बम थापा सूर्यवंशीमगर बेलायत
२१ जुन २०१४, लण्डन. मगर संघ यु के का कर्मकाण्ड सचिव कृष्ण दर्लामीमगर र कर्मकाण्ड टिमको पहलमा दानबिरज्यूहरुको पुन्य दानबाट बुद्ध मुर्ति नेपालमा खरिद गरियो । बुद्ध जयन्तिको शुभ अवसरमा श्रद्धेय भन्ते भिक्षु मगर (मेधंकर) ज्यूको साथमा शान्तिका महानायक महाकारुणिक तथागत गौतम बुद्धको प्रतिमा प्रतिस्थापना गर्ने जुन योजना थियो बुद्ध मुर्तिको कार्गो ढिलाई भएको कारणले प्रतिस्थापना हुन सकेन । बुद्ध जयन्तिको अर्को दिनमा मात्र कार्गो द्धारा बुद्धको मुर्ति नेपालबाट बेलायतमा ल्याएको छ । यो मुर्तिको बिधि पूर्बक प्रतिस्थापन नभएको कारणले अनुहार छोपेर राखिएको थियो । बुद्धधर्म मानवताबादी प्रगतिशील बैज्ञानिक धर्म भएकोले बिश्वभरि यस्को प्रभाव र यसको अनुयायीहरु बढी देखिएर होला नेपाल मगर संघ, केन्द्रीय समितिको आयोजनामा २०५५ साल असोज १ – ३ गते झापाको बिर्तामोडमा भएको मगरहरुको अन्तराष्ट्रिय सम्मेलनमा सर्बसम्मत रुपमा मगरहरुको धर्म बौद्ध नै हो भनी निस्कर्ष निकाली पारित गरियो । त्यसलाई पछी २०५७ साल फागुनमा सुनसरीको धरानमा भएको सातौ महाधिबेशनले अनुमोदन गरेको हो ।
मगर संघ यु के ले ल्याएको बुद्ध मुर्ति बिधि पुर्बक प्रतिस्थापना अथवा सास हाल्ने काम यहि २१ जुन शनिवारको दिनमा लण्डन स्थित ग्रीनफोर्डको रोयल बृटिश लाइजन क्लबमा श्रद्धेय भन्ते भिक्षु मगर (मेधंकर) ज्यूको साथमा मगर संघ यु के का अधक्ष्य दुत पुनमगरज्यू , संरक्षक एव सस्थापक अधक्ष्य थर्क रानामगरज्यू, सल्लाहकार भरत थापामगरज्यू र महासचिव बम थापा सूर्यवंशीमगरले सामुहिक रुपमा बुद्ध प्रतिमाको अनावरण गरे । श्रद्धेय भन्ते भिक्षु मगर ( मेधंकर) ज्यू र सम्पूर्ण उपस्थित महानुभावहरुले सामुहिक रुपमा बुद्ध पूजा गरेर बुद्धको प्रतिमाको प्रतिस्थापना गरियो । बुद्धको प्रतिस्थापना पश्चात संघका अधक्ष्य दुत पुनमगर, उपाधक्ष्य दलमान पुनमगर, उपाधक्ष्य नेम थापामगर र उपाधक्ष्य हिमाली रानामगरले सामुहिक रुपमा विधिवत पूजा गरेर दान प्रदान गरेका थिए । मगरहरुको सोझोपन, इमान्दारिता, छलकपट नगर्ने, अरुलाई नपिर्ने बानी ब्यबहार मगरहरुको बंशानुगत गुर्ण हो । यो बुद्धको पन्चशिलसंग सम्बन्धित छ । त्यसर्थ हाम्रा मगरका पुर्खाहरु धर्मप्रेमी र शान्तिप्रेमी थियौ जुन बुद्धसंग मिल्छ । यस समारोहमा मगर संघ यु के का कर्मकाण्ड टिम, मगर संघ यु के का सल्लाहकारज्यूहरु, कार्यसमितिका अधिकारीज्यूहरु, शाखाका अधक्ष्यज्यूहरु र अन्य साथीहरुको बाक्लो उपस्थिति रहेको यस “बुद्ध मुर्ति प्रतिस्थापन समारोह” कार्यकर्मको संचालन मगर संघ यु के का कर्मकाण्ड सचिव कृष्ण दर्लामीमगरले गरेका थिए ।
इतिहासलाई खोतालेर हेर्दा सम्राट अशोकले नवलपरासीको रामग्राममा अवस्थित बुद्धको अस्तु धातु भएको स्तुप फोडन खोज्दा त्यहाँका नाग (मगर) हरुले फोडन नदिइ सरक्षण सम्बर्धन र सुरक्षा गरेको बौद्ध ग्रन्थमा बर्णन छ । यसबाट थाहा हुन्छ की मगरहरु आफ्नो बौद्ध अस्तित्व पहिचानलाई बचाएर राख्न चाहन्थे । संरक्षण र सुरक्षा गर्न चाहन्थे । बौद्ध साहित्यका महान ग्रन्थ “अस्टूसाहसिका प्रज्ञापारमिता” आज भन्दा लगभग हजार वर्ष अगाडी बि.स.१०५६ मा गुल्मीका सुवर्णकार रानामगरले लेखेका थिए । डोरबहादुर बिस्टले पनि मगरहरु बुद्ध हुन् भनेर आफ्नो पुस्तक “सबै जतिको फूलबारी” बि:स:२०३० मा पनि उल्लेख गरेका छन् ।