उप प्रधानमन्त्री माननीय प्रकाशमान सिंहज्यूको प्रमुख आतिथ्यतामा तेरिया फौजा मगरको स्वागत र सम्मान

Read Time:5 Minute, 17 Second

राम कुमार श्रेष्ठ

१५ आषाढ, ग्वार्खो, ललितपुरस् आज लुम्बिनी कपिलवस्तु दिवस अभियानद्धारा आयोजित डिआइडि लिटिल मास्टर्स सेसन ३ का बिजेता तेरिया फौजा मगरको स्वागत र सम्मान कार्यक्रममा अभियानद्धारा प्रदान गरिएको लुम्बिनी वालिका शान्ति दूतू उपाधी कार्यक्रमका प्रमुख अतिथि उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले हस्तान्तरण गरका थिए । उक्त कार्यक्रममा उपप्रधानमन्त्री सिंहले शान्ति दुतको सम्मान गर्दै तेरिया मगरले नेपालको नाम विश्वमा चिनाउने काम गरेको बताए ।

लुम्बिनी कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले अस्ट्रेलियाबाट कार्यक्रमलाई सम्बोधन गर्दै बिलक्षण प्रतिभा एबं बेजोड जादुमय विस्व स्तरीय नृत्य कलाका कारण ११ बर्षीया तेरिया मगरले झण्डै ४ लाख बालबालिकाले भाग लिएको प्रतियोगितामा छनोट भएका ४० हजार प्रतिस्पर्धीलाई पछि परेर बिस्वकै झन्डै १८ प्रतिशत जनसख्या भएको यस क्षेत्रबाट चुनौतिपूर्ण डीआईडी लिटिल मास्टर्सको सेसन ३ को बिजेता भएर राष्ट्रिय गौरब र प्रतिस्ठालाई उचो पार्ने काम गरेकीले अभियानले सम्मान स्वरुप तेरियालाई लुम्बिनी कपिलवस्तु दिवस अभियानको लुम्बिनी वालिका शान्ति दूतू को रुपमा नियुक्त गर्ने निर्णय गरेको बताए । तेरिया मगरले प्राप्त गरेको पुरस्कारको नियमानुसार तिर्नु पर्ने कर एउटी ११ बर्षीया वालिकाले राष्ट्रिय प्रतिस्ठा बढाउन गरेको उल्लेख्य योगदानमाथि बिचार गरेर राज्यका तर्फबाट मिनाहा गर्न सकिए त्यस्लाई देशले उनीप्रति गरेको सम्मान पनि ठहरिने भएकोले अभियान यस बिषयमा नेपाल सरकारको ध्यान आकृस्ट गर्न चाहन्छ श्रेष्ठले अगाडि भने । ब्यक्ति बिशेषको छोरीभन्दा पनि नेपालकी छोरी भैसकेकी तेरियाको संस्थागत अभिभाबकको हैसियतमा उनीमा भएको अद्धितीय अदभूत कलाको बिभिन्न देशमा प्रबर्धन गर्नुलाई पनि अभियान आफ्नो दायित्वको रुपमा लिनेछ श्रेष्ठले थपे ।

कार्यक्रममा लुम्बिनी कपिलवस्तु दिवश विश्व अभियानका सार्क सल्लाहकार केदार शाक्यले तेरियाको काँधमा विश्वमा नेपाललाई चिनाउने थप जिम्मेवारी आएको बताए । उनले बुद्ध नेपालमा जन्मिएको बारेमा तेरिया पुगेका ठाउँहरुमा प्रचार प्रसार हुने विश्वास व्यक्त गरे । ललितपुर उपमहानगरपालिका पूर्व मेयर तथा अभियानका राष्ट्रिय सल्लाहकार बेखारत्न शाक्यले तेरियाको क्षमताको प्रशंसा गर्दै नेपालमा स्वागत गर्न पाएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रमको अध्यक्षको आसनबाट लुम्बिनी कपिलवस्तु अभियानका नेपालका संयोजक हरि कुमार श्रेष्ठले तेरियाका कारण नेपालको नाम विश्वमा नै अझै बढि पुगेको बताए । श्रेष्ठले तेरियाको प्रतिभाको सम्मान गर्दै बुद्धको बारेमा विश्वलाई चिनाउनका लागि शान्ति दुतको घोषणा गरिएको स्पष्ट पारे । श्रेष्ठले अभियानले अहिलेसम्म गरेको कामको बारेमा जानकारी दिदै गुगलको नक्सामा बुद्ध जन्मेको देश नेपाल लेखाउन सफल हुनुका साथै, विभिन्न देशका पाठ्यक्रमहरुमा पनि सच्याउन सफल भए को बताए ।

श्रीकुमार श्रेष्ठद्धारा उदघोषित कार्यक्रममा तेरियाका भारती गुरु ॐकार शिण्डे र नेपाली गुरु सुरेश सिन्चुरी, तेरियकी ममी अनिता मगर र हजुरबुवालाई पनि खादा ओडाएर सम्मान गरिएको थियो ।

नेपाली मुलका विभिन्न प्रतिभाहरुले भारतका चर्चित रियालिटी शोका उपाधी जितेका छन् । तर, तेरिया यस्तो ठूलो उपाधी जित्ने पहिलो नेपाली चेली हुन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %