शुशी पुलामी२६जुन युएई – नेपाल मगर संघ युएईले रोल्पा जिल्ला राँगगासी गाविस ३ वस्ने वालक भुवन घर्तिमगरलाई ब्लड क्यान्सर उपचारको निम्ति Money Exchange मार्फत सहयोग रकम पठाएको छ ।
खर्क बहादुर घर्तीमगरको ११ वर्षीय छोरा भुवन घर्तिमगर ब्लड क्यान्सर भै कान्ति वाल अस्पताल काठमाडौँमा भएको र आर्थिक अभावले बालकको उपचार गर्न कठिन भै ज्यान नै जान सक्ने अवस्था भएकोले सहयोगकोलागि अनुरोध भन्ने, सामाजिक संजाल फेशबुक मार्फत जानाकारी प्राप्त भै आएकोले गत २३ मे मा भएको नेपाल मगर संघ युएईको केन्द्रीय कार्य समितिको प्रथम वैठकले बालक भुवन घर्तीमगरको उपचार्थ सहयोगको निम्ति संघका उपाध्यक्ष कैलाश खाम पुनमगरको सम्योजकतोमा ५ सदस्यीय “भुवन घर्तिमगर वचाउ अभियान” समिति गठन गरेको थियो ।
उक्त समितिले युएईको विभिन्न स्थानमा रहनुहुने नेपालीहरु संग चन्दा संकलनगरी Al AHALIA Money Exchange Bureau UAE वाट ब्लड क्यान्सर पिडित बालकको आमा मनिषा घर्तिमगरले हिमालयन बैंक नेपालवाट पाउनेगरी Dhs १४३३ को नेरु ३७१२३ सैतिस हजार एकसय तेहिस मात्र पठाएको अभियानका सदस्य एवं नेपाल मगर संघका केन्द्रिय सदस्य राम मगरले जानाकारी दिएका थिए ।
सोहि सन्दर्भमा नेपाल मगर संघ केन्द्रिय समितिका अध्यक्ष शुशी पुलामी मगरले आफु अध्यक्षमा चयन भए पछी संघले यस किसिमका सामाजिक काम दुर्तगतिमा गर्दै अगाडी वढेको छ भन्दै, प्रथम सहिद लखन थापामगरको सम्मानको निम्ति युएईमा पहिलो पटक “प्रथम सहिद लखन थापामगर क्लव” पनि स्थापनागरी जुलाई ३० र ३१ मा आइकाटको एक कबडहलमा “प्रथम सहिद लखन थापामागर स्मृति कप” आयोजना गरेको जानाकारी दिनएका थिए ।
साथै संघले मगर जातिको सामाजिक,राजनैतिक र आर्थिक उत्थानको निम्ति निरन्तर रुपमा कामगरी रहने जानकारी गराएका थिए ।