मनोज घर्तीमगर
हङकङ- संगीत क्षेत्रमा उदाउँदै गर्दा गायिका जुना श्रीसमगरलाई ‘हङकङ’ सपनाको सहर लाग्थ्यो । नेपालका विभिन्न कलाकारले ‘हङकङ’ गएर प्रस्तुति दिएको खबर सुन्दा उनलाई पनि अहिल्यै जाउँजाउँ लाग्थ्यो । जाने कसरी जाने ? उनले मनमनै कल्पनाको चित्र बनाउँथिन् । जब, विस्तारै गीतसंगीतमा जुनाले बाजी मार्दै गइन्, कल्पनाको चित्रले सार्थकता पायो । सन् २००६ मा मगर संघ हङकङले गरेको सांगितिक कार्यक्रममा सपनाको सहर ‘हङकङ’ पुगेर दमदार गीत गाएर स्टेज तताइन् । मेरो संगीत करिअरमा हङकङ नै पहिलो विदेश यात्रा हो’ उनी भन्छिन्,‘हङकङबाट विदेश यात्रको ढोका खुलेपछि अन्य विभिन्न मुलुकको कार्यक्रममा पनि जान पाएँ । जुना अहिले सालैजो, लोकदोहोरी लगायतका गीतमा जमेकी छिन् । ‘हङकङ’ कहिल्यै नभुल्ने उनका लागि अर्को अवर पनि आयो । मे १ मा उनी हङकङमा दोहोरिएर गइन् ।
हङकङ टेक्न चहाने नेपाली कलाकारहरु कति छन् कति । तर, हङकङ जान सजिलो छैन । पहिलोपटक हङकङ टेक्न खोज्नेहरुले खुब सास्ती भोग्नुपर्छ । हङकङ जान सकिने हर सम्भावित बाटाहरु खोज्नुपर्छ । यसकाले लागि कैयौंलाई हागुहार गर्नुपर्छ । यति गर्दा पनि खुराफात गर्नेहरुले मुखैमा आएको अवसर खोसिदिन्छन् । कठिन संघर्षले मात्रै सपनाको सहर ‘हङकङ’ टेक्ने अवसर जुट्छ कलाकारलाई । यहाँ जान कला र गलाले मात्रै होइन, हङकङमा बस्ने चल्तापुर्जा व्यक्ति अनि भाग्यले पनि साथ दिनुपर्छ । पूर्वेली गायक भिम लिम्बुले ‘हङकङ’ टेक्ने थुप्रै प्रयास गरे । झन्डै चारर्षपछि भिमको प्रयास सफल भयो । एक मौका डटकमले आयोजना बैशाख २२ मा आयोजना गरेको सांगितिक कार्यक्रमको अवसरमा उनले पहिलोपटक ‘हङकङ’को स्टेज तताए । ‘मेरो संगीत करिअरमा हङकङ नै पहिलो विदेश यात्रा हो’ उनी भन्छन्,‘हङकङबाट विदेश यात्राको ढोका खुलेपछि अन्य विभिन्न मुलुकको कार्यक्रममा जाने अवसर पाइन्छ भन्ने सुनेको छु, म त्यो दिनको पर्खाइमा छु ।’ आधुनिक गीत गाउने भिम पूर्वेली लोक भाकामा पनि उत्तिकै जमेका छन् । शुक्रबार ‘हङकङ’ उनको एकल साँझ समेत हुँदैछ ।
जुना र भिम प्रतिनिधी हुन् । ‘हङकङ’ रमाइलो भएर मात्रै कलाकारको रोजाइ परेको होइन । यहाँको ‘भिसा’ लागेपछि अन्य देशमा जान सजिलो हुने भएकाले पनि धेरैले ‘हङकङ’ पुग्ने धोको राख्छन् । कलाकारले पाउने विदेश भ्रमणले उसको लोकप्रियता बढी ठान्ने मानसिकताले पनि धेरैले हङकङ ताक्छन् । नेपाली सांगीतिक क्षेत्रमा पहिलो विदेश यात्रा हङकङबाट थाल्नेहरुको लिस्ट खोज्ने हो भने डेढ सय बढी हुन्छ । दर्शकको बाक्लो सहभागिता, गोजी पनि गरम हुने । फ्यानहरुले दिने मह“गा उपहारले गर्दा पनि कलाकारहरु हङकङ यात्राका निम्ति मरिहत्ते गर्छन् । पैसाका लागि मात्र नभएर फ्यान बढाउन पनि हङकङ जान खोज्ने कलाकार थुप्रै छन् । विदेशमा सबैभन्दा धेरै सांगीतिक कार्यक्रम हुने ठाउँ भएर होला, नेपाली कलाकारले एकपटक जसरी पनि ‘हङकङ’ टेक्ने सपना सजाउँछन् । जसले गर्दा ‘हङकङ’ कलाकारको विदेश यात्रा गर्ने ढोका बन्न पुगेको छ ।
नेपाली मनोरञ्जन क्षेत्रमा चम्किएका धेरै हस्तिले हङकङबाटै विदेश यात्रा सुरु गरेका छन् । चर्चित सालैजो गायक राजु गुरुङको विदेश यात्राको ढोका पनि ‘हङकङ’ले नै खोलिदिएको हो । नेपाली मनोरञ्जन क्षेत्रमा चम्किएका धेरै हस्तिले हङकङबाटै विदेश यात्रा सुरु गरेका छन् । चर्चित सालैजो गायक राजु गुरुङको विदेश यात्राको ढोका पनि ‘हङकङ’ले नै खोलिदिएको हो । सन् २०११ मा आयोजित भिसी साँझमा पहिलो पटक हङकङको स्टेज उक्लिएका उनलाई विदेश यात्रा फलिफाप नै भयो । त्यसयता उनी युके, जापान, जर्मनी लगायत देश पुगिसकेका छन् । ‘हङकङबाटै विदेश यात्राको ढोका खुलेर होला म अहिलेसम्म दर्जनौं देश पुगिसके । कलाकारलाई दोहो¥याईतेहे¥याई बोलाउने ठाउँ पनि हङकङ हो’ सालैजो गाउन माहिर राजु भन्छन्,‘कलाकारलाई राम्रो पारिश्रामिक, घुमफिर गर्न रमाईलो हुने र धेरै सम्मान गर्नाले त्यहाँ जान धेरैजसो मरिहत्ते गर्छन् ।’
हङकङमा हुने धेरैजसो कार्यक्रमको मेनुमा गायन, हास्ँय र नृत्य तीनै विधाका कलाकार छुट्दैनन् । हङकङका स्टेजमा लोकदोहोरी अनिवार्य हुन्छ । सबैभन्दा धेरै जाने पनि लोकदोहोरी क्षेत्रका कलाकार हुन् । पप, आधुनिक गायनस“गै हाँस्य कलाकार छुट्दैनन् । एउटा कलाकारले न्यूनतम ३० हजारदेखि १ लाख २५ हजार रुपैया“सम्म पारिश्रामिक पाउ“छन् । आउ–जाउ हवाई टिकट, खाने, बस्ने खर्च आयोजकले नै बेहोर्छन् । ब्यान्ड वा समूहलाई आयोजकले ३ देखि ७ लाख रुपैया“सम्म दिएका छन् । हङकङ आउने कलाकारलाई एक तिरले दुई शिकार हुन्छ । मुख्य कार्यक्रमबाहेक स्थानीय रेस्टुरा, डिस्को र सामान्य जमघटमा कलाकारले आफ्नो प्रस्तुति दिँदा पकेट गरम भइहाल्छ । नेपालीको बाक्लो बसाइ भएकाले यस्ता कार्यक्रममा