बेलायतमा नेतृत्व बिकास तालिम सम्पन्न

Read Time:3 Minute, 27 Second

भावना परिष्कृति सुनुवार

बेलायत , नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायतले गत आइतबार ६ जुलाईका दिन मगर महिला संघ बेलायतका महिलाहरुलाई ” नेतृत्व बिकास तालिम” प्रदान गरेको छ l

मगर महिला संघ बेलायतको आयोजना तथा मगर महिला संघकी अध्यक्ष हिमाली राना मगरको अध्यक्षतामा सम्पन्न उक्त तालिमलाई नेपाल आदिबासी महिला महासंघकी अध्यक्ष कमला थापा र महा सचिब बिमला सेनेले प्रशिक्षण दिएका थिए ।  कार्यक्रम महासंघकी सचिब भावना परिष्कृतले संचालन गरेकी थिइन् l नेतृत्व के हो ? र ,नेतृत्व कसरि गर्ने ? नेत्तृत्वको शैली ,असल नेत्तृत्व कर्तामा हुनु पर्ने गुण ,संगठन निर्माण ,बैठक संचालन बिधि ,कार्यालय र व्यवस्थापन , प्रचार प्रसार तथा प्रपोगांडा आदि जस्ता थुप्रै महत्व पूर्ण बिषयहरुमाथि केन्द्रित हुदै प्रदान गरिएको नेतृत्व बिकास तालिमले , महिलाहरुलाई मात्र नभएर पुरुषहरुलाई पनि लक्षित गरेको थियो l

मगर महिला संघ बेलायतका पदाधिकारीहरु र अन्य सहभागी महिला पुरुषहरुको व्यक्तित्व बिकासको निम्ति बिगतमा पनि नेपाल आदिबासी जनजाति महिला महासंघले उद् घोषण तालिम प्रदान गरेको थियो l यस प्रकारको सिप र ज्ञान मुलक तालिमले बेलायतमा भएका सबै जातीय संघ संथाका महिलाहरुको समग्र बिकास सघाउ पुर्याउने कुरामाथि जोड दिदै, भविष्यमा पनि अन्य बिबिध बिषयहरु माथि तालिम संचालन गरिने  आयोजक संघकी अध्यक्ष रानाले बताईन l

संघ संथा र अन्य सामाजिक छेत्रमा नेतृत्व बहन गर्दा बटुलेका आ – आफो अनुभवलाइ महिला पुरुष सबै प्रशिक्षेर्थीहरुले खुलस्त पार्नुको साथै बाधा ,चुनौती संग नहटि,संघर्ष र प्रयत्नलाई निरन्तरता दिई रहनु पर्ने कुरा तालिमबाट ज्ञान भएको बताए l असल  नेतृत्व कर्तामा भाषण भन्दा काम गर्ने  क्षमता हुनुको साथै काम गरेर नै उदाहरण बन्न सक्नु पर्छ मगर संघका बेलायतका अध्यक्ष दुतपुन मगरले मन्तब्य राख्दै भने l

बिहान ११ बजे सुरु भएको तालिम साँझ ५ बजे समापन भएको थियो l प्रशिक्षक द्धय कमला थापा(अध्यक्ष ने.आ. ज.म.म.बेलायत ) र बिमला सेनेलाई (महासचिब ने .आ. ज. म. म. बेलायत )लाइ मगर संघकी अध्यक्ष राना र उपाअध्यक्ष छाबिमाया पुन द्धवारा सम्मान स्वरूप मायाको चिनो प्रदान गरिएको थियो l

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %