राम कुमारश्रेष्ठ
बेण्डिगोमा बुद्धको मूर्ति स्थापनाबारे गत हप्ता केहीले जिज्ञासा राख्नु भएको र यो जिज्ञासा धेरैमा हुन सक्ने ठानी सबैको जानकारीको लागि सान्दर्भिक केही थप जानकारी गराउन प्रयाश गरिएको छ । आगामी बर्ष बेल्जियममा बिभिन्न देशका बिदेशीहरुलाई समेत सहभागी गराएर एउटा अन्तराष्ट्रिय संगोस्ठी र यो बर्ष अन्तराष्ट्रिय साहित्यिक कार्यक्रम गरिने कार्यक्रम रहेकोले बिशेषत बेल्जियममा केही सरकारी प्रतिनिधिहरु भएको बेलामा अन्तराष्ट्रिय संगोस्ठीको लागि सरकारसंगको सहकार्यको संभाबनाबारे अभियान छलफलमा जुटेका कारण ब्यस्त हुन परिरहेको थियो । त्यसमाथि देश तेरियामय भैरहेको बेला अभियान र अधिकांश नेपालीले तेरियाले त्यहाँ जे बोलोस भनेर चाहिरहेको थियो सोही अनुसारको सामग्री सामाजिक सन्जाल मार्फत अनाबस्यक किसिमले बढी आउन थालेको, तर त्यस्का कारण झन अनपेक्षित संभाबित समस्यालाई समेत नकार्न नसकिने भएकोले उपयुक्त ब्यक्तिहरुको खोजी गर्दै अभियानले त्यसबारे उपयुक्त उपायको ब्यबस्था गरिसकेकोले सामाजिक सन्जालमा मौन बसी आबस्यक अन्य काममा लाग्न कन्भिन्स गर्न पनि समय खर्चनु पर्यो । दुई ग्रुपद्धारा सिर्जित 121 TM को आतंकले तेरियाका समर्थकहरुले पछील्लो समयमा झेल्नु परेको अर्को समस्याको कथा त छँदै छ जुन दार्जिलिंगबाट सिर्जना गरिएको जानकारी प्राप्त भएको छ । दार्जिलिंगकी ८ बर्षीया अनुषा क्षेत्रीका समर्थकहरुद्धारा यसो गरिएको हुन सक्ने अडकल छ । तेरिया नेपाल आउने बित्तिक्कै अभियानको तर्फबाट सम्मान गर्नका लागि अभियानको नेपाल टिमसंगको छलफल र उनी नेपाल फर्कने समय यकीन नभएको अवस्थामा छोटो समयमा कार्यक्रमको लागि बिशिस्ठ ब्यक्तिको प्रमुख आतिथ्यताको संभावनाबारेको खोजीको लागि पनि यही समयमा समय दिनु परेकोले यो समाचार लेख्नमा ढिलाइ हुन गयो ।
बेण्डिगोमा बुद्धको मूर्ति स्थापना बिषयमा अस्ट्रेलियाका लागि नेपाली राजदूत र भिक्टोरियाको अबैतनिक महाबाणिज्य दूतज्यूहरुलाई समेत जानकारी दिएर पहिला पररास्ट्रमन्त्रीलाई र पछि प्रधानमत्रीलाई नै पत्र लेखिएको हो कम्तीमा नेपालमा तयारी अवस्थामा रहेको ३७” अग्लो मूर्ति सरकारी साधन र श्रोत प्रयोग गरी ढुवानी गरियोस भनेर । अभियान जनचेतना जगाउने चरण पार गरी नयाँ चरणमा प्रबेश गरेको सन्दर्भमा बिभिन्न देशको बिस्वब्यापी वा राष्ट्रिय स्तरको महत्वका स्थानहरुमा नेपालमा नै बनेको बुद्धको मूर्ति बुद्ध नेपालमा जन्मनु भएको जानकारी सहित राखी नेपाली कला र लुम्बिनीको प्रबर्द्धन गर्ने अभिप्रायले यो कार्यमा हामी लागेकोले हाम्रो नेपालको टिमले प्रधानमन्त्रीलाई भेटी सबै कुराको जानकारी गराउने र ढुवानी कार्यमा सरकारी संलग्नतालाई ब्यबस्थित गर्ने चाहनाले गर्दा सबै कुरामा ढिलाई भैरहेको छ । मन्त्रीपरिषदबाट नै बजेट समेत अनुमोदन भएको युनेस्कोको मुख्यालयमा बुद्ध जयन्तीमा बुद्धको मूर्ति राख्ने काम त समयमा हुन सकेको छैन मूर्ति समयमा नै पेरिसमा आइनपुगेकोले भने सरकारी संलग्नतालाई पर्खेर बसेको हाम्रो योजनाले मूर्त रुप पाउनमा ढिलाई हुनु अस्वाभाबिक भएन ।
