टेरिया र अनुष्का प्रति नेपालले गर्व गर्नु पर्छ

Read Time:5 Minute, 0 Second

हुम सुनारी मगर

नेपालको इतिहासमा टेरिया मगरले प्राप्त गरेको उपलब्धि सिंगो राष्ट्र कै एउटा ऐतिहासिक महान उपलब्धि हो । यो स्तरको उपलब्धि नेपालले बिगतमा कहिल्यै हाँसिल गरेको थिएन । भारतीय टेलिभिजन जिटिभि द्वारा प्रशारित रियालिटी शो DID L’IL Masters Season 3 को बिजेता बन्नका लागि पहिलो पक्ष स्वयम् टेरियाको प्रतिभा र खुबीका कारण हो भने दोश्रो पक्ष सम्पूर्ण नेपाली जनताहरुको समर्थन पनि हो । त्यसको अलावा भारतीय जनताहरुको पनि ठुलो सहयोग रहेको छ भने अर्को पक्ष बिना भेदभाव र पुर्बग्राही निष्पक्ष रुपमा आयोजकले टेरियालाई उक्त प्लेटफर्ममा सहभागी हुन अवसर दिनुले आज टेरिया मगर र सिंगो राष्ट्र नेपालको शान र प्रतिष्ठा पढेको छ ।

टेरिया मगरको बिजयले नेपाललाई थप अर्को पहिचान दिलाएको छ । भारत सरकार कै नेतृत्व तहमा बस्नेहरुले भगवान बुद्धको बारेमा गलत अभिव्यक्तिहरु दिईरहेको अवस्थामा लाखौ करोडौ दर्शकहरुले प्रत्यक्ष हेर्ने जिटिभि मै टेरियाले उनको नृत्य गुरुलाई बुद्धको मुर्ति उपहार दिएर बुद्ध नेपालमा जन्मेका हुन् भनि उनले विश्व सामु चिनाएकी छिन् ।

टेरिया मगरलाई बिजय गराउन सम्पूर्ण नेपाली जनताहरु कुनै जातपात नभनिकन लागि परेको थियो । नेपाल सरकारको पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई देखि चर्चित कलाकारहरु, पत्रकारहरुले पनि टेरियालाई जिताउन व्यापक प्रचार प्रसार गरेको थियो । अमेरिकामा रहनु हुने सिद्धार्थ पौडेलजीले त एउटा सफ्टवेर नै निर्माण गरेर भोटिंग प्रक्रियालाई सहजीकरण गराउनु भएको थियो । तर, एउटा दुखको बिषय के हो भने टेरियाले लाखौ प्रस्तिस्पर्दीहरुलाई पछि पार्दै उत्कृष्ट चार सम्ममा आइपुग्दा बिजेताको लागि”Grand Finale” समारोहमा नेपालको तर्फबाट प्रत्यक्ष सहभागीता जनाउनु हुने सहभागीहरु नेपाल मगर संघका केहि प्रतिनिधिहरु मात्रै देखिनु यो सिंगो राष्ट्रको लागि बिडम्बना हो । सिंगो राष्ट्रको एक छोरीले त्यति ठुलो उपलब्धि हाँसिल गरिरहेको अवस्थामा नेपाल सरकारकै पहल र निर्देशनमा नेपाली दूताबास, नयाँ दिल्लीबाट केहि प्रतिनिधिहरु खटाएर उक्त समारोहमा सहभागी भएको भए, सिंगो नेपालको गरिमा र प्रतिष्ठा अरु बढ्ने थियो । तर, नेपाल सरकारले त्यसो गर्न त्यो कुटनीतिक नियम भित्र परेन या त्यो एउटा अनिक्षा थियो । उक्त समारोहमा नेपालीहरुको सहभागिता देख्दा लाग्थ्यो, टेरियाले सिंगो नेपालको प्रतिनिधित्व नगरिकन मात्रै एउटा सिमित जाति मगरहरुको तर्फबाट मात्रै प्रतिनिधित्व गरेकी थिइन् ।

टेरिया अब केहि दिनमै स्वदेश फर्किंदै छिन् । उनको स्वागतको लागि नेपाल सरकारले कस्तो भूमिका खेल्छ त्यो हेर्न बाँकि छ । टेरियाको बिजय त्यो व्यक्तिगत मात्रै होइन, मगरहरुको मात्रै पनि होइन त्यो बिजय सिंगो राष्ट्र नेपालको एउटा महान ऐतिहासिक बिजय हो । नेपाल सरकारले टेरिया र सिंगो नेपालको सफलतालाई आत्मसात गर्दै टेरिया जस्तै कैंयौ बालबालिकाहरुलाई प्रोत्साहन गर्ने गरि एउटा गहकिलो कार्यक्रम सृजना गरोस्, जुन प्लेटफर्मबाट भोलिका दिनहरुमा टेरिया जस्तै कैंयौ बालबालिकाहरुको जन्म होस् । त्यति मात्रै होइन, DID L’IL Masters Season 3 को उपबिजेता, नेपाली मूलकी अर्की छोरी, नेपाली भाषी दार्जिलिङ्ग निवासी अनुष्का क्षेत्रीलाई पनि नेपाल सरकारले काठमाडौँ मै झिकाएर एउटा सम्मान कार्यक्रमको आयोजना गरोस् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %