्षा राना मगरले बताईन् ।

समस्या जसलाई पनि पर्न सक्ने रैछ, ६ बर्ष अघि एच,आई,भि एड्कै कारण ३० बर्षिय छोरा बसन्तलाई गुमाएकी ५६ बर्षिय भुमा कुमारी सुबेदीले भनिन् एच,आई,भि भएकाहरु समाजमा खुलेर बाहिर आउनुपर्छ, उपचार र सबैको सहयोग पाउन सकिनछ ।

अर्गलीमा जस्तै पाल्पाका अन्य ३ स्थानमा पनि एच,आई,भि संक्रमित, प्रभाबित परिवार र उनीहरु संग हातेमालो गर्न चाहाने हरु बिच  समुह बनेका छन् । रामपुरको सिर्जनशिल आयआर्जन समुह, झडेवाको सप्तरंगी आयआर्जन समुह र पालुङ्ग मैनादीको , पालुङ्ग मैनादी आयआर्जन समुह ।

१३ संक्रमित सहित २८ सदस्सिय गठन भएको पालुङ्ग मैनादी आयआर्जन समुहमा अहिले ४५ हजार बढी बचत भएको छ । यही समुहको सहयोगमा बाख्रा पालनमा पाँच जना  , सिलाई बुनाई एक र तीन जना संक्रमितले  किराना पसल संचालन गरेका छन् ।

समुहबाट रिन लिएर बाख्रापालन गरेका पालुङ्ग मैनादी ४ का ४७ बर्षिय लाल बहादुृर ठडराईले अहिले टमाटर खेतीको शुरु गरेका छन् । संक्रमित श्रीमती माया र छोरा प्रदिपले लाल बहादुरको ब्यवशायलाई सहयोग गरेका छन् ।  घरब्यवहार चलेको छ, लाल बहादुरले भने , “सानातिना कामको लागी अरुकोमा रिन खोज्नुपरेको छैन ।  ”

समहु बाट आठ, दश हजार मात्रै सहयोग मिल्ले हुनाले अलि ठुलो सहयोग मिल्ने भए उन्नत जातको बाख्रा र भैसी पाल्ने  चाहान भएको उनले सुनाए ।

सामाजिक रूपमा अपमानित हुने वातावरण कम गर्न र आर्थिक रूपमा उनीहरूलाई सबल बनाउन आयआर्जनको काममा सहयोग गरेको  सक्रिय सेवा समाज पाल्पाका टिम लिडर लिलाराज भटराइले बताए ।  संक्रमितहरुलाई ब्यस्त राख्ने हाम्रो योजना हो,भट्टराईले भने , यसले सामाजिकिरणलाई पनि टेवा पुर्याएको छ ।

 

आयमुलक कार्यमा ब्यस्त छन् एच,आई,भि संक्रमितहरु

 

पाल्पाका एचआइभी संक्रमितहरू आयआर्जन गर्न विभिन्न पेशा व्यवसायमा ब्यस्त भएका छन । जिल्लामा रहेका २ सय ३७ जना एचआइभी संक्रमित मध्ये ८८ जना कृषि, रोजगारी तथा अन्य व्यवसायमा संलग्न रहेका छन् । सरकारी सेवामा ४ जना, दुग्द्य उद्योगमा ५ जना, संघसंस्थामा १८ जना संलग्न रहेको सक्रिय सेवा समाज पाल्पाले जनाएको छ । माछापालन, तरकारी खेती, सिलाई कटाई जस्ता व्यवसायमा ६० बढी संलग्न रहेको संक्रमतिहरुको सस्था प्रतिबद्ध समुहका अध्यक्ष लक्ष्मी कुवरले जानकारी दिईन् ।

एचआइभीबाट संक्रमित ३४ जना बालबालिका बाहेक अधिकांश कुनै न कुनै पेशामा आबद्ध छन् । आत्म निर्भर बन्न चाहाने संक्रमितहरुलाई सबैको सहयोग आबश्यक छ, जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका एच,आई,भि एड्सका फोकल पर्संन माधब ज्ञवालीले भने जिल्लामा रहेका संक्रमितहरु ब्यवशायीक आयआर्जनका काममा लागेर उदाहरणिय काम गरेका छन् ।