सहभागी भइहाल्छन् । उनीहरुबाट हजार पाँच सय हङकङ डलर खस्न गाह्रो हुँदैन । त्यही भएर पनि हङकङतिर कलाकारको लर्को लागेको हो । ‘असाध्यै माया गर्ने र पारिश्रामिक पनि धेरै दिने भएकाले धेरैजसो कलाकार हङकङ ताक्छन्’ चार पटक हङकङको स्टेजमा गाइसकेका मिङ्मा शेर्पा भन्छन्,‘हङकङमा बस्ने नेपाली सबैभन्दा बढी संगीतप्रेमि र कलाकारकालाई सम्मान गर्नेहरु छन् ।’ उनले पछिल्लो पटक बैशाख २२ गते हङकङको स्टेज तताए ।
पहिले लाहुरेले कलाकारलाई हङकङ बोलाउँथे । अहिले तिनै लाहुरेका सन्तती लगायत आइडी होल्डरले कलाकार बोलाउँछन् । अन्य देशमा नेपाली केवल कामदार भएर जान्छन् । तर, यहाँ कामदार मात्रै होइन, व्यवसायी र स्थानीय नागरिक सरह बसेका छन् नेपालीहरु । उनीहरुको कमाई पनि राम्रै छ । धेरैजसो संगीतप्रेमी छन् हङकङका नेपाली । त्यसैले कलाकारलाई विभिन्न उपहार, नगद पनि दिन्छन् । हङकङका दर्शक निकै खर्चालु छन् । उनीहरुको मागअनुसार प्रस्तुति दिए कलाकारले थप टिप्स पाउँछन् । हङकङमा आदिवासी जनजातिहरुको बाहुल्य छ । यो समुदायका मान्छे रंग रमाइलो भनेपछि हुरुक्कै हुन्छन् । यसले पनि कलाकारलाई फाइदा पु¥याएको छ । हङकङमा अहिले नेपालीका, जातीय, Ôेत्रीय, सामाजिकलगायत गरि करिब एक सय बढी संघसंस्था छन् । धेरैजसो सांस्कृतिक कार्यक्रमका आयोजक यिनै संस्था हुन् । ‘हङकङमा हप्तैपिच्छे कार्यक्रम भइरहन्छन् । कलाकार यहाँ आएपछि मिडियाले पनि धेरै चर्चा गरिदिन्छ । अनि उनीहरुलाई अन्य देश जान बाटो खुल्ने भएकाले धेरै कलाकारको रोजाइ हङकङ परेको हो’ नेपालबाट थुप्रै कलाकारलाई हङकङ ल्याइसकेकी समाजसेवी एवं नेपाल मगर संघ हङकङका अध्यक्ष चन्द्रज्योती आलेमगर भन्छिन्, ‘केही कलाकार त हवाई टिकट र केही खर्च दिए पनि हङकङ छिर्छन् । उनीहरुलाई यहाँ दिने उपहारले पारिश्रामिकलाई कभर गरिहाल्छ ।
नेपालबाट कलाकार निम्त्याएर एक वर्Èयता तीन दर्जनभन्दा धेरै सांगीतिक कायक्रम भइसकेका छन् । वरिष्ठ संगीतकार अम्बर गुरुङदेखि गायक प्रेमध्वज प्रधानसम्म आइपुगेका छन् । पोखराबाटै उदाएको चचिर्त ब्यान्ड ‘नेपथ्य’ ले हङकङमा कन्सर्ट दोहो¥यायो । रक ब्यान्ड ‘मुक्ति एन्ड रिभाइवल’, ¥यापर ‘लाउरे’, ‘जी एक्स सोल’ ले पनि पहिलोपटक हङकङमै आ–आफ्नो प्रस्तुति दिएर विदेश यात्रा सुरु गरेका हुन् ।
कलाकारको विदेश छिर्ने ढोका
Read Time:10 Minute, 8 Second