नेपाल(बेल्जियम दौत्य सम्बन्ध स्थापना भएको ५० बर्ष पुगेको अबसरमा बेल्जियमका केही महत्वपूर्ण स्थानहरुमा अभियानले दूताबाससंग मिलेर बुद्धको मूर्ति स्थापना गर्ने सोंच अनुरुप प्रयास पनि भएका थिए, तर केही चरणको मिटिङपछी हाम्रो प्रस्तावलाई स्वीकार्न बिभिन्न बहानामा असमर्थता देखाए । क्रिस्चियन समुदायको बाहुल्यता भएको कारण बुद्धिज्मको प्रभाव बढने आशंकाले यस्तो भएको हुन सक्ने आशयको अभिब्यक्ति आएको छ बुद्ध र लुम्बिनी बिषयक २५ घण्टे कार्यक्रममा ।
अभियानले नोबेल पुरस्कार प्रदान गरिने ठाउँमा बुद्धको मूर्ति स्थापना गर्ने प्रयास पनि संभब नहुने भएको छ । हाम्रो सोंच थियो कि संसारकै सबैभन्दा ठुलो पुरस्कार प्रदान गरिने सो हल नोबेल पुरस्कार कमिटिको आफ्नै हो, तर सो हल भाडामा लिने गरिएको रहेछ । उक्त कमिटी नर्वेजियन नोबेल इन्स्टिच्युट अन्तर्गत भएकोले दोश्रो बिकल्पको रुपमा त्यस्लाई लिए तापनि सो इन्स्टिच्युटमा उपयुक्त स्थानको अभाब भएकोले त्यस्का डाइरेक्टरलाई बुद्धको मूर्ति उपहार दिने काम मात्रै भयो जुन समाचार मार्फत आइसकेको छ ।
पाठ्य पुस्तकमा बुद्ध जन्मस्थल बिषयमा भएको गलत जानकारी सच्याउने सरकारी निर्णय कोरियामा भएपछी स्वीडेनको पाठ्य पुस्तकमा बुद्ध जन्मस्थल बिषयमा भएको गलत जानकारी सच्याउने काम निर्णयक मोडमा पुगेको छ । अभियानको पहलमा भएको यस कार्यमा नेपालको तर्फबाट युरोपेली संघ र स्विडेनका लागि जिम्मेवारी सम्हाल्दै आउनु भएका राजदूतज्यूहरुको सहयोग र सहभागिता रहेको छ ।
हुन त केही ब्यक्तिहरु बिभिन्न देशको कोर्स बुकमा भएको गल्ती चिट्ठी दिएको भरमा सच्चिने र यो कुनै महत्वपूर्ण काम नभएको भन्दै हिडने गरेको पनि पाईन्छ । धेरैले धेरै लेखकलाई उनीहरुले लेख्ने गरेका गलत जानकारी सच्याउन अनुरोध गर्दै चिठी लेखेको जानकारी आउने गरेका छन, तर गल्ती सच्याइेएको जानकारी सहितको पत्र आजसम्म प्राप्त भएका छैनन । न्यूजविकको प्रधान संपादक एबं सिएनएनका कार्यक्रम प्रस्तोता (ओबामाको मन्त्री मण्डलमा पर्ने चर्चामा समेत आएका ब्यक्ति, तर उन्को एउटा गल्तीका कारण अहिले सेलाएर बसेका) जाकारीयाले आफ्नो पुस्तक, जुन पुस्तक ओबामाले समेत आफ्नो निर्वाचन प्रचार अभियानमा बोकेर हिंडेको फोटो सार्वजनिक भएको छ, मा दिएका गलत जानकारी सच्याउन कयौं नेपालीले ब्यक्तिगत र संस्थागत रुपमा चिट्ठी लेखे, उन्का पुस्तकहरु जलाइेएको र नेपालको संसदमा बिरोध गरिएका लिंकहरु दियौं, उन्को फेसबुकमा भएको पेजमा गएर डिसकसन बोर्ड (जुन सुबिधा फेसबुकले अहिले हटाएको छ) मा उन्को पुस्तकको बिरोधमा छुट्टै बिषय सिर्जना गरी ब्यापक दबाब दियौं र पनि उन्ले सच्याउने काम गरेका छैनन भने कुनै देशको कोर्स बुक नै सच्याउने कामलाई त्यत्ति सहज रुपमा कसरी लिन सकि एलारु अरुको टिका टिप्पणी गर्दै हिंडेर सुझाबै मात्रै दिन जति सजिलो हुन्छ काम पनि गर्न त्यत्ति सजिलो हुने भए समस्यै हुने थिएन । अभियान जस लिनभन्दा पनि दिनमा खुशी हुने गर्छ अभियानको उद्धेस्य प्राप्ती कार्यमा योगदान दिने काममा लाग्ने पूर्व प्रधानमन्त्री, पूर्व मन्त्री, पूर्व राजदूत, बरिस्ठ पत्रकार, पत्रकार, भिक्षु आदिलाई सम्मान गरिसकेको छौं भने बेल्जियममा अहिलेसम्मको अवस्थामा ३ जना राजदूतलाई सम्मान गर्ने सोंचमा छौं । अभियानकै पहलमा भएका कामहरुको जस अरुले लिंदा समेत अभियान मौन नै बस्ने दुई उदाहरण ब्रिटिश म्युजियम र अमेरिकी जुत्ता कम्पनीका घटनाहरु हुन । यस अघि हामी हाम्रा गतिबिधिबारे पत्रिकालाई कमै जानकारी दिने गर्थ्यौं केही पत्रिकाले हाम्रा ब्लग, ईमेल, नोट र स्टाटसका आधारमा समाचार बनाउने गर्थे