 

उदाहरणीय बनेका छन् एच,आई,भि संक्रमितका जोडी

 

दुबैको दोश्र्रो बिबाह । त्यो पनि एच,आई,भि संक्रमित भएकै समयमा  ।

एच,आई,भि लागेका बिचको बिवाहलाई धेरैले रुचाएका थिएनन् । चार बर्ष अघि बिवाह गरेका अर्गली पाल्पाका कृण्ण पाण्डे र भैरबस्थानकी माधबी पाण्डे आज समाजमै उदाहरणीय बनेका छन् ।

भारतको डिल्लीमा रहदा ७ बर्ष अघि एच,आई,भि देखिएको थाहा पाएपछि अर्गली पाल्पाका कृण्ण पाण्डेलाई उनका श्रीमतीेले छोडेर हिडेकी थिइन् । भैरबस्थानकी माधबी (सरिता) का  श्रीमानले  एच,आई,भि एड्कै कारण ज्यान गुमाएका थिए । श्रीमान बाट संक्रमित माधबी  र कृष्णको भेट सदरमुकाम तानसेनमा ५ बर्ष अघि भएको थियो । संक्रमितहरुको भेलामा आफुहरुको भेट भएको उनीहरु सम्झिन्छन् ।

परिवारको हेलामा थिए, जिवनकै आशा मारेको मान्छे म, माधबीले बिगत सम्झिए , आज उहालाई नपाएको भए म पृथ्बीमा रहन्नथे होला । उनले श्रीमान् कृष्णलाई हेर्दे भने हामीले बिगत बिर्सिएका छौ ।

एस,एल,सि सम्म पढेकी माधबीले बिगत सम्झिदा बिष्णु घोप्टो मुन्टोमा थिए । माधबीले पहिलो श्रीमानलाई एच,आई,भि भएको प्रसंग कोट्उदा उनले पनि आफुले पाएको दुख बिसाए । दुबैको दुख भगवानले सुनेका रैछन्, बिष्णुले अनुहारमा खुशि छाड्दै भने आज हामी एक अर्काको साथी बनेका छौ ।

एच,आई,भि एड्स को क्षेत्रमा काम गर्ने साथीहरुको सल्लाहामा उनीहरुले मन्दिरमा गएर बिवाह गरेका थिए ।

बेला बेलामा हुने कार्यक्रममा भेट भएदेखि नै हामीले आपसमा मन पराएका रहेछौ, साथीहरुको करपनि बढी भो , बिहेको प्रसंगमा  कृष्णले बोल्दै गर्दा माधबीले लाजले रुमाल टोकेकी  थिईन् । हामी समाजमा खुलेर लागेकाले पनि दुई जनाको भेट भएको थियो । माधबीले प्रश्न गरिन् नत्र कहा भेट हुन्थ्यो र ?  माधबीको कुरामा कृष्णले समर्थन जनाउदै टाउको हल्लाए ।

 

समाजमा लुकेर बसेकाहरुलाई उनीहरुले खुल्न आग्रह गरे ।

 

खुलेर लागेपछि मात्रै सबैको सहयोग मिल्ने रैछ, कृष्णले भने नत्र हामीपनि यहा सम्म आउने थिएनौ ।

३ बर्ष अघि देखि ब्यवशायीक रुपमा बाख्रा पालन शुरु गरेका उनीहरुले अहिले दुहुनो भैसी पनि थपेका छन् । गोठमा रहेका १० बाख्रा र भैसीको स्याहार गर्दे उनीहरुको दिन बित्छन् । दुखले हाम्रो भेट गराएको हो, कुराकानीको अन्त्यमा माधबीले भनेकी थिईन् मर्ने त सबै जना हो, तर हामी भने एकै पटक जान पाउ भनेका छौ ।

एच,आई,भि एड्स निको पार्ने औषधी  बिज्ञानले समेत पत्ता पाएको छैन तर माधबी र कृष्णको साहस र आत्मबललाई हेर्दा साथ र सहयोग पाए धेरै संक्रमितहरु माधबी र कृष्ण बन्न सक्छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %